Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

'बागलुङ जिल्लाको नापी नक्सा मेटिन लाग्यो'

बागलुङ, लामो समय सम्म पुन नापी नहुदाँ बागलुङ जिल्लाको नापी नक्सा मेटेनि अवस्थामा पुगेको छ । घर जग्गाको कारोबार बढि हुने क्षेत्रको नक्सा फोहोर भई मेटिने अवस्थामा पुग्न लागेको जिल्ला नापी कार्यालय बागलुङले जनाएको छ । करिब तिन दशक पहिले तयार पारीएको नक्सा जिर्ण भएको तथा कत्तिा खण्डीकरण बढि भएपछि नक्सा मेटीने अवस्थामा पुगेको जिल्ला नापी कार्यालयका प्रमुख संजिव कुमार सिंहले जानकारी दिए । जग्गाको बढी कारोबार हुने बागलुङ नगरपालिका, हटिया र कुश्मीसेरा र बुर्तिवाङ क्षेत्रको नक्सा फोहोर भई मेटिने अवस्थामा पुगे पछि कार्य सम्पादनमा समस्या भएको सिंहले बताए । नापी कार्यालयले नक्सा जिर्ण भई मेटीने अवस्थामा पुगेपछि सेवाग्राहिलाई ब्लुप्रिन्ट र पुराना नक्साका आधारमा सेवा प्रदान गरि रहेको जनाएको छ । नक्सा जिर्ण भए पछि सेवा प्रवाहमा समस्या भएको छ कार्यालय प्रमुख सिंहले भने नक्सा नबुझिएर सेवाग्राहिको जग्गामा समस्या समेत आउने अवस्था सिर्जना हुन लगेको छ । बागलुङ जिल्लामा हाल देखिएको नक्साको समस्या समाधानका लागि दोहोरो नापी गर्नुपर्ने नापी कार्यालयले जनाएको छ । हरेक १० वर्षमा नापी गर्ने व्यवस्था भएपनि बागलुङ जिल्लामा २०३५÷३६ सालपछि नापी भएको छैन । नक्सामा देखिएको समस्या समाधानका लागि दोहोरो नापी गर्नुपर्ने कार्यालय प्रमुख सिंहकोे भनाई रहेको छ । लामो समय नापी नभएको र यो विचमा जग्गा खरिद विक्रि तथा सडक निमार्ण लगाएतका धेरै काम भएकाले समस्या निवारणका लागि दोहोरो नापी हुनुपर्ने बताइएको छ । जिल्लाका सबै गाविस र नगरपालिकाको दोहोरो नापी गर्नुपर्ने अवस्था नभएको बताइएको छ । धेरै जग्गाको कारोबार हुने केहि गाविस र नगरपालिकामा स्थानिय निकायको अग्रसरतामा दोहोरो नापी गर्नुपर्ने र दोहोरो नापी नभए जग्गा सम्बन्धी थुप्रै विवाद सिर्जना हुन सक्ने नापी कार्यालयले सजग बनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending