Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

अबको चार महिनाभित्र सबै वडामा माटो परीक्षण

पोखरा। कास्कीको अन्नपूर्ण गाउँपालिका क्षेत्र भित्रका सबै वडामा आगामी चार महिनाभित्रमा माटो परीक्षण गर्ने भएको छ । निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायिक कृषि प्रणालीतर्फ उन्मुख गर्ने नीतिअनुरुप प्रत्येक वडा एवं स्थानका कृषि उपजको सम्भाव्यता पहिचानका लागि माटो परीक्षण गर्न लागिएको अन्नपूर्ण गाउँपालिका कार्यालयले जनाएको छ । गाउँपालिकाका प्रमुख युवराज कुँवरका अनुसार गाउँपालिकाका सबै वडामा कृषि र पशुपालनको पकेटक्षेत्र तोक्ने नीति गाउँपालिकाले लिइएको छ । “यस आर्थिक वर्षको पहिलो चौमासिकभित्र सबै वडामा माटो परीक्षण शिविर सञ्चालन गरी प्राप्त परिणामलाई डाटा बैंक खडा गरेर राखिनेछ,” उनले भने, “प्राप्त परिणामका आधारमा माटो अनुसारको खेती गर्ने प्रणालीको विकास गरिने छ ।” स्थानीय रैथाने जातका बाली तथा बिरुवाको पहिचान गरी तथ्यांक संकलन तथा प्रवद्र्धन गर्ने लक्ष्य लिएको गाउँपालिकाले बाँझोखेतलाई प्रयोग गर्ने नीति अवलम्बन गरिएको छ । यसका लागि भूमी बैंक खडा गरी कम्तीमा २० वर्षका लागि जग्गा भाडामा लिएर व्यावसायिक खेती गर्न गाउँपालिकामार्फत प्रस्ताव आह्वान गर्ने तयारी गरेको छ । “भाडामा लिइएका जग्गाको भौतिक पूर्वाधार ९ग्रामीण सडक, सिँचाइ, विद्युत्, खानेपानी, शितभण्डार आदि०, प्राविधिक सहायता, मल, बीउबिजन, बजार प्रर्बद्धनका लागि गाउँपालिकाले पहल गर्नेछ,” अध्यक्ष कुँवरले भने, “बाँझो जमीन निरुत्साहित गर्न बाँझो खेत राख्ने कृषकलाई कृषि सुविधाबाट वञ्चित गरिने छ ।” प्राङगारिक खेती कार्यक्रममा अनुदान सहयोग गर्दै युवा कृषि स्वरोजगार कार्यक्रम सञ्चालन गर्न सम्बन्धित निकायमा पहल गर्ने, कृषि सामग्री, उन्नत बीउबिजन खरिद, दूध संकलन, घाँसखेती आदिका लागि व्यावसायिक कृषक एव कृषि समूहलाई प्रोत्साहन गरिने योजनाअघि सारिएको छ । गाउँपालिका भित्रका सबै वडामा घर÷घरमा पुगी पशु चौपायाको गणना गर्न लागिएको पशुसेवा प्राविधिक गोविन्द अधिकारीले बताए । गणनासँगै पशु चौपायको विद्यमान अवस्था एवं यस क्षेत्रमा पशुपालनका सम्भावना लगायतमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ । चार वर्षभित्रमा कोदोमा आत्मनिर्भर बनाउने योजनाका साथै कोदोखेती प्रवद्र्धन गर्न अनुदानको व्यवस्था गरी सबै होटेल तथा रेष्टुरेन्टमा कोदाको परिकार मेनुमा राख्ने पहल गाउँपालिकाले गर्ने जनाएको छ । कम्तीमा पाँच रोपनी जग्गा वा सो भन्दा बढी जग्गामा मौसम अनुसार एकै प्रकारको खेती गर्ने कृषकलाई व्यावसायिक कृषकको रुपमा पहिचान गर्ने योजना गाउँपालिकाकोे छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending