काठमाडौँ, नेपालमा सञ्चारकर्मीको भौतिक एवम् व्यावसायिक सुरक्षाको स्थिति चुनौतीपूर्ण बन्दै गएको छ ।
युनेस्कोको सहयोगमा विकास सञ्चार समाज नेपालद्वारा गर्न लागिएको सञ्चारकर्मीका लागि ‘राष्ट्रिय सञ्चार सुरक्षा’ विषयको अनुसन्धानबारे आज आयोजित छलफलमा सहभागी वक्ताहरुले नेपालमा सञ्चारकर्मीको सुरक्षा अवस्था दिनप्रतिदिन कमजोर बनिरहेको बताए ।
सञ्चारकर्मीको सुरक्षा विषयमा गर्न लागिएको अनुसन्धानले विद्यमान अवस्थाको विश्लेषण गर्दै त्यस सम्बन्धमा थप आधार पत्ता लगाउने डा निर्मलमणि अधिकारीले बताएका छन् ।
विचार सञ्चार समाज नेपालका अध्यक्ष डा पियुष मिश्रले अनुसन्धानले सञ्चारकर्मीको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
छलफलमा राष्ट्रिय समाचार समितिका महाप्रबन्धक श्रीरामसिंह बस्नेतले आम सर्वसाधारणको सुरक्षा नै नभएका अवस्थामा पत्रकार सुरक्षित बन्न नसक्ने भएकाले पेसागत सुरक्षाका लागि सर्वसाधारणको सुरक्षा विशेष महत्वपूर्ण हुने बताए ।
उनले भने “गैरपत्रकारका कारण कतिपय स्थानमा पत्रकार हुँ भन्न लाज लाग्ने अवस्था समेत देखिएको छ । पत्रकारलाई सूचना विभागले वितरण गर्ने प्रेस कार्ड वितरण पनि अव्यवस्थित हुनु पनि आफैँमा समस्या हो ।” राजनीतिक समूहका चाहनालाई सम्बोधन गर्न नसक्नु, भ्रष्टाचार, कालोबजारी जस्ता कारण पत्रकार असुरक्षित बन्ने गरेको उनको भनाइ छ । वरिष्ठ पत्रकार रामकृष्ण रेग्मीले नेपाली समाजमा पत्रकारिता पेसा अझै पनि असुरक्षित रहेको चर्चा गर्दै उनीहरुको भौतिक सुरक्षाका साथै पेसागत तथा प्रशासनिक सुरक्षाको विषय पनि अनुसन्धानमा समावेश गरिनु आवश्यक भएको बताए । नेपाल पत्रकार महासङ्घका पूर्व सभापति सुरेश आचार्यले पछिल्ला समयमा बढिरहेको प्रेस पासको दुरुपयोग पत्रकारको सुरक्षाका लागि चुनौतीपूर्ण बनेको बताए । उनले भने “प्रेसपासको बढ्दो दुरुपयोगका कारण सुरक्षा गर्न खोजिएको पत्रकार नै को हो भन्ने कुरा पनि गम्भीर चुनौतीका रुपमा देखिएको छ” ।सञ्चार मन्त्रालयका उपसचिव यदुप्रसाद पन्थीले पत्रकार आचारसंहिताको पालना गर्ने योग्य पत्रकार खासै समस्यामा नपरेको उल्लेख गर्दै आचारसंहिताको सही कार्यान्वयन पनि पत्रकार असुरक्षालाई न्यून गर्न सक्ने महत्वपूर्ण उपाय हुने बताए ।
युनेस्कोकी पत्रकार सुरक्षा विज्ञ रेता पोएठारीले अनुसन्धानले नेपालका पत्रकारको सुरक्षामा महत्वपूर्ण सहयोग पुर्याउने विश्वास व्यक्त गरिन् । सञ्चारिका समूहकी कोषाध्यक्ष विमला तुम्खेवाले पत्रकार आचारसंहिताको सही कार्यान्वयन गर्न सके मात्र पनि पत्रकारको बढ्दो असुरक्षा कम हुने उल्लेख गरिन् । राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधि सुरेश मल्ल, पत्रकारिता विषयका अध्यापक शरत्चन्द्र वस्ती, पत्रकार विमल गौतम, विचार सञ्चार समाज नेपालका महासचिव प्रकाश घिमिरेलगायतले पत्रकारभन्दा पनि गैरपत्रकारका कारण पत्रकारहरु समस्यामा परेका कारण सही पत्रकारको छनोटका लागि सञ्चारमाध्यम गम्भीर बन्नुपर्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: