Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

एक वर्षयता तीन सय नयाँ उद्योग दर्ता

\"\"म्याग्दी। म्याग्दीमा पछिल्लो एक वर्षयता करीब तीन सय वटा घरेलु तथा साना उद्योग थपिएका छन् । आर्थिक वर्ष २०७४÷७५ मा २८४ वटा नयाँ उद्योग दर्ता भएको घरेलु तथा उद्योग विकास समितिको कार्यालयले जनाएको छ । यसैगरी ११३ वटा व्यावसायिक फर्म दर्ता भएको कार्यालयका खरिदार इन्द्र पौडेलले जानकारी दिए । अघिल्लो आवको तुलनामा उद्योग तथा फर्म दर्तामा उल्लेख्य मात्रामा वृद्धि भएको छ । आव २०७३/७४ मा १२४ उद्योग र ६८ व्यावसायिक फर्म दर्ता भएको थिए । स्थानीय तहले करको दायरामा ल्याउन पहल गरेको र व्यवसाय गर्नेहरुसमेत सचेत भएकाले दर्ता हुने क्रम बढेको वरिष्ठ उद्योग विकास अधिकृत शंकर झाले बताए । गत आवमा ११७ उद्योग र १६७ वटा वाणिज्य फर्म नवीकरण भएका छन् । छ वटा उद्योग र सात वटा वाणिज्य खारेज भएको छ । १६२ लघुउद्यमी र १७ जना महिला उद्यमीले ३५ प्रतिशत राजश्व छुटको सुविधा लिएर उद्योग दर्ता गराएका छन् । जिल्लाभर एक हजार ७१३ वाणिज्य फर्म र एक हजार ८२५ उद्योग दर्ता भएका छन् । उद्योग र फर्म दर्ता तथा नवीकरणबापत कार्यालयले रु ३२ लाख ७७ हजार ७९५ राजश्व संकलन गरेको छ । अघिल्लो वर्षमा रु २७ लाख ७९ हजार ९०० राजश्व संकलन भएको थियो । पछिल्लो समय कृषि, पशुपालन, वनपैदावार, होटल र सेवामूलक उद्योगको दर्ता बढेको खरिदार पौडेलले बताए । बीमा, बैङ्क कर्जा र अनुदान सुविधाका लागि व्यवसाय दर्ता भएको हुनुपर्ने नीतिगत व्यवस्था कारण वर्षांैदेखि ग्रामीण क्षेत्रमा सञ्चालन हँुदै आएका उद्योग तथा फर्मसमेत दर्ता हुन थालेका छन् । यसैबीच कार्यालयले गत वर्ष २१ उद्योगी तथा व्यवसायीलाई उपयुक्त प्रविधि हस्तान्तरण कार्यक्रमअन्तर्गत अनुदान दिएको छ । ४० जनाले आवेदन दिएकामा योग्य ठहरिएका २२ मध्ये २१ जनाले विभिन्न यन्त्र, उपकरण र औजार खरीद गर्न रु एक लाख बराबरको अनुदान पाएको समितिले जनाएको छ । बिस प्रतिशत स्वलगानी र असी प्रतिशत अनुदान रहेको उद्योग विकास अधिकृत झाले बताए । यसैगरी कार्यालयले गत वर्ष विभिन्न ठाउँमा ४४८ जनालाई सीपमूलक तालीम प्रदान गरेको छ । डकर्मी, अल्लो प्रशोधन, उद्यमशीलता, सिलाइकटाई, झोला तथा सल बुनाइ, धागो उत्पादन, उनी स्वेटर, हाउस वायरिङ, होजियारी, नागासल बुन्ने तालीम दिइएको समितिले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending