Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

‘व्यापार युद्ध वास्तविकतामा परिणत भइसक्यो’

जी-ट्वान्टी भनिने ठूलो अर्थतन्त्र भएको विश्वका २० देशका मन्त्रीहरू शिखर बैठकका लागि आर्जेन्टिनामा भेला भइरहँदा फ्रान्सका अर्थमन्त्री ब्रुनो ल मेयरले व्यापार युद्ध अहिले एउटा वास्तविकता भइसकेको बताएका छन्।

एकतर्फी रुपमा कर लगाउने अमेरिकी व्यापार नीति \'जङ्गली कानूनमा आधारित\' रहेको उनले आरोप लगाए। तर अमेरिकी अर्थमन्त्री स्टिभन मनुसिनले अमेरिकी करको बचाउ गर्दै युरोपेली संघ र चीनलाई स्वतन्त्र प्रतिस्पर्धाका लागि आ-आफ्नो बजार खुल्ला राख्न आग्रह गरे। गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापारका लागि इयु एउटा शत्रु भएको बताएका थिए। त्यसपछि ट्रम्पले अमेरिका पुग्ने ५०० अर्ब डलर बराबरका सबै चिनियाँ सामानमा कर लगाउने धम्की दिए। अमेरिकाले २८ सदस्य राष्ट्र भएको इयु र चीन दुवैसँगै ठूलो व्यापार घाटा बेहोर्दै आएको छ। ब्वेनोस आइरिजमा दुई दिन चल्ने वार्ताका लागि ठूलो अर्थतन्त्र भएको विश्वका २० देशका अर्थमन्त्री तथा ब्याङ्करहरू भेला भएका हुन्। फ्रान्सका अर्थमन्त्री ल मेयरले समाचार संस्था एएफपीलाई भने, \"विश्व व्यापार जंगली कानूनमा आधारित हुनसक्दैन र एकतर्फी रुपमा कर वृद्धि गर्नु जङ्गली कानून हो।\" \"जङ्गली कानून, सक्नेका लागि कानून, विश्व व्यापार सम्बन्धको भविष्य यो हुनसक्दैन।\" ल मेयरले थपे, \"जङ्गली कानूनले वृद्धिलाई कमजोर तुल्याउनेछ, कमजोर मुलुकहरूलाई गाह्रो पार्नेछ र त्यसको भयावह राजनीतिक परिणाम निस्कनेछ।\" उनले व्यापार युद्ध अहिले वास्तविकतामा परिणत भइसकेको बताउँदै अमेरिकाले स्टील र एलुमिनियममा लगाएको कर फिर्ता नलिएसम्म इयुले उसँग स्वतन्त्र व्यापारबारे वार्ता गर्न नसक्ने उल्लेख गरे। अमेरिकी अर्थमन्त्री मनुसिनले इयु र चीनसँगको व्यापारबारे ट्रम्पको अडानलाई समर्थन गर्दै ती दुवैले आ-आफ्नो बजार खुल्ला गर्नुपर्ने बताए। उनले भने, \"मेरो सन्देश बिल्कुल स्पष्ट छ। हाम्रा राष्ट्रपतिले गत महिना जी सेभेन शिखर बैठकमा दिएकै सन्देश हो ।\" \"यदि युरोप स्वतन्त्र व्यापारमा विश्वास गर्छ भने हामी विना कुनै कर, आयात निर्यातमा विना कुनै निषेध र विना कुनै सहुलियत स्वतन्त्र व्यापार सम्झौता गर्न तयार छौँ ।\" चीनको चर्चा गर्दै मनुसिनले बेइजिङविरुद्ध कडा कर लगाउने विषय \'एउटा वास्तविक सम्भाव्यता\' भएको बताए । उनले थपे, \"हामी हाम्रा उद्देश्यबारे एकदम स्पष्ट छौँ ।\" बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending