Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

प्रधानमन्त्री कोइराला र चीनका सहायक विदेश मन्त्रीबीच भेट

काठमाडौं, प्रधानमन्त्री सुशील कोइरालासंग नेपाल भ्रमणमा रहेका मित्रराष्ट्र चीनका सहायक विदेश मन्त्री लियू जियानचाओले आज अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गरेका छन् । भेटमा नेपालमा बैशाख १२ गते आएको भूकम्प त्यसपछिका कम्पनबाट भएको धनजनको क्षति, खोजी, उद्धार,राहत अब हुने पुस्थापना र पुनर्निर्माण सहित नेपाल र चीनको सम्बन्धका बारेमा कुराकानी भएको थियो । भेटमा प्रधानमन्त्री कोइरालाले यस पटकको भूकम्प नेपालले ८२ बर्षपछि बेहोरेको सबैभन्दा ठूलो विपत्ति भएको बताए । उनले यो भूकम्पले जनधनको अपूरणीय क्षति गरेको उल्लेख गर्दै  यसबाट व्यक्तिगत भवन, सार्वजनिक भवन, पूर्वाधार, ऐतिहासिक, धार्मिक ,सांस्कृतिक र पूरातात्विक महत्वका सम्पदाहरुको पनि ठूलो क्षति भएको बताए । भेटमा प्रधानमन्त्री कोइरालाले नेपाललाई परेको विपत्तिमा नेपाललाई आवश्यक सहयोग गरेर चीनले ठूलो गुन लगाएको पनि बताए । उनले  विशेषज्ञ सहितको टोली आधुनिक उपकरण सहित खोजी र उद्धारमा  पठाएर चीन नेपालको पीडामा मल्हम लगाएको बताए । उनले चीन र भारतजस्ता निकट छिमेकी र अन्य मित्रराष्ट्रको सहयोगले यो विपद्लाई सामना गर्न नेपाललाई सहज भएको पनि बताए । विपद्को सहयोगले दुवै मुलुकका जनताको मन मुटु एक साथ रहेको प्रमाणित भएको पनि बताए । सो अवसरमा प्रधानमन्त्री कोइरालाले यस भूकम्पमा परि चिनीया नागरिकहरुको पनि निधन हुन गएकोमा उनीहरुप्रति श्रद्धाञ्जली व्यक्तगर्दै चीनका प्रधानमन्त्री, राष्ट्रपति र उहाँहरु मार्फत मृतकका शोक सन्तप्त परिवारजनमा समवेदना पनि प्रकट गरेका थिए । प्रधानमन्त्री कोइरालाले भूकम्पले पु¥याएको विनासमा खोजी र उद्धार कार्य करिबकरिब समापन तिर गएको तथा राहत र पुनस्थापना चलिरहेको जानकारी दिए । उनले मनसून अगावै प्रभावित क्षेत्रका पीडितहरुलाई सुरक्षित स्थानमा अस्थायी बसोबास गराउने कार्य चुनौतिपूर्ण भएको पनि बताऐ । कोइरालाले भूकम्पका कारण बस्न नहुने गरी चर्किएका र ढल्किएका भवनहरुलाई सुरक्षित तवरले भत्काएर व्यवस्थित गर्नमा पनि सहयोग आवश्यक पर्ने बताए । प्रधानमन्त्री कोइरालाले पुनस्थापना र पुनर्निर्माणमा नेपाललाई मित्रराष्ट्रहरुको थप सहयोग आवश्यक हुने पनि बताए । उनले यस प्रयोजनका लागि सरकारले २०० अर्वको कोष तयार पार्न लागेको र यसमा नेपाल सरकारले २० अर्ब योगदान गरिसकेको तथा बाँकी रकम स्वदेशी र विदेशी दाताबाट प्राप्त हुने अपेक्षा रहेको पनि बताए । सो अवसरमा प्रधानमन्त्री कोइरालाले नेपाल र चीन बीच कुटनीतिक सम्बन्ध स्थापनाको ६० औं बर्ष पुगेको चर्चा गर्दै हालै इण्डोनेशियाको जकार्ता र बाङ्गडुङ्गमा भएको एशियाली–अफ्रिकी सम्मेलनमा  चीनका महामहिम राष्ट्रपति सी जिनपिङ्गसंग भएको भेटको पनि स्मरण गरेका थिए । प्रधानमन्त्री कोइरालाले यस पटकको विपत्तिले एकमात्र अन्तराष्ट्रिय विमानस्थलले संकट सामना गर्न परेको कठिनाइलाई दृष्टिगत गर्दै चीनको सहयोगमा बन्ने पोखराको क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको निर्माण शीघ्र गर्नु पर्ने आवश्यकता पनि औल्याए । भेटका अवसरमा चीनका सहायक विदेशमन्त्रीले प्राकृतिक  विपद्का घडीमा चीनलाई सघाउने अवसर दिएकोमा कृतज्ञता प्रकट गर्दै  नेपालले आफैले गरेको खोजी र उद्धार कार्यको पनि प्रशंसा गरे । उनले चीनले नेपाल र नेपालीलाई दिने सहयोग निरन्तर जारी राख्ने बताउदै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका अवसरमा चीन –नेपाल –भारतका बीचमा आर्थिक करिडर बनाउने बिषयमा कुरा भएको पनि उल्लेख गरे । उनले नेपालले गर्ने दातृृ राष्ट्र तथा निकायहरुको सम्मेलनमा चीनले उच्चस्तरीय प्रतिनिधि पठाउने पनि बताए । चीनका सहायक विदेश मन्त्रीले प्रधानमन्त्री कोइरालाको सबल नेतृत्वमा नेपालमा पुर्निर्माण सम्पन्न भएर यसले आफ्नो सौन्दर्य पुन प्राप्त गर्ने पनि बताए । उनले चीन नेपालको सुख र दुःखमा सदा साथै रहने पनि बताए । सो अवसरमा प्रधानमन्त्री कोइरालाले नेपालका सहयोगी मित्रराष्ट्रहरुको सहयोग र भरोसाले नेपाल र नेपालीको भविष्य उज्ज्वल र जीवन सुखमय बनाउने संकल्प पूरा गर्न आफूलाई थप प्रोत्साहन मिलिरहेको बताए । भेटमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराई र नेपालका लागि चीनका राजदूत वु चुन्ताई पनि उपस्थित थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending