Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

राहत नपाएका गृह जिल्लाका भूकम्पपीडितलाई मन्त्री थापाकाे सहयोगी हात

धनकुटा, जिल्लामा भूकम्प पीडितले राहत नपाएको गुनासो बढ्दै गएको बेला वाणिज्य तथा आपूर्तिमन्त्री सुनिल बहादुर थापाले राहत वितरण गर्ने भएका छन् । भूकम्पबाट विस्थापित भएका परिवारले राहत नपाएको गुनासो सबैतिरबाट आएकाले वाणिज्य तथा आपूर्ति मन्त्री थापाले आफ्नो गृह जिल्लामा राहत वितरणको तयारी गरेको वाणिज्य तथा आपूर्तिमन्त्री थापाका स्वकीय सचिव कुमार थापाले जानकारी दिए । उनले भने –‘भूकम्प पीडितका लागि वितरण गर्ने तयारी गरिएको राहत जिल्ला दैवीप्रकोप उद्धार समितिले पीडित भनेर पहिचान गरेकालाई मात्रै वितरण गरिनेछ ।’ राहत वितरण जिल्लामा क्षतिको विवरण हेरेर वितरण गरिने, कसैको दबाबमा नगरिने र पीडित कसैलाई पनि भेदभाव नगरिने राप्रपा धनकुटा उपाध्यक्ष टीकाप्रसाद घिमिरेले बताए । उनले भने– ‘विपत्तिको यो घडीमा सबैले सहयोग गर्नुपर्छ।’ वाणिज्य तथा आपूर्ति मन्त्रीबाट गृह जिल्ला धनकुटामा राहत स्वरुप १ हजार केजी नुन, २ हजार केजी चिनी, २ सय क्विन्टल चामल र १ हजार थान त्रिपाल जिल्लामा भित्र्याएको स्वकीय सचिव थापाले बताए । जेठ ७ र ८ गते मन्त्री आफैँले राहत वितरण गर्ने कार्यक्रम रहेको थापाले जानकारी दिए  । जिल्ला दैवीप्रकोप उद्धार समितिले पछिल्लोपटक दिएको जानकारीअनुसार १२, १३ र २९ वैशाखको भूकम्प तथा पराकम्पनले जिल्लामा मानवीय क्षति नगरेपनि धेरै भौतिक संरचनामा क्षति पुगेको छ । झन्डै  ४२ हजार घर रहेको जिल्लामा ५ सय ४० घर पूर्णरुपमा क्षति भएका छन् भने ९ सय १२ घरमा आंशिक क्षति भएको छ । भूकम्पको कारण जिल्लामा करिब २ हजार ५ सय जना मानिस विस्थापित भएको जिल्ला दैवीप्रकोप उद्धार समितिले जनाएको छ । जिल्लामा ८ वटा विद्यालय भूकम्पको कारण पूर्णरुपमा क्षति भएका छन् भने १ सय ४ वटा विद्यालयमा आंशिक क्षति पुगेको छ । त्यस्तै, भूकम्पको कारण धनकुटामा १ वटा सरकारी कार्यालयमा पूर्ण क्षति पुगेको छ भने ११ वटा सरकारी कार्यालयमा आंशिक क्षति भएको छ । यस्तै, जिल्लामा १ वटा प्रहरी चौकी पूर्ण रुपमा ध्वस्त हुनुका साथै ९ वटा प्रहरी चौकीमा आंशिक क्षति भएको धनकुटाका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: