Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

किन दिए दुई मन्त्रीले राजीनामा ? के थियो विवाद ?

ब्रिटेनको कन्जर्भेटिभ पार्टीका उच्च नेताहरूले प्रधानमन्त्री टरिजा मेले उनको नेतृत्वमा तत्काल चुनौतीको सामना गर्नुपर्ने बताएका छन् ।

सोमवारको उतारचढावपूर्ण २४ घण्टामा उनले आफ्नो मन्त्रिपरिषद्का दुई वरिष्ठ मन्त्रीहरू गुमाएकी छन् । ब्रिटेनले युरोपेली संघ इयु छोडेपछि पनि उनीहरूसँग निकट व्यापार सम्बन्ध राख्ने उनको योजनालाई लिएर ती मन्त्रीहरूले राजीनामा दिएका हुन् । ब्रेक्जिटका मुख्य वार्ताकार डेभिड डेभिसले राजीनामा दिएपछि विदेशमन्त्री बरिस जोनसनले पनि दिएका हुन् । जनसनले प्रधानमन्त्री मेको योजनाले देशलाई उपनिवेशको हैसियतमा पुर्‍याउने बताएका छन् । \"\" तर मेले सरकार वा विपक्षी दलमा औपचारिक स्थान नभएका सांसदहरूसँग भेटेकी थिइन् । युरोपेली संघबाट ब्रिटेन बाहिरिनुपर्नेमा वकालत गर्नेहरूले आफूहरू अहिले मेविरुद्ध नजाने बताएका छन् । जनसनले राजीनामा दिएपछि उनको ठाउँमा स्वास्थ्यमन्त्री जेरेमी हन्ट आएका छन् । हन्टको ठाउँमा चाहिँ संस्कृति मन्त्री म्याट ह्यानकक आएका छन् । ब्रिटेनले सन् २०१९ को मार्च युरोपेली संघ छोड्दैछ । तर दुवै पक्षले त्यसपछि व्यापारबारे के गर्ने भन्नेमा चाहिँ सहमति जनाउन बाँकी नै छ । ब्रिटेनको यस्तो उतारचढावपूर्ण दिनलाई युरोपमा अविश्वासको रुपमा हेरिएको छ । युरोपेली परिषद्का अध्यक्ष डोनल्ड टुस्कले ब्रेक्जिटले निम्त्याएको समस्या समाधान अझै टाढा रहेको बताएका छन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy