Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

ओलीले हेल्मेट लगाउँदै भने–‘जनताकोमा गएर पाहुना नबन्नु’

काठमाडौं, ‘नेपाली योजनाः अन्तर्राष्ट्रिय साथ, राज्यको नेतृत्वः हरेक नेपालीको साथ’ भन्ने नाराका साथ नेकपा (एमालें) ले भूकम्प प्रभावित क्षेत्रमा आइतबारदेखि राहत र पुनःस्थापनाका लागि एक महिने ‘राष्ट्रिय स्वयम्सेवक परिचालन अभियान’ प्रारम्भ गरेको छ । अभियानअन्तर्गत विनाशकारी भूकम्पबाट पीडितहरुको अस्थायी बसोबास ९घर÷टहरा÷ओत० निर्माणलगायत कामका लागि १७ जिल्लाका ५१ निर्वाचन क्षेत्रमा केन्द्रीकृत र योजनाबद्ध रुपमा केन्द्रीय नेतासहितको १० हजारको टोली परिचालन भएको हो । काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा खटिने स्वयम्सेवकलाई भृकुटीमण्डपमा आयोजित कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शपथ दिलाई सामग्रीसहित बिदाइ गरे । उपत्यका बाहिरका विभिन्न सहरबाट पनि आइतबार टोली परिचालन भएका छन् । काठमाडौँबाट विभिन्न ११ जिल्लाका ३३ स्थानमा टोली परिचालन भएका छन् । ओखलढुङ्गा र सोलुखुम्बुका लागि प्रस्थान गर्ने स्वयम्सेवकहरुका लागि लहान ९सिरहा०, सिन्धुलीका लागि कमलामाई ९सिन्धुली०, चितवन र मकवानपुरका लागि हेटौंडा ९मकवानपुर० र गोरखा, लमजुङ्ग, र तनहुँका लागि पोखरा ९कास्की०मा विदाइ गरिएको छ । अभियान परिचालनसम्बन्धी निर्देशिका, आचारसंहिता र सन्दर्भ सामग्रीसहितको पुस्तिका सार्वजनिक भइसकेको छ । अध्यक्ष ओलीले विपत्तिपछिको अवस्थामा देश बनाउने काममा पार्टी उत्रिएको भन्दै दिइएको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्न आव्हान गरे। आफूसँग स्रोतसाधन नभएपनि सेवाको भावनाका साथ परिचालन गरिएको बताउँदै उनले भने, ‘जनतालाई दुःखबाट मुक्त पार्न हामीले दुःख बेसाउन जाँदैछौँ । जनताको गए पछि पाहुना बनेर नबस्नु होला ।\' कार्यक्रममा अध्यक्ष ओलीले स्वयम्सेवकका टोली प्रमुखहरुलाई शपथग्रहण गराए भने अभियान परिचालनसम्बन्धी निर्देशिका, आचारसंहिता र सन्दर्भ सामग्रीसहितको पुस्तिका सार्वजनिक गरे । एमालेको यही जेठ ३ गतेको स्थायी कमिटीको बैठकले सचिव गोकर्णराज विष्टको संयोजकत्वमा सो अभियान परिचालन समिति गठन गरेको थियो । पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले यो स्वयम्सेवाले विश्वलाई नेपालीले कसरी आफ्नो मुलुक बनाउनेछन् भने देखाउने बताए । पार्टीका नेता माधवकुमार नेपालले जनतालाई पुनःस्थापना गराउने र जनताका बीच एमालेलाई सर्वश्रेष्ठ पार्टी बनाउने गरी स्वयम्सेवकले भूमिका निर्वाह गर्नुपर्ने बताए । अभियानका लागि एमालेले भूकम्प प्रभावित नभएका अञ्चलहरु महाकाली, सेती, कर्णाली, भेरी, राप्ती, लुम्बिनी, मेची र कोसीबाट पनि कार्यकर्ता झिकाएको छ । काठमाडौँका लागि सावित्रा भुसाल, रुपनारायण श्रेष्ठ, टंक कार्की, डा। राजन भट्टराई, खगेन्द्र राई, राजेन्द्र राई, प्रकाश ज्वाला, जीवनराम श्रेष्ठ, डा विजय पौडेल र सुरेन्द्र मानन्धरलाई परिचालन गरेको छ भने अन्य जिल्लाका लागि केन्द्रीयस्तरका नेतालाई कमाण्डको जिम्मा तोकेको छ । पार्टीका पोलिटब्युरो सदस्य वा केन्द्रीय सदस्यले अगुवाई गर्ने टोलीले प्रत्येक निर्वाचन क्षेत्रको बढी क्षति भएको र विपन्न मानिएको गाविस छनोट गरी त्यसलाई केन्द्र मान्दै अभियानको सञ्चार गराउनेछन् । सो गाविसमा सबै पार्टीका कार्यकर्ता र जनताका घर बनाइनेछ । पार्टीको हेलमेटसहित राता पोसाकमा सजिएका ती टोलीले हरेक दिन बिहान ८ र साँझ ६ बजेसम्म अस्थायी आवास निर्माणको स्वयम्सेवकको हाजिरी गराउनेछ । स्वयम्सेवीले सरकार वा पीडित जनताका तर्फबाट कुनै सहयोग नलिने जनाइएको छ । अभियानका लागि ‘गाउँ गाउँबाट उठ।।।’ बोलको गीतलाई अभियानको गीत घोषणा गरिएको छ । पार्टीले अध्यक्ष ओलीलगायत नेतालाई विभिन्न जिल्लागत अनुगमनको जिम्मेवारी तोकेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending