Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

प्रधानमन्त्री राहत कोषमा आज मात्रै कति रकम जम्मा भयो ? (विवरणसहित)

 एपेक्सको  दस लाख सहयोग विनाशकारी भूकम्पपीडित नेपालीलाई सघाउनका लागि एपेक्स कलेज काठमाडौँले प्रधानमन्त्री राहत कोषमा १० लाख रुपैयाँ सहयोग गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा कलेजका अध्यक्ष एवम् सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले सो सहयोग रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका थिए । सहयोग हस्तान्तरण समारोहमा सञ्चारमन्त्री डा. रिजालले कलेजले गत वर्ष मुलुकमा बाढीपहिरोले ठूलो जनधनको क्षति भएको समयमा पनि योगदान गरेको स्मरण गराएका थिए । सो अवसरमा प्रधानमन्त्री कोइरालाले मुलुकमा विपत्ति आएको बेलामा पीडितलाई सघाउनु सबैको कर्तव्य भएको बताए । उनले सहयोगको यस्तो पुनित कार्यमा लाग्नुपर्ने बेलामा पनि कतिपय व्यक्ति नाफा कमाउन, पीडितका लागि जुटेको रकम र सामग्री हडप्न लागेका समाचार आएकाले त्यसप्रति चनाखो भएर निगरानी गर्न पनि आग्रह गरेका थिए  । उनले सो अवसरमा स्वदेश र विदेशबाट हरेक नागरिकले आफ्नो पारिश्रमिक र गाँस काटेर दिएको रकम सदुपयोग गर्न सरकार प्रतिबद्ध रहेको तर सहयोगदाताले पनि यसमा निगरानी गर्नुपर्ने आवश्यकता रहेको बताए । बोर्डको  पाँच करोड बुधबार प्रधानमन्त्री राहत कोषमा नेपाल पर्यटन बोर्डले पाँच करोड रुपैयाँ योगदान गरेको छ । बोर्डका अध्यक्ष एवम् पर्यटन तथा नागरिक उड्डयन सचिव सुरेशमान प्रधानले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका थिए । नाम्स र वीर अस्पतालको ३६ लाख सहयोग राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान र वीर अस्पतालका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ लाख २३ हजार ४० रुपैयाँ ३१ पैसा सहयोग प्राप्त भएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा गणेश गुरुङले प्रधानमन्त्री कोइरालालाई सो रकमको चेक हस्तान्तरण गरेका थिए  । माछापुच्छ्रे बैंकको छब्बीस लाख आजै प्रधानमन्त्री राहत कोषमा माछापुच्छ्रे बैंक लिमिटेडले २६ लाख ३३ हजार ७४१ रुपैयाँ ५५ पैसा सहयोग गरेको छ । सो सहयोग रकम बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका थिए ।  सो अवसरमा बैंकका अध्यक्ष डा वीरेन्द्रप्रसाद महतोको पनि उपस्थिति थियो । जिटिएल टेलिकमको बाह्र लाख पचास हजार आजै जिटिएल टेलिकमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ लाख ५० हजार योगदान गरेको छ । संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत वोसन सिंह राणा र कम्पनी सचिव नारायण महतले सो रकम प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका थिए । यसैगरी, पेडियाट्रिक सोसाइटीले रु १२ लाख, बूढानीलकण्ठ स्कुलले रु सात लाख र गोङ्गबु आवास क्षेत्र सुधार समितिका तर्फबाट कोषमा १० लाख रुपैयाँ योगदान भएको छ । सो रकम समितिका अध्यक्षले प्रधानमन्त्री कोइरालालाई बुझाएका थिए । त्यस्तै, आजै ब्रह्माकुमारी राजयोग केन्द्र (ओम शान्ति परिवार) ले तीन लाख ३३ हजार ३१३ रुपैयाँको चेक पनि प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: