Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

अभियानपछि हट्यो 'स्यानिटरी प्याड' माथिको कर

महिनौँदेखि अधिकारवादीहरूले चलाएको विरोध अभियानपश्चात् भारत सरकारले सबैखाले \'स्यानिटरी\' उत्पादनमा लगाएको १२ प्रतिशत कर हटाएको छ।

महिलाहरूले महिनावारीका बेला प्रयोग गर्ने उत्पादन सहित सबै वस्तुमा १२ प्रतिशत बस्तु तथा सेवा कर अर्थात् जीएसटी लागू गरिएको एक वर्षपछि उक्त घोषणा भएको हो। अभियानकर्ताहरूले करका कारण महिलाका लागि स्यानिटरी प्याडजस्ता महिनावारीका बेला अत्यावश्यक पर्ने बस्तु किन्न थप कठिन हुने दाबी गरेका थिए। भारतमा अहिले पनि प्रत्येक पाँचजना महिला तथा युवती मध्ये चारजनाको पहुँचमा \'स्यानिटरी प्याड\' नरहेको अनुमान गरिएको छ। सरकारको पछिल्लो कदमलाई करको विरोधमा अभियान चलाइरहेकाहरूले स्वागत गरेका छन्। महिनावारी स्वास्थ्य सचेतना सम्बन्धी एउटा परोपकारी संस्था सच्ची सहेलीकी संस्थापक सुर्भी सिंहले थोम्सन रोयटर्स फाउन्डेसनसँग भनेकी छन्, \"विद्यालय र जागीरमा रहने महिलालाई महिनावारी सम्बन्धी उपयुक्त सफाइ कायम गर्न यो एउटा सबैभन्दा प्रतिक्षित र आवश्यक कदम थियो। यसले उनीहरूलाई आफ्नो वास्तविक क्षमता देखाउन र अगाडि बढ्न मद्दत गर्नेछ।\" भारतमा छात्राहरूले विद्यालय छाड्ने एउटा मुख्य कारणमध्येमा महिनावारी रहने गरेको छ भने कतिपय महिलाहरू \'स्यानिटरी प्याड\'को पहुँच नहुँदा घरमै बस्न बाध्य हुने गर्छन्। केही महिलाहरू \'स्यानिटरी प्याड\'को सट्टामा कपडा र टालोहरू प्रयोग गर्ने गर्छन् तर यस्ता वस्तु सफा नभएमा संक्रमणको खतरा रहने बताइन्छ। यसै कारणले सरकारले प्याड र ट्याम्पुन्सलाई विलासी वस्तुका रूपमा १२ प्रतिशत कर लगाएपश्चात् तत्कालै यसलाई हटाउनका लागि अदालतमा जाने र हस्ताक्षर संकलन गर्ने जस्ता अभियान सुरु भए। त्यस्तै मध्येको एउटा अभियानमा चार लाखभन्दा बढीको हस्ताक्षर संकलन भइसकेको छ। यो अभियान \'लहूका लगान\' नामले परिचित थियो, जसको अर्थ हुन्छ, \'रगतको कर\'। प्लान इन्टरनेसनल युके नामक च्यारिटी संस्थाका अनुसार विपन्न परिवारका २१ वर्ष मुनिका प्रत्येक १० जना युवतीमध्ये एकजनाले अझै पनि स्यानिटरी उत्पादन किन्न सक्दैनन्। अभियानकर्ताहरूले हटाउनु पर्ने माग राखिरहेका भएपनि ब्रिटेनमा अझै पनि यस्ता वस्तुमा ५ प्रतिशत कर जारी छ। बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy