Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

पार्टीका आधारभूत तह अब चाँडै एकिकरण हुन्छः प्रवक्ता श्रेष्ठ

बर्दिवास। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले अबको मुलुकको कार्यभार विकास र समृद्धि भएको बताएका छन् । आज महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा पार्टीको जिल्लास्तरीय कार्यकत्र्ता भेलालाई सम्बोधन गर्दै प्रवक्ता श्रेष्ठले सबैको योगदान समृद्धि र विकासमा केन्द्रित हुनपर्छ भने । सो अवसरमा पार्टीका आधारभूत तह अब चाँडै एकिकरण हुने जानकारी पनि श्रेष्ठले दिए । प्रवक्ता श्रेष्ठले भने, “मधेसका मुख्य मुद्दा ठम्याउनोस्, ती मुद्दाको सम्बोधनका लागि संघीय, प्रादेशिक र स्थानीय सरकारलाई घच्घच्याउनुहोस् ।” मधेशका सर्वसाधारण जनताको मुद्दा अहिले आफ्नो पार्टीले उठाएर सम्बोधन गर्न सके ठोस् उपलब्धि हुने उनको भनाइ थियो । राजनीति र अवसरसँग जोडिएका मधेशका धेरैजसो मुद्दा अब राष्ट्रिय सरोकारका विषय बनिसकेको श्रेष्ठको भनाइ छ । मुलुकको विकास र समृद्धिको अभियानको थालनी मधेशबाटै थालिए लक्ष्य छिट्टै भेटिने श्रेष्ठले बताए । अहिले संघीय, छ वटा प्रदेश र बहुसंख्यक स्थानीय तहमा पार्टीको नेतृत्वको सरकार भएकाले काम गरेर देखाउन उपयुक्त अवसर भएको श्रेष्ठले बताए । विपक्षी दललाई फु गरेर ढल्ने सरकारझै गरी अनावश्यक खोचे थाप्ने र बखेडा ओछ््याउने काममा नलागी रचनात्मक विपक्षीको भूमिका देखाउन श्रेष्ठले आग्रह गरे । कार्यक्रममा जिल्लाबाट प्रतिनिधित्व गर्ने पार्टीका केन्द्रीय सदस्य, जिल्लाका सबै स्थानीयतहमा तत्कालीन एमाले र माओवादी केन्द्रमा आवद्ध कार्यकत्र्ता र जनवर्गीय संगठनका नेताको सहभागिता छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending