Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

समान रूपमा राहत वितरण गर : सभासद

काठमाडौँ, गत वैशाख १२ गते गएको विनाशकारी भूकम्प र निरन्तर रुपमा गएका पराकम्पनबाट पीडितलाई समान रूपमा एकद्वार प्रणालीबाट मात्र राहत वितरण गर्न सभासद्ले सरकारलाई आग्रह गरेका छन् । जिल्ला विकास समिति, काठमाडौँद्वारा विहीबार आयोजित विनाशकारी भूकम्प–२०७२ पछिको क्षति, हालसम्मको राहत र भावी कार्ययोजना सम्बन्धमा आयोजित छलफलमा सभासद्हरूले वास्तविक भूकम्पपीडितले भन्दा पनि पहुँचवाला र गैरपीडितले मात्र राहत पाउने गरेको भन्दै मापदण्ड बनाएर मात्र वितरण गर्न आग्रह गरेका हुन् । सभासद्हरूले सबैभन्दा पहिला जतिसक्दो चाँडो भूकम्पपछि धराप र जोखिमपूर्ण अवस्थामा रहेका भूकम्प प्रभावित क्षेत्रका घर हटाउनुपर्ने माग गरे । उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले जथाभावी रूपमा भन्दा पनि भूकम्पपीडितको अवस्था हेरिकन, प्रभावित र अति प्रभावित जिल्ला हेरेर सरकारद्वारा प्रदान गरिने राहत तथा अन्य सुविधा दिँदै आएको स्पष्ट पारे । उपप्रधानमन्त्री सिंहले अहिलेको समय एकले अर्कालाई आलोचना गर्नूभन्दा पनि काम गरेर देखाउने समय भएको हुँदा त्यसतर्फ केन्द्रित हुन सबैलाई आग्रह गरे । सभासद् पेम्बा लामाले भूकम्पबाट प्रभावित भएका सुत्केरी तथा गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई खान बस्नमा देखिएको समस्याप्रति सरकारले बेवास्ता गरेको भन्दै गुनासो गरे । सभासद्द्वय राजन केसी र भीमसेनदास प्रधानले भूकम्पपीडितलाई राहतको नाममा त्रिपालको सट्टा अस्थायी टहराका लागि जस्तापाताको व्यवस्था गर्नुपर्नेमा जोड दिए । त्यसैगरी सभासद्हरू रामवीर मालाकार, विक्रम पाण्डे, प्रभा बज्राचार्य, दीपक कुइँकेल, ओमदेवी मल्ल, राजन भट्टराई, विनोद श्रेष्ठ, रामेश्वर फुयाँल, मोहन राई, ध्यानगोविन्द रञ्जित, प्रमिला राणा र जेवी टुहुरेलगायतले राहत वितरणमा समानता हुनुपर्ने धारणा राखे । काठमाडौँका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले भूकम्पपछि धरापमा रहेको एउटा घरले वरिपरि रहेका करिब सात वटा घरलाई असर गरेको हुँदा काठमाडौँमा रहेका एक हजार ५०० त्यस्ता घर भत्काउने काम सुरु भएको जानकारी दिए ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending