Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

दश महिनाभित्रै गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउने

सिबी अधिकारी । काठमाडौँ, १५ साउन । सरकारले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अबको १० महिनाभित्रै सञ्चालनमा ल्याउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) को २२ औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै भने, “ निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम प्रभावकारी रुपमा अघि बढेको छ, ५५ प्रतिशत सम्पन्न भइसकेको छ ।”

एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनमा ल्याई व्यवस्थापकीय पक्ष सुधारेपछि अहिले हवाई ट्राफिक व्यवस्थापन धेरै गुणा प्रभावकारी भएको मन्त्री अधिकारीको भनाइ थियो । “म पूरै परिवर्तन भयो त भन्दिन तर अध्ययनले पनि देखाएको छ विमानस्थलको प्रभावकारी व्यवस्थापनकै कारण अहिले अन्तर्राष्ट्रिय उडान अपवादबाहेक कुनै पनि होल्डमा बस्नुपर्दैन र केही अन्तर्राष्ट्रिय उडान थपिने क्रममा छन्,” , उनले भने ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य साकार तुल्याउन महत्वपूर्ण पूर्वाधार विमानस्थल निर्माणलाई बजेट तथा नीति कार्यक्रममा समेटेको छ । पर्यटनमन्त्री अधिकारीले भने, “पर्यटकको संख्या बढाउने हो भने विमानस्थल बढाउनैपर्छ, त्रिभुवन विमानस्थल साँघुरो भएको छ । त्यसैले विमानस्थल विस्तारको कार्यलाई अघि बढाएका छौँ । एक वर्षभित्र अहिलेको क्षमतामा ४० प्रतिशत वृद्धि गर्ने गरी पार्किङ बेलगायतका काम भइरहेको छ ।”

आन्तरिक उडान व्यवस्थापनमा सुधार गरी अबदेखि विहान ६ बजेदेखि उडान सञ्चालन गर्ने र धेरै यात्रु जाने गन्तव्यमा वैज्ञानिक ढंगले समय व्यवस्थापन गरी उड्डयनलाई प्रभावकारी बनाउन लागिएको उनको भनाइ थियो । राष्ट्रिय गौरवको गौतमबुद्ध विमानस्थलसँगै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई प्रभावकारी बनाइनाका साथै दोस्रो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण शीघ्र अघि बढाउने सरकारको योजना छ ।

आर्थिक वर्ष २०७५÷७६ को वार्षिक नीति तथा कार्यक्रममा हाल निर्माणाधीन गौतमबुद्ध विमानस्थललाई निर्माण गरी सञ्चालनमा ल्याइने उल्लेख छ । विमानस्थल निर्माणको बाँकी ४५ प्रतिशत काम समानान्तर ढंगले अघि बढ्ने हुँदा सन् २०१८ को अन्त्यसम्ममा विमानस्थलको प्रमुख काम सकिने र त्यसको चार महिनापछि सेवा सञ्चालनमा आउने विमानस्थल आयोजना प्रमुख ओम शर्माले राससलाई जानकारी दिए ।

उहाँका अनुसार अहिले धावनमार्गको वेसको काम सकिएको छ । वर्षा सकिनासाथ धावनमार्ग कालोपत्रे शुरु गरी चारदेखि छ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ । टर्मिनल भवन र जहाज पार्किङ क्षेत्रको ढलान सकिने चरणमा छ । विमानस्थलको सबै काम पूरा गरी सन् २०१९ जूनसम्ममा सञ्चालनमा ल्याउने अवस्था रहेको प्रमुख शर्माको भनाइ छ ।

एशियाली विकास बैंक र नेपाल नागरिक उड्डयन प्राधिकरणको करीब रु सात अर्ब लागतमा निर्माण भइरहेको सो विमानस्थल नेपालको पर्यटन प्रवद्र्धन र आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा लिइएको छ । सरकारले सन् २०३० सम्म करीब ५० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको र सन् २०२० सम्म २० लाख पर्यटक पु¥याउने कार्यक्रम तय गरेको छ । सन् २०१७ मा करीब दश लाख पर्यटक नेपाल आएका थिए । सन् २०१८ को छ महिनामा पाँच लाख २५ हजार पर्यटकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले हालै भित्र्याएको दुई वाइड बडी विमानबाट पनि पर्यटकको संख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ । निगमको सेवा थप प्रभावकारी बनाई अन्तर्राष्ट्रिय गन्तव्य विस्तारलाई तीव्रता दिने पर्यटनमन्त्री अधिकारीले उल्लेख गरे । उनले ग्रामीण पर्यटनको विकासले नै अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने भएकाले घरबास कार्यक्रमसेवालाई गुणस्तरीय बनाई नयाँ पर्यटकीय गन्तव्य प्रवद्र्धन गर्न सरकारले प्रोत्साहनको नीति लिएको बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महतले मुलुकको आर्थिक समृद्धिको दरिलो आधारे पर्यटन क्षेत्रको विकासका लागि पर्यटकीय पूर्वाधार विकासलाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिए । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य साकार तुल्याउन निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल चाँडोभन्दा चाँडो सम्पन्न गरी सञ्चालनमा ल्याइनुपर्ने उनले उल्लेख गरे ।

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपालका अध्यक्ष नवराज दाहालले २० लाख पर्यटक पु¥याउने सरकारको योजनालाई सफल बनाउन समग्र पर्यटन व्यवसायी एकताबद्ध ढंगले लागिपर्ने बताउँदै पर्यटकीय पूर्वाधार विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने औंँल्याउनुभयो । प्रा डा प्रेम शर्माले शहर केन्द्रित पर्यटनलाई गाउँसम्म पु¥याएर प्रभावकारी प्रवद्र्धनात्मक अभियान चलाइनुपर्ने बताए ।

भिटोफका अध्यक्ष कमल सापकोटाले गाउँ पर्यटनलाई गुणस्तरीय र प्रभावकारी बनाउन ‘होमस्टे ट्रेकिङ ट्रेल’ निर्माण, घरबास तालीम तथा नयाँ गन्तव्य प्रवद्र्धनको कार्यलाई प्राथमिकता दिइएको बताए । सो अवसरमा पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने नवीन काफ्ले, कुमार चौलागाईँ, लोकेन्द्र शाह र जनार्दन शर्मालाई जनही रु पाँच हजारसहित पुरस्कृत गरिनाका साथै उत्कृष्ट पर्यटकीय गाउँ कास्कीको कालाबान घरेडीलाई रु ११ हजारसहित पुरस्कृत गरियो । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy