Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

वार्षिक तीस अर्बको फर्निचर कारोबार

काठमाडौँ, २४ असार । नेपालमा घर सजाउनका लागि महत्वपूर्ण मानिएको फर्निचरको वार्षिक कारोबार रु ३० अर्ब बराबरको हुने गरेको छ । पछिल्लो समयमा नेपाली उत्पादनबाटै आत्मनिर्भर हुने बाटोमा गएको भए पनि विदेशबाट आयात हुने फर्निचरको मात्रासमेत बढिरहेको छ ।

नेपाली मौलिक तथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचरका उत्पादनका बारेमा जानकारी लिन चाहने उपभोक्तालाई नेपाल फर्नीचर तथा फर्निसिङ संघले मेलाको आयोजना गर्ने भएको छ । संघका अध्यक्ष राजेश अग्रवालले फर्निचरको उत्पादन तथा प्रयोगका बारेमा जानकारी दिन मेलाको आयोजना गरिएको जानकारी दिए । उनले नेपाली उत्पादनलाई प्राथमिकतामा राखिदिन आम उपभोक्तालाई आग्रह गरे। फर्निचर तथा फर्निसिङको बारेमा एकै छानामुनी जानकारी दिने उद्देश्यले आगामी भदौ १४ गतेदेखि मेलाको आयोजनाको गरिने भएको छ । नेपाल फर्निचर्स तथा फर्निसिङ संघले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार मेलामा विश्वमा पछिल्लो समयमा प्रचलनमा आएका फर्निचरको बारेमा विशेष जानकारी दिइने र व्यापारसमेत गरिनेछ । पछिल्लो आधुनिक जीवनशैलीसँगै बढ्दै गएको इन्टेरियर डिजाइनका लागि एक्स्पो उचित गन्तव्य हुने बताइएको छ । एक्स्पोको व्यवस्थापन इभेण्ट सोलुसनले गर्नेछ । मेलामा किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण रहने आयोजकको भनाइ छ । यसैगरी कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीको आकर्षण बन्ने आयोजकको दाबी छ । पछिल्लो दिनमा नेपाल फर्निचर तथा फर्निसिङमा आत्मनिर्भर हुने बाटो अघि बढेको भन्दै नेपाली उत्पादनको नेपालीले नै प्रयोग गर्नुपर्ने उनको भनाइ छ । वर्सेनि आयोजना हुँदै आएको एक्स्पोको छैठौँ संस्करणबाट व्यवसायी तथा उपभोक्ता दुवै लाभान्वित हुने मेलाका संयोजक शुभेन्द्र जोशीको भनाइ छ । इभेण्ट सोलुसनका प्रबन्ध निर्देशक विजयसागर प्रधानले फरक शैलीमा मेलाको आयोजना हुन लागेको बताए । पाँच दिनसम्म चल्ले उक्त मेलामा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी फर्निचर र फर्निसिङ सामग्रीका कक्ष रहनेछन् । नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१२ देखि नियमित रुपमा मेलाको आयोजना हुँदै आएको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy