Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

१०९ कम्पनीको ३३ अर्ब बराबरको बोनस शेयर दर्ता

\"\"काठमाडौँ। चालु आर्थिक वर्षको हालसम्म कूल १०९ कम्पनीको रु ३३ अर्ब बराबरको बोनस शेयर दर्ता भएको छ । नेपाल धितोपत्र बोर्डकाअनुसार यही असार २० गतेसम्म भएको दर्ताअनुसार ३३ करोड ८० लाख ७८ हजार ७१६ कित्ता बोनस शेयर दर्ता भएको छ । बोर्डमा दर्ता भएअनुसार २२ वटा विकास बैंक, २६ वटा माइक्रोफाइनान्स, १० फाइनान्स कम्पनी, १९ वटा बीमा कम्पनी, नौ वटा जलविद्युत् कम्पनी, १० वटा ‘क’ वर्गका वाणिज्य बैंक र चार वटा अन्य समूहको शेयर दर्ता भएका छन् । बाँकी रहेका अन्यमा होटल, उत्पादन समूह तथा उत्पादनमूलक समूहको समेत बोनस शेयर दर्ता भएको छ । शेयर बजारमा हकप्रद र बोनस शेयरको मात्रा बढ्दा लगानीकर्तालाई फाइदा भए पनि शेयर बजारमा भने त्यसको नकारात्मक प्रभाव पारेको विश्लेषण गरिएको छ । बोर्डकाअनुसार सांग्रिला डेभलपमेन्ट बैंक, भार्गव विकास बैंक, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक, मिसन डेभलपमेन्ट बैंक, वेस्टन डेभलपमेन्ट बैंक, काबेली विकास बैंक तिनाहुँ विकास बैंक, मिसन डेभलपमेन्ट बैंक, कञ्चन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक, कन्काइ विकास बैंक, साइन रेसुंगा विकास बैंकलगायतले बोनस शेयर प्रदान गर्न आवेदन दिएका छन् । यस्तै लक्ष्मी बैंकको एक करोड १५ लाख ६३ हजार ६५२ कित्ता बोनस शेयर रु एक अर्ब १५ करोड ६३ लाख ६५ हजार २०० बराबरको बोनस शेयर बोर्डमा दर्ता गराएको छ । आफ्ना शेयरधनीलाई बोनस शेयर उपलब्ध गराउने भन्दै आवेदन दिनेमा सानिमा बैक, नबिल बैंक, कृषि विकास बैंक, नेपाल एसबीआई बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, ग्लोबल आइएमई बैंक, प्राइम कर्मसिएल बैंक, सिटिजन बैँक, सनराइज बैंकले पनि चालु आवमा नै बोनस शेयर बोर्डमा दर्ता गराएका छन् । यस्तै नेपाल ल्यूब आइल, साल्ट टेड्रिड लिमिटेड, होटल सोल्टी, ओरियन्टल होटलले पनि बोनस शेयर दर्ता गराएका छन् । बोर्डकाअनुसार अरुण भ्याली जलविद्युत् कम्पनी, न्यादी समूह, बरुण जलविद्युत् कम्पनी, रिडी जलविद्युत् कम्पनी र अपि पावर कम्पनीलगायतले पनि बोनस शेयरका लागि आवेदन दर्ता गराएका छन् । बीस कम्पनीलाई साधारण शेयर बिक्रीको स्वीकृति बोर्डले चालु आवको हालसम्म कूल २० कम्पनीलाई रु आठ अर्ब १० करोड २० लाख ९९ हजार बराबरको साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ । यस्तै यसवर्ष अधिकाशं जलविद्युत् कम्पनीले साधारण शेयर बिक्री गरेका छन् । अनुमति दिएकामध्ये १३ वटा त जलविद्युत् कम्पनी नै रहेका छन् । यस्तै विभिन्न पाँच कम्पनीलाई रु ११ अर्ब ४२ करोड २० लाख ८२ हजार ९५४ बराबरको तीन करोड ४८ लाख १५ हजार ५८६ कित्ता एफपिओ बिक्रीका लागि अनुमति दिएको छ । नेपाल ग्रामीण विकास बैंक, प्रिमियर इन्स्योरेन्स कम्पनी, बुटवल पावर कम्पनी, एनएमबी बैंक र नेपाल बैंकको एपपिओ बिक्रीका लागि स्वीकृति दिएको हो । त्यसमध्ये एनएमबी र नेपाल बैंकको एफपिओ बिक्री भइरहेको छ । यस्तै विभिन्न १४ कम्पनीको साधारण शेयर बिक्रीका लागि स्वीकृतिको चरणमा रहेको छ । यस्तै ५३ कम्पनीको रु २५ अर्ब ३९ करोड ४१ लाख ८८ हजार ६७५ बराबरको २५ करोड ३९ लाख ४१ हजार ८८६ कित्ता हकप्रद शेयर निस्काशनका लागि बोर्डले स्वीकृति दिएको छ । बोर्डले प्रक्रिया पु¥याएर आएका सबै कम्पनीलाई निश्चित कार्यदिनभित्र आवश्यक स्विकृति दिइएको जनाएको छ । –––
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy