Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

कार्यकर्ता रिहापछि काँग्रेसद्वारा नुवाकोट बन्द फिर्ता

नुवाकोट। यहाँको विदुर नगरपालिकामा तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले शुक्रबार पक्राउ गरेका कार्यकर्तालाई गएराति नै रिहा गरेपछि नेपाली काँग्रेसले आज गर्ने भनेको नुवाकोट बन्द फिर्ता लिएको छ । विदुर नगरले बढाएको एकिकृत सम्पत्ति कर घटाउन माग गर्दै विहीबार नेपाली कांग्रेसले नगरपालिका घेराउ कार्यक्रममा नगरपालिका कार्यालयमा भएको तोडफोडमा संलग्न भएको आरोपमा पक्राउ परेका नेपाल विद्यार्थी संघमा आवद्ध नमराज सुवेदी, उत्सव श्रेष्ठ र निरज चित्रकारलाई रिहा गरेपछि आजको जिल्ला बन्दको कार्यक्रम फिर्ता लिएको नेपाली कांग्रेसका जिल्ला सचिव सुरेन्द्रराज अधिकारीले जानकारी दिए । जिल्ला बन्दको कार्यक्रम फिर्ता भए पनि कर नघटाएसम्म विरोधका अन्य कार्यक्रमहरु जारी रहने सचिव अधिकारीले बताए । विदुर नगरपालिकाले चालु आर्थिक वर्षदेखि नगरक्षेत्रको जग्गाको मूल्यांकन बढाएर एकिकृत सम्पत्ति कर लगाएपछि साविकमा कर तिर्दै आएको कर भन्दा १५ देखि २० गुणासम्म वृद्धि भएको छ । उक्त बढेको कर फिर्ता गर्न नगरवासीले माग गरेका छन् । विदुर नगरपालिकाका उपमेयर गीता दाहालले २०७१ सालको निर्णय अनुसार नै कर लगाएको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending