आषाढ़ ३१ गते, २०७५ आइतवार 15th July, 2018 Sun१५:२६:४४ मा प्रकाशित
आज २१ औं संस्करण विश्वकप अन्तर्गतको अन्तिम दिन, अर्थात आज उपाधि भिडन्त । ट्रफि प्राप्त तथा नयाँ इतिहास कोर्नका लागि पूर्व विजेता फ्रान्स र पहिलो पटक फाइनल पुग्न सफल क्रोएसिया भिड्ने छन् । खेल नेपाली समय अनुसार साँझ ८ः४५ (पौने ९) बजे हुने छ ।
विश्वकप सुरु भएको बेला तथा त्योभन्दा पहिलो क्रोएसियाले यहाँसम्मको यात्रा गर्ला भन्ने कमैले सोचेका थिए । तर उसले उपाधिका दाबेदार मानिएका ब्राजिल, अर्जेन्टिनालगायत बलिया टिमलाई हराउँदै फाइनलको यात्रा तय गर्यो ।
अहिले क्रोएसियाका समर्थक ह्वात्तै बढेका छन् भने उसले नै यो पटकको उपाधि जित्छ भने आंकलन पनि गरिरहेका छन् । यदि क्रोएसियाले विश्वकप जित्न सक्छ भने कारण केत ? हो त्यहि कारण पनि सार्वजनिक भएका छन् । फिफा डट कमका लागि क्रोएसियाका टिम पत्रकारले क्रोएसिया उपाधि जित्न सक्ने कारण प्रस्तुत गरेका छन्ः
१. एक चामत्कारिक सामूहिकता र उच्च प्रेरणा
क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालिकले केही उत्कृष्ट काम गरेका छन् । टिमको वातावरण अहिलेजस्तो राम्रो कहिले थिएन, यो खेलाडीले बारम्बार भन्ने गरेको कुरा हो । यो विश्वकपमा उनीहरुले टिममा साँच्चै परिवारको वातावरण पाएका छन् र महसुश गरेका छन् ।
उनीहरु ५२ दिनदेखि साथमा छन् । खेलाडी एकअर्काका लागि मर्न पनि तयार रहेको देखिन्छन्, मैदानमा उनीहरुले देखाएको प्रयास हेर्दा । लगातार तीन खेलमा अतिरिक्त समयसम्म खेल्दा पनि उनीहरुले सामूहिक रुपमा उपल्लोस्तरको जित निकाल्न लालायित देखिन्छन् ।
२. मनोवैज्ञानिक सबलता र आचरण
डेनमार्क, रुस अनि इंग्ल्याण्ड यी तीन देश हुन्, जसले सुरुमा अग्रता लिएर पनि हार बेहोरे । यी तीनै देशसँग सुरुमा पछि परेर पनि जित निकाल्ने टिम हो, क्रोएसिया । डेनमार्क र रुससँगको खेलमा उसले पेनाल्टी सुटआउटमा जित्यो ।
इंग्ल्याण्डसँगको खेलमा भने अतिरिक्त समयको गोलले जित निकाल्न सफल भयो । क्रोएसिया ‘कमव्याक किङ्ग’ को रुपमा उदायो । यसमा खेलाडीको देखाएको मनोवैज्ञानिक तथा शारीरिक सबलताको भूमिका महत्वपूर्ण छ ।
कप्तान लुका मोड्रिकले बारम्बार भन्ने गरेका छन्, ‘हामीले हाम्रो आचरण प्रस्तुत गरेका छौँ ।’ क्रोएसियाको यहि असल आचरण फ्रान्ससँगको फाइनलमा उनीहरुको बलियो हतियार बन्ने देखिन्छ । विश्वकपको इतिहासमा हरेक विश्व विजेता टिमको आचरण उच्च रहेको छ ।
३. अनुभव र आत्मविश्वास
मोड्रिक क्रोएसियाको यो स्वप्न पुस्ताका नेतृत्वकर्ता हुन् । रियल मड्रिडका यी स्टार खेलाडी बाहरे डालिकको टिममा अरु पनि स्टार खेलाडी छन्, जसमा बार्सिलोना, इन्टर मिलान, युभेन्टस र लिभरपुलका खेलाडीहरु इभान रेकिटिक, मारियो मान्जुकी, इभान पेरिसिक, मातेओ कोभाकिक र डिजेन लोभ्रेन पर्छन् ।
टिममा रहेका खेलाडीको औसत आयु २७ वर्ष १० महिना हुन आउँछ, यो टिमसँग धेरै अनुभव छ र त्यो भन्दा ठूलो कुरा आत्मविश्वास छ । टिमका सबैले प्लेइङ्ग लाभेनमा स्थान बनाएका छन् । टिमका सबै खेलाडी आफ्नो क्षमताबारे जानकार छन् । एजेन्सी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: