Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

सुरक्षा खर्च दोब्बर बनाउन डोनाल्ड ट्रम्पको आह्वान

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि संगठन नेटोका साझेदारहरूलाई देशको कुल गार्हस्थ उत्पादनको चार प्रतिशत रकम सुरक्षा खर्चमा छुट्याउन आह्वान गरेका छन् ।

उक्त प्रतिशत अहिलेको लक्षित प्रतिरक्षा बजेटको दोब्बर हो । उनले उक्त आह्वान ब्रसल्समा भएको नेटोको सम्मेलनमा गरेको ह्वाइट हाउसले पुष्टि गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले उक्त सम्मेलनमा जर्मनीले प्रतिरक्षा क्षेत्रमा निकै कममात्रै खर्च गर्ने गरेको भन्दै आलोचना गरे । नेटोका महासचिवले नेटोका सदस्य राष्ट्रहरूले हालको दुई प्रतिशतको लक्ष्य पूरा गर्नेमा उनीहरूको ध्यान केन्द्रित हुनुपर्ने बताए । जेन्स स्टोलट्नबर्गले पत्रकारहरूले ट्रम्पको भनाइबारे सोध्दा त्यसको जवाफमा अहिलेका लागि आफूहरूले दुई प्रतिशतको लक्ष्यलाई नै प्राथमिकता दिनुपर्ने बताएका हुन् । उनले दुई प्रतिशतको लक्ष्य भेट्ने दिशा तर्फ जानु नै राम्रो भएको पनि बताए । शीतयुद्ध अन्त्य भएको दशकौंपछि नेटोका सदस्य राष्ट्रहरूले आफ्नो प्रतिरक्षा खर्चमा निकै कटौती गरेको भन्दै उनले अब फेरि तनाव बढिरहेको समयमा त्यसमा फेरि वृद्धि गर्नुपर्ने आवश्यकता देखिएको बताए । यसअघि अमेरिकी राष्ट्रपतिहरूले युरोपले आफ्नो प्रतिरक्षा क्षेत्रबारे थप जिम्मेवारी लिनुपर्ने अपिल गरेका थिए । तर कसैले पनि ट्रम्पले जस्तो ठाडो शैलीमा यस्तो कुरा राखेका थिएनन् । ह्वाइट हाउसकी प्रवक्ता सेराह स्यान्डर्सले राष्ट्रपति ट्रम्पले आफ्ना साझेदारहरूले पनि थप दायित्ववहन गरून भन्ने चाहेको बताइन् । ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग हेलसिन्कीमा आफ्नो पहिलो बैठक गर्नुभन्दा अघि ब्रसल्समा यो बैठक भएको हो । ट्रम्प पुटिन भेट हुन एकहप्ता भन्दा कम समय छ । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending