Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

बेलायतले १ करोड पाउण्ड सहयोग गर्ने

काठमाडौं, प्रधानमन्त्री सुशील कोइरालासँग नेपाल भ्रमणमा रहेकी संयुक्त अधिराज्य बेलायतको अन्तराष्ट्रिय विकास विभाग (डीएफआइडी) की सचिव तथा विधायिका सदस्य जस्टिन ग्रिनले प्रधानमन्त्रीनिवास बालुवाटारमा भेट गरेकी छन् । भेटका अवसरमा  नेपालमा हालै आएको विनासकारी भूकम्पले पुर्याएको क्षति, उद्धार,राहत पुनस्थापना, पुनर्निर्माण, नेपाल र बेलायतको सम्बन्ध सहितका विषयमा कुराकानी भएको थियो । भेटमा सभासद् ग्रिनले संयुक्त अधिराज्य बेलायतले नेपालका भूकम्प पीडितका लागि झन्डै १ अर्ब ५८ करोड (१ करोड व्रिटिस पाउण्ड) रुपैया सहयोग गर्ने  घोषणा गरेकी छन् । सो सहयोग स्वास्थ्य क्षेत्रमा खर्च हुने व्यवस्था गरिने उनले बताइन् । यसमा भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य संस्थाहरुको स्थापना, पुनस्र्थापना, औषधि र उपकरण खरिद सहितका सेवाहरु पर्ने बताइएको छ । भेटमा प्रधानमन्त्री कोइरालाले नेपालले ८२ बर्षका अन्तराल पछि सबैभन्दा ठूलो विपद्को सामना गर्नु परेको बताए । उनले निकटका छिमेकी भारत र चिन सहित नेपालको विकासका साझेदार बेलायत, अमेरिका, जापान, यूरोपेली मुलुकसहित दक्षिण एशिया, पूर्वी एशिया, एशिया प्रशान्त, मध्यपूर्वका मुलुकहरुले खोजी, उद्धार, उपचार र राहत कार्यमा खुला हृदयले सहयोग गरेको बताए । उनले नेपालसँग यति ठूलो विपद्को व्यवस्थापन गर्ने आवश्यक दक्ष जनशक्ति, बन्दोबस्तीका सामान नभए पनि विदेशी मित्रराष्ट्रहरुको सहयोगमा तदारुकताका साथ काम गर्न सकिएको बताए । \"PM-भेटमा प्रधानमन्त्री कोइरालाले बैशाख १२ गतेको ठूलो भूकम्प र त्यसपछिका पराकम्पनहरु गैरहे पनि अब खोजी र उद्धारको चरण समापनतिर पुग्न लागेको र राहत र अस्थायी पुनस्थापनाको काम आरम्भ भएको बताए । उनले पुनस्र्थापना र पुनर्निर्माणको काममा नेपाललाई ठूलो स्रोत साधनको आवश्यकता भएको पनि उल्लेख गरे । उनले संयुक्त राष्ट्र संघले यसको लागि पहल गरिरहेको पनि स्मरण गराए । भेटमा डीएफआईडीकी सचिव तथा सभासद् ग्रिनले नेपालमा छिट्टै मनसून शुरु हुने र त्यसपछिका २÷३ महिना पहाडी र दुर्गम स्थानमा खाद्यान्न सहितका सामान पुर्याउन कठिन हुने भएकोले जिल्लाहरुमा सामान भण्डार गर्नका लागि सामान ओर्सान हेलिकोप्टर उपयोगी हुने कुरा पनि उठाइन् । सो अवसरमा प्रधानमन्त्री कोइरालाले नेपाल र बेलायत बीचको लामो र सुमधुर कूटनीतिक सम्बन्धको प्रसंग उठाउदै आगामी बर्ष हुने नेपाल बेलायत कूटनीतिक सम्बन्धको द्विशताब्दीका अवसरमा बेलायती प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिइन् । भेटका अवसरमा प्रधानमन्त्री कोइरालाले लोकतन्त्रको जननी बेलायतबाट नेपालले ठूलो अपेक्षा राखेको पनि बताए । प्रधानमन्त्री कोइरालाले भूकम्पको पुनस्थापना र पुननिर्माण संग मुुलुकमा शान्ति, स्थायित्व र विकास कायम गरेर लोकतान्त्रिक संविधान बनाउने सफलता पनि प्राप्त हुने विश्वास व्यक्त गरे । उनले यस दिशामा पनि आशालाग्दा प्रगति भएको उल्लेख गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy