Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

मन्त्रीले राजीनामा दिएपछि प्रधानमन्त्रीलार्इ धक्का

युरोपेली संघबाट ब्रिटेनको बहिर्गमनसम्बन्धी वार्ता गर्ने जिम्मेवारी पाएका मन्त्री डेभिड डेभिसले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

प्रधानमन्त्री टरिजा मेको मन्त्रिपरिषद्ले इयुसँगको भावी व्यापार सम्बन्धबारेको एउटा नयाँ प्रस्तावमा सहमति जनाएको दुई दिनपछि उनको राजीनामा आएको हो । सो प्रस्तावलाई बहिर्गमन पक्षधरहरूले \'धेरै नरम\' भनेका छन् । डेभिसका सहायक स्टिभ बेकरले पनि सरकार छाडेका छन् । डेभिसको राजीनामालाई प्रधानमन्त्री मेका लागि एउटा ठूलो धक्काको रुपमा लिइएको छ । इयुसँग वार्ता गर्ने जिम्मेवारीसहित सन् २०१६ मा उनी मन्त्री नियुक्त भएका थिए । \"\" इयुबाट ब्रिटेन अलग हुनुपर्ने पक्षधर एक नेताले डेभिसको राजीनामालाई एउटा \'सम्मानजनक र साहसिक निर्णय\' भन्दै प्रशंसा गरेका छन् । डेभिसले सही काम गरेको टिप्पणी गर्दै कन्जरभेटिभ पार्टीका सांसद पिटर बोनले थपे, \"बहिर्गमनबारे प्रधानमन्त्रीको नाम मात्रको प्रस्ताव स्वीकार्य छैन ।\" लेबर पार्टीका प्रमुख इयान लेभरीले भने, \"एकदमै भद्रगोलको अवस्था छ र टरिजा मेसँग अब कुनै सामर्थ्य बाँकी रहेन ।\" मन्त्री डेभिसले ब्रेक्जिट वार्ताहरूमा प्रधानमन्त्री मेको अडानलाई लिएर धेरै पटक राजीनामा दिने चेतावनी दिएका थिए । बीबीसीकी राजनीतिक सम्पादक लउरा कुन्सबर्ग भन्छिन्, राजीनामा दिने महिनौँदेखिको हल्लापछि डेभिड डेभिसले ब्रेक्जिट मन्त्रीको पद त्यागेका हुन् । सरकारभित्र उनको असन्तुष्टि रहँदै आएको कुरा गोप्य थिएन । तर आफूले चाहेभन्दा फरक ढङ्गले प्रधानमन्त्रीले इयुसँगको भावी सम्बन्धबारे मन्त्रिपरिषद्‌मा सहमति जुटाएपछि उनले पदमा बसिरहन उपयुक्त ठानेनन् । आइतवार डाउनिङ स्ट्रीट पुगेपछि उनी राजीनामा दिनुको विकल्प नरहेको निष्कर्षमा पुगेका हुन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending