Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

किन पुगे चिनियाँ राष्ट्रपति दक्षिण अफ्रिकामा ?

प्रिटोरिया । चिनियाँ राष्ट्रपति सी जिनपिङ सोमबार दक्षिण अफ्रिका पुगेका छन् । सोमबार दक्षिण अफ्रिकाका पुग्दा उनलाई उच्चस्तरीय अधिकारीहरुले प्रिटोरिया विमानस्थलमा विशेष तथा भव्य स्वागत गरेका थिए । दक्षिण अफ्रिकासँगको सम्बन्ध विकास र द्धिपक्षीय हितका विभिन्न एजेण्डाहरुमा छलफल गर्नका लागि उनी दक्षिण अफ्रिका पुगेका बताइएको छ । दोस्रो कार्यकालको रुपमा गएको फेब्रुअरीमा कार्यकाल सम्हाल्नुभएपछि राष्ट्रपति जिनपिङ पहिलो पटक दक्षिण अफ्रिकाको भ्रमणमा निस्किएका हुन । यी दुई देशको कूटनीतिक सम्बन्ध स्थापनाको २० औँ वार्षिकोत्सवका अवसरमा आयोजना हुने विशेष समारोहहरुमा उनी सहभागी हुने कार्यक्रम रहेको दक्षिण अफ्रिकाको विदेश मन्त्रालयले जानकारी दिएको छ । दक्षिण अफ्रिका ओर्लिएपछि संक्षिप्त प्रतिक्रियामा राष्ट्रपति जिनपिङले गएको २० वर्षमा चीन र दक्षिण अफ्रिका बीचको सम्बन्ध निकै राम्रो विकास भएको बताए । हामीबीच २० वर्षअघि शुरु भएको सम्बन्ध आजका दिनमा आइपुग्दा राणनीतिक साझेदारीका रुपमा विकास भएको र आगामी दिनमा यसलाई अझ सुमधुर र सुदृढ बनाउदै लानुपर्ने धारणा राखे । उनले राजनीतिक रुपमा आपसी पारस्परिक विश्वासका साथै सहयोग समन्वय, जनताबीचको सम्बन्ध र अन्य धेरै क्षेत्रमा पनि विश्वासिलो वातावरण निर्माण भएको पनि बताए । दक्षिण अफ्रिका चीनको सबैभन्दा ठूलो अफ्रिकी व्यापारिक साझेदार रहेको छ । त्यस्तै दक्षिण अफ्रिकाको पनि सबैभन्दा ठूलो व्यापारिक साझेदार चीन रहेको छ । यी दुई देशबीचको व्यापारिक साझेदारिता पनि आजका दिनमा बढ्दो रुपमा रहेको बताइन्छ । राष्ट्रपति चिनफिङले भने, हामीबीचको व्यापारिक तथा पारस्पारिक सम्बन्धको थप विकास गर्नुको साथै चीन अफ्रिका सहयोगसम्बन्धी बेइजिङमा हुने सम्मेलनका बारेमा पनि दक्षिण अफ्रिकी राष्टपतिसँग आफूले छलफल गर्नेछौँ । राष्ट्रपति चिनफिङ दक्षिण अफ्रिकाको जोहानेस्बर्गमा आयोजना हुने ब्रिक्स सम्मेलनमा सहभागी हुनुहुने छ । सो सम्मेलन यही जुलाई २५ देखि २७ सम्म आयोजना गरिएको छ । त्यस सम्मेलनको समयमा उनले विभिन्न देशका राष्ट्रपतिहरुसँग पनि द्धिपक्षीय भेटावार्ताहरु गर्नुहुने बताइएको छ । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending