Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

किन पुगे चिनियाँ राष्ट्रपति दक्षिण अफ्रिकामा ?

प्रिटोरिया । चिनियाँ राष्ट्रपति सी जिनपिङ सोमबार दक्षिण अफ्रिका पुगेका छन् । सोमबार दक्षिण अफ्रिकाका पुग्दा उनलाई उच्चस्तरीय अधिकारीहरुले प्रिटोरिया विमानस्थलमा विशेष तथा भव्य स्वागत गरेका थिए । दक्षिण अफ्रिकासँगको सम्बन्ध विकास र द्धिपक्षीय हितका विभिन्न एजेण्डाहरुमा छलफल गर्नका लागि उनी दक्षिण अफ्रिका पुगेका बताइएको छ । दोस्रो कार्यकालको रुपमा गएको फेब्रुअरीमा कार्यकाल सम्हाल्नुभएपछि राष्ट्रपति जिनपिङ पहिलो पटक दक्षिण अफ्रिकाको भ्रमणमा निस्किएका हुन । यी दुई देशको कूटनीतिक सम्बन्ध स्थापनाको २० औँ वार्षिकोत्सवका अवसरमा आयोजना हुने विशेष समारोहहरुमा उनी सहभागी हुने कार्यक्रम रहेको दक्षिण अफ्रिकाको विदेश मन्त्रालयले जानकारी दिएको छ । दक्षिण अफ्रिका ओर्लिएपछि संक्षिप्त प्रतिक्रियामा राष्ट्रपति जिनपिङले गएको २० वर्षमा चीन र दक्षिण अफ्रिका बीचको सम्बन्ध निकै राम्रो विकास भएको बताए । हामीबीच २० वर्षअघि शुरु भएको सम्बन्ध आजका दिनमा आइपुग्दा राणनीतिक साझेदारीका रुपमा विकास भएको र आगामी दिनमा यसलाई अझ सुमधुर र सुदृढ बनाउदै लानुपर्ने धारणा राखे । उनले राजनीतिक रुपमा आपसी पारस्परिक विश्वासका साथै सहयोग समन्वय, जनताबीचको सम्बन्ध र अन्य धेरै क्षेत्रमा पनि विश्वासिलो वातावरण निर्माण भएको पनि बताए । दक्षिण अफ्रिका चीनको सबैभन्दा ठूलो अफ्रिकी व्यापारिक साझेदार रहेको छ । त्यस्तै दक्षिण अफ्रिकाको पनि सबैभन्दा ठूलो व्यापारिक साझेदार चीन रहेको छ । यी दुई देशबीचको व्यापारिक साझेदारिता पनि आजका दिनमा बढ्दो रुपमा रहेको बताइन्छ । राष्ट्रपति चिनफिङले भने, हामीबीचको व्यापारिक तथा पारस्पारिक सम्बन्धको थप विकास गर्नुको साथै चीन अफ्रिका सहयोगसम्बन्धी बेइजिङमा हुने सम्मेलनका बारेमा पनि दक्षिण अफ्रिकी राष्टपतिसँग आफूले छलफल गर्नेछौँ । राष्ट्रपति चिनफिङ दक्षिण अफ्रिकाको जोहानेस्बर्गमा आयोजना हुने ब्रिक्स सम्मेलनमा सहभागी हुनुहुने छ । सो सम्मेलन यही जुलाई २५ देखि २७ सम्म आयोजना गरिएको छ । त्यस सम्मेलनको समयमा उनले विभिन्न देशका राष्ट्रपतिहरुसँग पनि द्धिपक्षीय भेटावार्ताहरु गर्नुहुने बताइएको छ । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy