Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

नेपालको हवाई सेवा अन्तर्राष्ट्रियस्तरको बन्दै

काठमाडौँ। नेपालको हवाई सेवालाई विश्वस्तरको बनाउने लक्ष्यका साथ नेपाल वायु सेवा निगमले सुरक्षात्मक प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने प्रयास सुरु गरेको छ । दुई वटा वाइडबडी जहाज खरिद गरेपछि सुरक्षा प्रणाली तथा ग्राउण्ड ह््याण्डलिङको कामलाई समेत थप प्रभावकारी बनाउँदै निगमले सुरक्षात्मक प्रणालीलाई लागू गर्ने लक्ष्यका साथ अन्तर्राष्ट्रिय हवाई यातायात संगठन (आइएटिए) लाई आमन्त्रण गरेर सुरक्षात्मक प्रणालीका बारेमा अध्ययन गराएको हो । निगमको आग्रहमा आइएटिएको प्राविधिक समूहले शुक्रबार मात्रै यससम्बन्धी अध्ययन सकेको हो । नेपालको वायु सेवालाई केही विदेशी संस्थाले खतराको सूचीमा राखेको र केही संस्थाले हटाइसकेको सन्दर्भमा नेपाली हवाई क्षेत्रलाई थप विश्वसनिय, भरपर्दो, सुरक्षित बनाउने लक्ष्यका साथ अध्ययन गरिएको हो । वाइड बडी जहाज खरिद गरी अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने र आर्थिक समृद्धिको आधारको रुपमा रहेको पर्यटन क्षेत्रलाई थप व्यवस्थित बनाउँदै उल्लेख्य मात्रामा पर्यटक भित्र्याउन मार्ग प्रशस्त हुनेछ । निगमले आन्तरिक र बाह्य दुवै बजारलाई केन्द्रमा राखेको छ । सुरक्षात्मक प्रणाली तथा हवाई सुरक्षालाई समेत केन्द्रमा राखेको छ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्यान्डलिङको काम समेत निगमले नै गरिरहेको छ । दक्षिण एसियामा नै नेपालको ग्राउण्ड ह्यान्डलिङलाई उत्कृष्ठ मानिन्छ । निगमका महाप्रबन्धक सुगतरत्न कसांकारले हवाई सेवा गुणस्तरको एउटा मापदण्डको रुपमा रहेको आइएटिएको गुणस्तर मापदण्डको रुपमा सेफ्टी अडिट अफ ग्राउण्ड ह्यान्डलिङ९आइसागो प्रणापत्रलाई लिइन्छ । नेपालले यसअघि सन् २०१६ मा निगमले उत्कृष्ठ ग्राउण्ड ह्यान्डलिङ गरेको भन्दै आइएटिएले प्रमाणपत्र दिएको थियो । यूरोपेली संघले खतराको सूचीमा राखेको नेपालको उड्डयन क्षेत्रलाई त्यस्तो सूचीबाट हटाउन समेत आइसागो प्रमाणपत्रले काम गर्नेछ भने आइएटिएको सदस्य बन्ने मार्ग समेत प्रशस्त हुनेछ । आइएटिएको सदस्य भएपछि नेपालले आर्थिक सहयोग, तालिम, हवाई मार्ग प्राप्त गर्न समेत थप सहज हुनेछ । हाल विश्वका ३०९ वटा विमानस्थलमा आइसागोको मापदण्ड लागू गरिएको छ । विश्वभर हालसम्म १७ हजार अन्तर्राष्ट्रिय विमानस्थल रहेका छन् । निगमका प्राविधिक सल्लाहकार रमेशबहादुर शाह नेपालको उड्डयन क्षेत्रलाई सुरक्षाको दृष्टिकोणले विश्वस्तरीय र भरपर्दो बनाउन आइसागो प्रमाणपत्रले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । यूरोपेली संघले लगाउँदै आएको खतराको सूचीबाट हटाउन समेत यसले मद्दत पुग्ने विश्वास उनको छ । सल्लाहकार शाहकाअनुसार मापदण्ड लागू भएका ३०९ विमानस्थल मध्ये १८० विमानस्थलले निगमजस्तै ग्राउण्ड ह्यान्डलिङ सेवा उपलब्ध गराउँदै आएका छन् । हरेक दुई वर्षमा आइएटिएले ग्राउण्ड ह्यान्डलिङको ‘अडिट’ गर्दछ । सन् २०१४ मा गरिएको अडिटका आधारमा नेपालले आइसागोको प्रमाणपत्र पाएको थियो । सल्लाहकार शाहकाअनुसार आइएटिएले गरेको अध्ययनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निगमले पु¥याउने सेवाको अवस्था ९८ प्रतिशत पूरा गरेको पाइएको छ । अध्ययन टोली शतप्रतिशत गुणस्तरको मापदण्ड पु¥याउनका लागि आगामी ६ महिनाको समय दिएको छ । रासससँग कुरा गर्दै प्राविधिक सल्लाहकार शाहले भने ‘ अबको कम्तीमा डेढ वर्ष र बढीमा दुई वर्षभित्र आयोसा प्रमाणपत्र प्राप्त गर्ने अवस्था छ । विश्वका कूल तीन सय विमान कम्पनीले त्यस्तो प्रमाणपत्र पाएका छन् । आइएटिएले सन् २००३ देखि आयोसा लागू गरेको हो भने सन् २००९ देखि आइसागो लागू गरेको हो । अध्ययन टोलीले गुणस्तरीयताका विविध आयामहरु मध्ये कूल आठ सय बढी मापदण्डको अध्ययन गरेको हो । शाहको सयोजत्कवका गठित आयोसा समितिले पनि विगत दुई सातादेखि काम गरिरहेको छ । प्रमाणपत्र पाइसकेपछि नेपालको ग्राउन्ड ह्यान्डलिङ स्तरीय रहेको प्रमाणित हुनेछ । त्यसो भएको खण्डमा निगमले बाहिरी विमानस्थलमा समेत ग्राउन्ड ह्यान्डलिङका लागि प्रतिस्पर्धा गर्न योग्य हुनेछ । राष्ट्रिय स्वार्थको विषय भएकाले आफूहरुले मिहिन तवरले अध्ययन गरेको र गराएको जानकारी दिदै प्राविधिक सल्लाहकार शाहले भने,‘नेपालको नागरिक उड्डयनलाई व्यवसायी, प्रतिस्पर्धी, सुरक्षित एवम् भरपर्दो बनाउन केही अन्तर्राष्ट्रिय मूल्य र मान्यतालाई आत्मसात् गर्नुपर्दछ, सोही काममा हामी लागेका छौ ।’ निगमका पूर्वनिर्देशक रामहरि शर्माले मुलुकको हवाई सेवालाई विश्वस्तरीय बनाउन निगमले सुरु गरेको प्रयास सकारात्मक र सार्थक रहेको बताए । नेपाली हवाई सेवालाई विश्वस्तरको तुल्याउन यस्ता अध्ययनले महत्वपूर्ण योगदान पु¥याउने र नेपाली पनि अन्तर्राष्ट्रिय क्षेत्रमा उत्तिकै महत्वपूर्ण र कामकाजी रहेको सन्देश समेत दिने उनको भनाइ छ । नेपाली उड्डयन क्षेत्र कालोसूचीमा पर्दा त्यसको नकारात्मक प्रभाव पर्यटन क्षेत्रमा समेत परेको सन्दर्भलाई मध्यनजर गर्दै निगमले आफ्ना तर्फबाट कुनै पनि कमी कमजोरी नहोस् भन्नेमा सचेत रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending