वर्षायाम अगावै अस्थायी बसोबासको व्यवस्था गर्न भारत प्रतिबद्ध
जेष्ठ ६ गते, २०७२ बुधवार 20th May, 2015 Wed१३:४४:४४ मा प्रकाशित
काठमाडौँ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख अतिरिक्त सचिव डा पिके मिश्राले वर्षायाम अगावै भूकम्पपीडितलाई अस्थायी बसोबासको व्यवस्था गर्नु पहिलो प्राथमिकता भएको बताउँदै त्यसनिम्ति नेपाल सरकारलाई भारतले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
भूकम्पपछिको नेपालको पुनःनिर्माणमा भारतीय सहयोगको खाका तयार गर्न तथा नेपाल सरकारका वरिष्ठ अधिकारीसँग छलफल गर्न मङ्गलबार राजधानी आएका उनले स्वदेश फर्कनुअघि बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अस्थायी आवास निर्माणका सामग्री उपलब्ध गराउन भारत तयार रहेको बताए ।
‘नेपाल सरकारले विपत्तिपछिको आवश्यकता मूल्याङ्कन गरिरहेको र त्यो भारतलाई प्राप्त भएपछि त्यसैका आधारमा सक्दो सहयोग गर्न हामी दृढ छौँ’–अस्थायी आवास निर्माणमा वस्तुगत सहायता प्रदान गर्ने स्पष्ट गर्दै उनले भने ।
गुजरात भूकम्प व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतका रुपमा साढे तीन वर्षको अनुभव बटुलेका उनले प्रधानमन्त्री मोदीको विशेष निर्देशनमा आफू वैशाख १२ यता दोस्रोपटक नेपाल आएको बताए ।
विपद् व्यवस्थापनको हाम्रो अनुभव नेपालमा उपयोग गर्न तथा हरसम्भव सहयोग उपलब्ध गराउन प्रधानमन्त्री मोदीले दिएको निर्देशनले नेपालप्रतिको भारतको प्राथमिकता प्रतिविम्बित हुन्छ भन्दै उनले छिमेकी मुलुकका नाताले आर्थिक एवम् भौतिक सहयोगसँगै ज्ञान, सीप र अनुभव आदानप्रदानमा आफ्ना प्रधानमन्त्रीले जोड दिएको बताए ।
पुनःस्थापना, पुनःनिर्माण, जनजीवनलाई पुरानै अवस्थामा फर्काउने, आतङ्कित जनसाधारणलाई मनोवैज्ञानिक परामर्श दिने, घाइतेको समुचित उपचार एवम् उनीहरूको सामाजिक सुरक्षा विपद्पछिका प्रमुख काम भएका उनले उल्लेख गरे । साथै उनले विपत्तिपछिका व्यवस्थापनका काम पूरा गर्न झन्डै चार वर्ष लाग्ने उल्लेख गरे ।
एकदिने नेपाल बसाइका क्रममा आफूले भूकम्पबाट अतिप्रभावित दोलखा जिल्लाको भ्रमण गर्नुका साथै प्रधानमन्त्री सुशील कोइराला, अर्थमन्त्री डा रामशरण महत, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा गोविन्दप्रसाद पोखरेललाई बेग्लाबेग्लै भेटेर पुनःनिर्माणका काममा भारतको साथ र सहयोग निरन्तर रहने जानकारी गराएको बताए ।
एसियाली विकास बैंक, युरोपेली सङ्घ, राष्ट्रसङ्घीय विकास कार्यक्रमका साथै काठमाडौँस्थित नेपालका विकासका साझेदारसँग पनि आफूले भेटवार्ता गरेको जानकारी दिँदै सचिव मिश्राले भूकम्पबाट तहसनहस भएको नेपाललाई स्रोत र साधन जुटाउनु अहिलेको आवश्यकता भएकामा आफूले जोड दिएको उल्लेख गरे । साथै उनले भूकम्पपीडितको उद्धार तथा राहतमा नेपाली सेनाले निर्वाह गरेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गरे ।
‘अबको निर्माण एवम् पुनःनिर्माण भूकम्प प्रतिरोधात्मक, गुणस्तरीय हुनैपर्छ, विकासका भौतिक पूर्वाधार हुन् वा निजी भवन, गुणस्तरमा सम्झौता गर्नु हुँदैन’–भूकम्पले चुनौतीसँगै अवसर पनि ल्याएको विचार व्यक्त गर्दै उनले भने ।
सचिव मिश्रालाई नेपालका लागि भारतीय राजदूत रणजित राय तथा यहाँस्थित भारतीय दूतावासका उच्च अधिकारीले बिदाइ गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: