Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

अलोकतान्त्रिक तरिका त्याग्न डा केसी र कांग्रेसलाई दीपशिखाको अनुरोध

\"\"दाङ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा वाईसिएलका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले मेडिकल क्षेत्रमा डाक्टर गोविन्द केसीको आडमा नेपाली कांग्रेसले सिण्डिकेट लाद्न खोजेको आरोप लगाएका छन् । काठमाडौंमा कांग्रेस निकटका मानिसहरुको मात्र मेडिकल भएको र कम्युनिष्ट निकटका मानिसहरुले मेडिकल क्षेत्रमा हात हाल्ने डरका कारण आत्तिएर कांग्रेस र मेडिकल माफियाहरुले डाक्टर गोविन्द केसीलाई प्रयोग गरेको उनको आरोप छ । डाक्टर केसी र प्रतिपक्ष नेपाली कांग्रेसले लोकतान्त्रिक मुल्य मान्यतालाई लत्याएको भन्दै जन निर्वाचित सांसद र दुई तिहाई बहुमत प्राप्त सरकारको सम्मान गर्न अनुरोध गरेका छन् । नेता सापकोटले–यो देशमा काहाँ मेडिकल कलेज खोल्ने र काहाँ नखोल्ने भन्ने निर्णय गर्ने अधिकार डाक्टर केसी र जनताबाट पराजीत कांग्रेसलाई नभएर नेपाल सरकारलाई हुन बताए । अध्यक्ष सापकोटाले जनताबाट निर्वाचित प्रतिनिधीसभाले मेडिकल क्षेत्रको विषयमा छलफल नै गर्न नपाउने सोचले आन्दोलन गर्नु जायज नभएको बताए । सार्वभौम सांसदको सम्मान गर्न सिक्न कांग्रेसलाई अनुरोध गर्दै लोकतान्त्रिक मुल्य मान्यता भन्दा बाहिर नजान अनुरोध गरे । लोकतन्त्रमा सांसद सार्वभौम हुन्छ र सांसदहरुले यो देशको बारेमा छलफल गर्न पाउनुपर्छ भन्ने कुरा कांग्रेसले वेलैमा बुझ्नु पर्ने सापकोटाले बताए । सांसद र सरकार भन्दा आफुलाई माथि राखेर निरंकुशतावादी सोच राखेर गरिएको आन्दोलनले सफलता नहुने र त्यो अलोकतान्त्रिक तरिका त्याग्न डाक्टर केसी र कांग्रेसलाई अनुरोध गरेका छन् । एउटा व्यक्तिले जननिर्वाचित सांसद र दुई तिहाई बहुमत प्राप्त सारकारलाई आफ्नो मुठ्ठिी भित्र राख्न खोजेको आरोप लगाउँदै यस्तो नगर्न सुझाव दिएका हुन् । रेडियो हापुरेको अन्तर–संवाद कार्यक्रममा बोल्दै अध्यक्ष सापकोटाले लोकतन्त्रको गफ गर्नेले पहिला आफुलाई लोकतन्त्रको विधिभित्र राख्नु पर्ने हो तर, आफुले सधै निरंकुश चरित्र अंगाल्ने र अरुलाई सधै लोकतन्त्रको पाठ पढाउने कांग्रेस रुपान्तरण हुनुपर्ने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending