Khabar Dabali १० फाल्गुन २०८२ आईतवार | 22nd February, 2026 Sun
Investment bank

विश्वकपसँगै खेलाडी किनबेचको चर्चा

लन्डन । जारी विश्वकप समापनतर्फ लम्कँदै गर्दा उपाधिको लागि बचेका अन्तिम टोलीहरूबीच मैदानमा चर्काे प्रतिस्पर्धा छ । उपाधिका लगि हुने चर्काे प्रतिस्पर्धाले समर्थक पनि उत्साही छन् । उपाधिका लागि खेलाडीबीच हुने तँछाडमछाडसँगै यो विश्वकपले अन्तर्राष्ट्रिय क्लब फुटबलमा खेलाडी किनबेचले बजारलाई पनि उत्तिकै तताएको छ । विश्वकपमा आफ्नो टोली अघिल्लो चरणबाटै बाहिरिएपछि फुर्सदिला देखिएका खेलाडीहरू नयाँ सिजनका लागि राम्रा क्लबको खोजीमा देखिएका छन् । यसैगरी ठूला क्लबहरू पनि विश्वकपमा खेलाडीको प्रदर्शन र क्षमतामाथि उत्तिकै आँखा लगाएर बसेका छन् । कतिपय खेलाडीले त ठूलो रकम लिएर अनुबन्ध सुरक्षित पनि गरेका छन् । कतिपय खेलाडी भने अझै क्लबहरूसँगको कुराकानीमा व्यस्त छन् । यही मेसोमा पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो स्पेनिस क्लब रियल म्याड्रिड छाडेर इटालियन क्लब युभेन्टसतर्फ लागेका छन् । रोनाल्डोको टोली पोर्चुगल जारी विश्वकपको प्रिक्वार्टरफाइनल चरणबाटै बाहिरिएको थियो । युरोपको च्याम्पियन टोलीको हैसियतमा विश्वकप खेल्न रुस पुगेको पोर्चुगल दक्षिण अमेरिकी टोली उरुग्वेसँग पराजित हुँदै अन्तिम १६ बाट घर फर्किएको थियो । त्यसलगत्तै रोनाल्डो आफूले झन्डै नौ वर्ष बिताउँदा प्रशस्तै सफलता हात पारेको क्लब रियल छाडेर युभेन्टस जाने योजनामा व्यस्त भए । निरन्तरको छलफलपछि उनले युभेन्टससँग आगामी चार वर्षका लागि नयाँ सम्झौता गरेका छन् । रोनाल्डोलाई युभेन्टससँगको सम्झौता सम्भव बनाउन दुई क्लबले ११ करोड २० लाख युरोको सम्झौता गरेका छन् । रियल म्याड्रिडबाट पछिल्लो पाँच सिजनमा चार र पछिल्लो तीन सिजन लगातार युरोपियन च्याम्पियन्स लिग उपाधि जितेका रोनाल्डो पाँच पटकका फिफा वर्ष खेलाडी पनि हुन् । यसैगरी विश्वकपमा आफ्नो टोली क्वार्टरफाइनल चरणबाटै बाहिरिएपछि घर फर्किएका ब्राजिलियन मिडफिल्डर पाउलिन्हो चिनियाँ सुपरलिग क्लब गोन्जाउ एभरगाडतर्फ लागेका छन् । गत सिजन बार्सिलोनासँग आबद्ध भएका पाउलिन्हो आफ्नो पूर्वक्लब एभरगाड फर्किएका हुन् । २९ वर्षीय मिडफिल्डर पाउलिन्होलाई बार्सिलोनाले ४० मिलियन युरोमा चार वर्षका लागि अनुबन्ध गरेको थियो । तर, पाउलिन्होले एक सिजन मात्र बार्सिलोनामा बिताए । बार्सिलोनाबाट पाउलिन्होले यो सिजन ला लिगा र कोपा डेल रेको उपाधि जिते । नेमारलाई पेरिस सेन्ट जर्मेन (पीएसजी) मा बेचेलगत्तै बार्सिलोनाले उनकै देशका पाउलिन्हो भित्र्याएको थियो । यता रोनाल्डोलाई बेचेपछि रियलले उनको स्थानमा जारी विश्वकपमा चलेकै खेलाडी भित्र्याउने प्रयास गरिरहेको छ । त्यसका लागि उसले फ्रान्सका युवा स्ट्राइकर केलियन एमबाप्पे र ब्राजिलियन नेमारलाई भित्र्याउने इच्छा देखाएको छ । यी दुवै खेलाडी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का हुन् । रियलको आँखा इङ्लिस क्लब लिभरपुलका इजिप्सियन खेलाडी मोहम्मद सलाहमाथि पनि परेको छ । आफ्नो टोली विश्वकपबाट बाहिरिसकेकाले सलाह र नेमार फुर्सदमा छन् । एमबाप्पेको टोली फ्रान्स भने जारी विश्वकपको फाइनलमा पुगेको छ । यसका साथै अन्य धेरै खेलाडी पनि क्लब फुटबलको नयाँ सिजन सुरु हुनै लाग्दा नयाँ क्लबसँग अनुबन्धका लागि प्रयास गरिरहेका छन् । जारी विश्वकपमा ३२ देशका सात सय ३६ खेलाडीले सहभागिता जनाएका छन् । त्यसमध्ये बुधबारसम्म तीन देशका गरी ६९ खेलाडी मात्रै अझै प्रतिस्पर्धामा जुटिरहेका छन् । प्रतियोगिताको उपाधि होडबाट बाहिरिइसकेका ६ सय ६७ खेलाडीले पनि आफूसँग आएको राम्रा प्रस्तावमाथि छलफल गरिरहेका हुन सक्छन् । प्रतियोगितामा टिकिरहुन्जेल यी ६९ खेलाडीका लागि भने नयाँ क्लबसँगको अनुबन्ध प्रयास केही ढिला हुने निश्चित देखिएको छ । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE