Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

प्रधानमन्त्री कोइराला र चीनका सहायक विदेश मन्त्रीबीच भेट

काठमाडौं, प्रधानमन्त्री सुशील कोइरालासंग नेपाल भ्रमणमा रहेका मित्रराष्ट्र चीनका सहायक विदेश मन्त्री लियू जियानचाओले आज अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गरेका छन् । भेटमा नेपालमा बैशाख १२ गते आएको भूकम्प त्यसपछिका कम्पनबाट भएको धनजनको क्षति, खोजी, उद्धार,राहत अब हुने पुस्थापना र पुनर्निर्माण सहित नेपाल र चीनको सम्बन्धका बारेमा कुराकानी भएको थियो । भेटमा प्रधानमन्त्री कोइरालाले यस पटकको भूकम्प नेपालले ८२ बर्षपछि बेहोरेको सबैभन्दा ठूलो विपत्ति भएको बताए । उनले यो भूकम्पले जनधनको अपूरणीय क्षति गरेको उल्लेख गर्दै  यसबाट व्यक्तिगत भवन, सार्वजनिक भवन, पूर्वाधार, ऐतिहासिक, धार्मिक ,सांस्कृतिक र पूरातात्विक महत्वका सम्पदाहरुको पनि ठूलो क्षति भएको बताए । भेटमा प्रधानमन्त्री कोइरालाले नेपाललाई परेको विपत्तिमा नेपाललाई आवश्यक सहयोग गरेर चीनले ठूलो गुन लगाएको पनि बताए । उनले  विशेषज्ञ सहितको टोली आधुनिक उपकरण सहित खोजी र उद्धारमा  पठाएर चीन नेपालको पीडामा मल्हम लगाएको बताए । उनले चीन र भारतजस्ता निकट छिमेकी र अन्य मित्रराष्ट्रको सहयोगले यो विपद्लाई सामना गर्न नेपाललाई सहज भएको पनि बताए । विपद्को सहयोगले दुवै मुलुकका जनताको मन मुटु एक साथ रहेको प्रमाणित भएको पनि बताए । सो अवसरमा प्रधानमन्त्री कोइरालाले यस भूकम्पमा परि चिनीया नागरिकहरुको पनि निधन हुन गएकोमा उनीहरुप्रति श्रद्धाञ्जली व्यक्तगर्दै चीनका प्रधानमन्त्री, राष्ट्रपति र उहाँहरु मार्फत मृतकका शोक सन्तप्त परिवारजनमा समवेदना पनि प्रकट गरेका थिए । प्रधानमन्त्री कोइरालाले भूकम्पले पु¥याएको विनासमा खोजी र उद्धार कार्य करिबकरिब समापन तिर गएको तथा राहत र पुनस्थापना चलिरहेको जानकारी दिए । उनले मनसून अगावै प्रभावित क्षेत्रका पीडितहरुलाई सुरक्षित स्थानमा अस्थायी बसोबास गराउने कार्य चुनौतिपूर्ण भएको पनि बताऐ । कोइरालाले भूकम्पका कारण बस्न नहुने गरी चर्किएका र ढल्किएका भवनहरुलाई सुरक्षित तवरले भत्काएर व्यवस्थित गर्नमा पनि सहयोग आवश्यक पर्ने बताए । प्रधानमन्त्री कोइरालाले पुनस्थापना र पुनर्निर्माणमा नेपाललाई मित्रराष्ट्रहरुको थप सहयोग आवश्यक हुने पनि बताए । उनले यस प्रयोजनका लागि सरकारले २०० अर्वको कोष तयार पार्न लागेको र यसमा नेपाल सरकारले २० अर्ब योगदान गरिसकेको तथा बाँकी रकम स्वदेशी र विदेशी दाताबाट प्राप्त हुने अपेक्षा रहेको पनि बताए । सो अवसरमा प्रधानमन्त्री कोइरालाले नेपाल र चीन बीच कुटनीतिक सम्बन्ध स्थापनाको ६० औं बर्ष पुगेको चर्चा गर्दै हालै इण्डोनेशियाको जकार्ता र बाङ्गडुङ्गमा भएको एशियाली–अफ्रिकी सम्मेलनमा  चीनका महामहिम राष्ट्रपति सी जिनपिङ्गसंग भएको भेटको पनि स्मरण गरेका थिए । प्रधानमन्त्री कोइरालाले यस पटकको विपत्तिले एकमात्र अन्तराष्ट्रिय विमानस्थलले संकट सामना गर्न परेको कठिनाइलाई दृष्टिगत गर्दै चीनको सहयोगमा बन्ने पोखराको क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको निर्माण शीघ्र गर्नु पर्ने आवश्यकता पनि औल्याए । भेटका अवसरमा चीनका सहायक विदेशमन्त्रीले प्राकृतिक  विपद्का घडीमा चीनलाई सघाउने अवसर दिएकोमा कृतज्ञता प्रकट गर्दै  नेपालले आफैले गरेको खोजी र उद्धार कार्यको पनि प्रशंसा गरे । उनले चीनले नेपाल र नेपालीलाई दिने सहयोग निरन्तर जारी राख्ने बताउदै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका अवसरमा चीन –नेपाल –भारतका बीचमा आर्थिक करिडर बनाउने बिषयमा कुरा भएको पनि उल्लेख गरे । उनले नेपालले गर्ने दातृृ राष्ट्र तथा निकायहरुको सम्मेलनमा चीनले उच्चस्तरीय प्रतिनिधि पठाउने पनि बताए । चीनका सहायक विदेश मन्त्रीले प्रधानमन्त्री कोइरालाको सबल नेतृत्वमा नेपालमा पुर्निर्माण सम्पन्न भएर यसले आफ्नो सौन्दर्य पुन प्राप्त गर्ने पनि बताए । उनले चीन नेपालको सुख र दुःखमा सदा साथै रहने पनि बताए । सो अवसरमा प्रधानमन्त्री कोइरालाले नेपालका सहयोगी मित्रराष्ट्रहरुको सहयोग र भरोसाले नेपाल र नेपालीको भविष्य उज्ज्वल र जीवन सुखमय बनाउने संकल्प पूरा गर्न आफूलाई थप प्रोत्साहन मिलिरहेको बताए । भेटमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराई र नेपालका लागि चीनका राजदूत वु चुन्ताई पनि उपस्थित थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy