Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

विप्लवले उद्घाटन गरे दोस्रो चरणको राहत र पुनर्निर्माण अभियान

मन्थली (रामेछाप), नेत्रविक्रम चन्द  ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीले महाभूकम्पबाट आहत जनतालाई राहत पुर्याउने योजनाका साथ उद्धार, राहत वितरण तथा पुनर्निर्माण अभियानको दोस्रो चरण उद्घाटन गरेको छ । पार्टीका महासचिव विप्लवले भूकम्पपीडित रामेछापको मन्थलीमा बिहीबार आयोजित कार्यक्रमबीच अभियानको दोस्रो चरणको उद्घाटन गरे । भूकम्पले घर भत्काएपछि बेघरबार बनेका रामेछापको सदरमुकाम मन्थलीका दिलबहादुर विश्वकर्माको परिवारका लागि अस्थायी वासस्थान बनाएर नेता विप्लवले दोस्रो चरणको उद्घाटन गरेका हुन् । उद्घाटनपछि संक्षिप्त धारणा राख्दै महासचिव विप्लवले भने– ‘जनतालाई खुला आकाशमुनि भोकै–नांगै रहन कदापि दिइने छैन । सत्ताधारीहरुले यस्तो विपत्तिको बेलामा समेत भेद्भावपूर्ण व्यवहार गरेर अत्याचार गरेका छन् । हामी त्यसको भण्डाफोर गर्दै प्रकोपपीडित सम्पूर्ण नागरिकहरुलाई समानतापूर्ण ढंगले सहयोग पुर्याउँछौं ।’ नेता विप्लवले मन्थलीमा बिहीबारै १ सय ८ बोरा चामल, ५० थान पाललगायतका राहत सामग्री पनि वितरण गरे । बिहीबारै काठमाडौंको जमलमा स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले र भक्तपुरमा स्थायी समिति सदस्य एवम् प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले जनसेवा अभियानको दोस्रो चरणको उद्घाटन गरेका छन् । केन्द्रीय सदस्यको नेतृत्वमा बिहीबार देशका १७ वटै भूकम्पबाट अतिप्रभावित जिल्लामा अभियानको उद्घाटन गरिएको सो पार्टीले जनाएको छ । वैशाख १२ गतेको विनाशकारी भूकम्पलगत्तै १२ जिल्लामा उद्धार, राहत तथा पुनर्निर्माण अभियानको पहिलो चरण सुरु गरेको माओवादीले २९ गतेको अर्को ठूलो भूकम्पपछि देशका अतिप्रभावित १७ जिल्लामा पार्टीका ५ हजार नेता–कार्यकर्ताको अगुवाइमा व्यापक जनसहभागितासहित जनसेवा सञ्चालन गर्दै आइरहेको जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies