Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

प्रधानमन्त्री राहत कोषमा आज मात्रै कति रकम जम्मा भयो ? (विवरणसहित)

 एपेक्सको  दस लाख सहयोग विनाशकारी भूकम्पपीडित नेपालीलाई सघाउनका लागि एपेक्स कलेज काठमाडौँले प्रधानमन्त्री राहत कोषमा १० लाख रुपैयाँ सहयोग गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा कलेजका अध्यक्ष एवम् सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले सो सहयोग रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका थिए । सहयोग हस्तान्तरण समारोहमा सञ्चारमन्त्री डा. रिजालले कलेजले गत वर्ष मुलुकमा बाढीपहिरोले ठूलो जनधनको क्षति भएको समयमा पनि योगदान गरेको स्मरण गराएका थिए । सो अवसरमा प्रधानमन्त्री कोइरालाले मुलुकमा विपत्ति आएको बेलामा पीडितलाई सघाउनु सबैको कर्तव्य भएको बताए । उनले सहयोगको यस्तो पुनित कार्यमा लाग्नुपर्ने बेलामा पनि कतिपय व्यक्ति नाफा कमाउन, पीडितका लागि जुटेको रकम र सामग्री हडप्न लागेका समाचार आएकाले त्यसप्रति चनाखो भएर निगरानी गर्न पनि आग्रह गरेका थिए  । उनले सो अवसरमा स्वदेश र विदेशबाट हरेक नागरिकले आफ्नो पारिश्रमिक र गाँस काटेर दिएको रकम सदुपयोग गर्न सरकार प्रतिबद्ध रहेको तर सहयोगदाताले पनि यसमा निगरानी गर्नुपर्ने आवश्यकता रहेको बताए । बोर्डको  पाँच करोड बुधबार प्रधानमन्त्री राहत कोषमा नेपाल पर्यटन बोर्डले पाँच करोड रुपैयाँ योगदान गरेको छ । बोर्डका अध्यक्ष एवम् पर्यटन तथा नागरिक उड्डयन सचिव सुरेशमान प्रधानले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका थिए । नाम्स र वीर अस्पतालको ३६ लाख सहयोग राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान र वीर अस्पतालका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ लाख २३ हजार ४० रुपैयाँ ३१ पैसा सहयोग प्राप्त भएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा गणेश गुरुङले प्रधानमन्त्री कोइरालालाई सो रकमको चेक हस्तान्तरण गरेका थिए  । माछापुच्छ्रे बैंकको छब्बीस लाख आजै प्रधानमन्त्री राहत कोषमा माछापुच्छ्रे बैंक लिमिटेडले २६ लाख ३३ हजार ७४१ रुपैयाँ ५५ पैसा सहयोग गरेको छ । सो सहयोग रकम बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका थिए ।  सो अवसरमा बैंकका अध्यक्ष डा वीरेन्द्रप्रसाद महतोको पनि उपस्थिति थियो । जिटिएल टेलिकमको बाह्र लाख पचास हजार आजै जिटिएल टेलिकमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ लाख ५० हजार योगदान गरेको छ । संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत वोसन सिंह राणा र कम्पनी सचिव नारायण महतले सो रकम प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका थिए । यसैगरी, पेडियाट्रिक सोसाइटीले रु १२ लाख, बूढानीलकण्ठ स्कुलले रु सात लाख र गोङ्गबु आवास क्षेत्र सुधार समितिका तर्फबाट कोषमा १० लाख रुपैयाँ योगदान भएको छ । सो रकम समितिका अध्यक्षले प्रधानमन्त्री कोइरालालाई बुझाएका थिए । त्यस्तै, आजै ब्रह्माकुमारी राजयोग केन्द्र (ओम शान्ति परिवार) ले तीन लाख ३३ हजार ३१३ रुपैयाँको चेक पनि प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy