Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

उपाधि भिडन्तका लागि फ्रान्स र क्रोएसिया मैदानमा, कसले रच्ला इतिहास ?

मस्को । २१ औं संस्करणको विश्वकप फुटबलको उपाधिका लागि आज फ्रान्स र क्रोएसिया भिड्दै छन् । दुबै टिम आज उपाधि जितेर नयाँ इतिहास रच्न चाहन्छन् । यी दुवै टिमबीच सन् १९९८ को विश्वकपको सेमिफाइनलमा प्रतिस्पर्धा भएको थियो । पहिलो पटक विश्वकप खेलेको क्रोएसियाले प्रतियोगितामा सनसनी मच्चाएको थियो। स्वतन्त्र राष्ट्र भएको ७ वर्षमै सेमिफाइनलको यात्रा तय गर्दा क्रोएसियाको खुसीको सीमा थिएन।अर्कोतर्फ आयोजक फ्रान्सले सेमिफाइनलमा पुगेपछि घरेलु भूमीमै विश्वकपको ट्रफी पहिलो पटक उचाल्ने सपना देखिसकेको थियो। क्रोएसियाले क्वार्टरफाइनलमा जर्मनीलाई ३-० गोलले पराजित गरेको थियो। त्यसपछि क्रोएसियालाई ३-० को जित निकाल्न २० वर्ष लाग्यो। उसले जारी विश्वकपमा अर्जेन्टिनालाई ३-० गोलले नै पराजित हराएको थियो। १९९८ मा आयोजक फ्रान्स जिनेदिन जिदान र थियरी हेनरी जस्ता खेलाडीका कारण उच्च मनोबलमा थियो। हालका प्रशिक्षक डिडियर डेस्चाम्स तत्कालन फ्रेन्च टिमका कप्तान थिए। सेन्ट डेनिसमा स्थानिय समयअनुसार साँझ ७ बजे सुरु भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको सुरुवातदेखि नै दुवै टिम आक्रामक रुपमा उत्रिएका थिए। दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमा क्रोएसियाका डाभोर सुकरले गोल गर्दा घरेलु समर्थक स्तब्ध बनेका थिए। तर क्रोएसियाले अग्रता एक मिनेट पनि टिकाउन सकेन। डिफेन्डर लिलियन थुरामले ४७ मिनेटमा पेनाल्टी एरियाबाट उत्कृष्ट गोल गरेका थिए। जुन उनको पहिलो अन्तर्राष्ट्रिय गोल थियो। ७० मिनेटमा थुरामले अर्को गोल गरे। सो गोल निर्णायक बन्दा फ्रान्सले फाइनलमा स्थान पक्का गरेको थियो भने क्रोएसियाको पहिलो पटक फाइनलमा पुगेर इतिहास बनाउने सपना चकनाचुर भएको थियो। फ्रान्सले जारी विश्वकपको फाइनलमा स्थान पक्का गर्ने क्रममा डिफेन्डरकै गोलको सहारा लियो। स्यामुयल उम्टिटीले गोल गरेपछि फ्रान्सले बेल्जिमयलाई हराएको थियो। २० वर्षअघि फ्रान्सले फाइनलमा ब्राजिललाई ३-० गोलले पराजित गर्दै पहिलोपटक विश्व च्याम्पियन बनेको थियो। यसपटक फ्रान्सले उपाधिका लागि क्रोएसियासँग प्रतिस्पर्धा गर्दैछ। आइतबार राति फ्रान्स २० वर्षअघिको इतिहास दोहोर्यादउँदै दोस्रो पटक उपाधि जित्ने अभियानमा हुनेछ। क्रोएसिया पनि २० वर्षअघि सेमिफाइनलमा भोगेको हारको बदला लिँदै नयाँ च्याम्पियन बन्ने लक्ष्यमा छ। एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending