Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

पेरिसडाँडाबाट माओवादी यसरी निस्के हम्मर र हेलमेट बोकेर

काठमाडौं, अरु बेलाभन्दा भिन्नै थियो पेरिसडाँडाको परिवेश । मानिसहरु आँगनभरि थिए– तर, फुस्राजस्ता । कोही कुन जिल्ला त कोही कुन जिल्ला पुगेर फर्केका । उनीहरु एक–अर्कामा आफ्ना अनुभूति सुनाइरहेका भेटिए । बाइकहरु बढी थिए, गाडीहरुभन्दा । नगन्य संख्यामा मात्रै रोकिएका थिए गाडी । एमाओवादी मुख्यालयमा पछिल्लो समय बाइकको भन्दा गाडीको संख्या बाक्लिन थालेकोमा बिहीबारको दृश्य चाहिँ त्यस्तो देखिएन । दृश्य उल्टिएको पाइयो । माओवादी अध्यक्ष आइनपुग्दै केही युवाहरुं हेलमेट लगाएर प्रांगणमा निस्किए । पहेंलो कलरको ‘वर्कर हेल्मेट’ र त्यसको कालो फित्ता उनका च्यापुमा कसिएका । \"Punarnirman1\" अखिल (क्रान्तिकारी) का संयोजक रमेश मल्ल तिनका बीचमा देखिन्थे । उनी हेलमेट लगाएकाहरुसँग केही भनिरहन्थे निरन्तर । वाईसीएलका अध्यक्ष गणेशमान पुन भित्र पस्दै बाहिरिँदै गरिरहेका । निर्धारित मञ्चमा माओवादी नेता जोखबहादुर महरा भेटिए । बिहीबार मध्याह्न पंक्तिकार पेरिसडाँडा पुग्दा आयोजकले निर्धारण गरेको समय भइसकेको थिएन । वाईसीएलका एक नेता हेलमेट लगाउनेहरुमध्येका केहीसँग संवाद गरिरहेका । शायद लाइन मिलाउन भन्दै थिए । माओवादी अध्यक्ष प्रचण्ड आए । अलि परै उनको गाडी छेकियो । रोकिराखेका मोटरसाइकल र मानिसहरुको भीडमा शायद उनलाई हिँड्न उचित लाग्यो । प्रायः अनुहारमा चमक बोकेर गाडीबाट झर्ने प्रचण्डको अनुहार फुस्रो थियो  । उनी फुस्रै हाँसे । हात हल्लाएर अभिवादन गरे । लगत्तै मञ्चमा बसेका वयोवृद सल्लाहकारसँग हात मिलाए र भित्र छिरे । उनी भित्र छिरेपछि प्रांगणमा हेलमेट लगाउनेहरुको लाइन बन्यो । अरु वरीपरी उभिएका । वाईसीएल र विद्यार्थीका दोस्रा तहका नेताहरुले लाइन मिलाए । लाइनमा एक तिहाइ महिला बल्ल थिए– बाँकी पुरुष । माओवादी नेता अनन्त आए । महासचिव महरा आए । नेता झक्कु सुवेदीसँग बात मारेलगत्तै सुवेदी भित्र गए । सुवेदीसँगै अध्यक्ष प्रचण्ड आए । \"punarnirman2\"बिदाई कार्यक्रम सुरु भयो, राष्ट्रिय श्रम अभियानअन्तर्गत महाभूकम्प प्रभावित १५ जिल्लामा खटिने एमाओवादी स्वयंमसेवकहरुको । महराले कार्यक्रम चलाए । उनले प्रचण्डलाई जिल्लाहरुमा खटिने टोलीलाई एक–एकवटा ब्यानर, हम्मर र हेल्मेट दिन भने । प्रचण्डले दिए सोहीअनुसार । महराले प्रचण्डलाई बोल्न बोलाए । प्रचण्ड आएर बोल्न थाले । उनको हाउभाउ गाडीबाट झर्दाजस्तै थियो । धेरै बोल्दिनँ भने । हिजोका युद्धकालीन जनसेनाका रुपमा आफ्नो पार्टीले जनसेनालाई जनताको आपतमा पठाउन लागेको बताए । प्रांगणका मानिसहरु खुशी देखिए । तर, खुलामञ्चमा जस्तो ताली लाएनन् । उनले कमिसार, कमान्डर र भाइस–कमान्डर बनाएर पुनर्निर्माणमा जान लागेको बताइरहँदा हेलमेट लगाउनेहरु टाउको हल्लाइरहेका देखिए । उनले आम रुपमा क्षतिबाट जनता निराश भएको र उत्साहमा परिणत गर्नुपर्ने दायित्व एमाओवादीमा आएको बताए । भने– ‘मलाई जनसेनाको स्मरण भयो ।’ केही माग राखे, भूकम्पपीडित जनताको ऋण मिनाहा गरियोस्, पीडित व्यवसायीलाई ब्याज छुट गरियोस्, राष्ट्रिय ऋणलाई अन्तर्राष्ट्रिय समुदायले अनुदानमा बदलोस् । कार्यक्रम सकियो । निस्कँदै गर्दा हेलमेट लगाउनेहरु पनि निस्किए । गेटमा विद्यार्थी नेता सुरेन्द्र बस्नेतसँग भेट भयो, भने– ‘पार्टीको आदेश भोलिदेखि लागू हुन्छ । पराकम्पन आइरहेकै छ । त्यो कम्पन यतै छाडेर दोलखा जानु छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies