Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत भूकम्पबाट दुई अर्ब पच्चीस करोडको क्षति

काठमाडौँ, वैशाख १२, १३ र २९ गतेको भूकम्प एवम् पटकपटकका पराकम्पनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका निकायमा रु दुई अर्ब २५ करोडबराबरको क्षति भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयअन्तर्गत सडक र पुलमा गरी रु दुई अर्ब तथा भवनतर्फ रु २५ करोड क्षति भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयअन्तर्गत रहेको सडक विभाग पूर्णतः चर्किई छिर्न नसक्ने अवस्थामा पुगेको छ । सडक विभागअन्तर्गत दोलखा जिल्लामा रहेको सडक डिभिजन कार्यालय पनि पूर्णरुपमा क्षति भएको मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले जानकारी दिए । ‘सबै क्षतिको हिसाबकिताब गर्दा मन्त्रालयअन्तर्गत रु दुई अर्ब २५ करोडबराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ, अन्तिम विवरण आउँदा यसमा केही तलमाथि हुनसक्छ’ – उनले भने । मन्त्रालयअन्तर्गत पूर्णरुपमा क्षति भएको विभाग यान्त्रिक तालिम केन्द्र पुल्चोकमा सर्न लागेको महानिर्देशक माधवकुमार कार्कीले बताए । ‘कार्यालय सार्ने प्रक्रियामा लागेका छौँ, यस क्रममा कार्यालय पूर्णरुपमा चर्किएर पस्न नसक्ने अवस्थामा पुग्दा काम गर्न समस्या भएको छ’–उनले भने । डिभिजन सडक कार्यालय चरिकोटका तीनवटा भवन पूर्णरुपमा क्षति भएको विभागले जनाएको छ । चरिकोटका दुई र शाखा कार्यालय बाह्रविसेको एक भवन पूर्णरुपमा क्षति हुँदा कार्यालय सञ्चालनमा समस्या आएको डिभिजन प्रमुख कमलेशकुमार कर्णले बताए । चरिकोट डिभिजन कार्यालयका पाँचवटा भवनमा आंशिक क्षति भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy