Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

साउदी अरेबिया-क्यानाडा सम्बन्ध थप चिसिँदै

क्यानाडाले पक्राउ गरिएका साउदी नागरिक अगुवा र महिला अधिकारकर्मीको रिहाइको माग गरेपछि साउदी अरेबियाको सरकारी वायुसेवाले टोरोन्टो आउजाउ गर्ने उडानहरू स्थगित गर्ने जनाएको छन्।

आन्तरिक मामिलामा \'हस्तक्षेप\' भएको भन्दै साउदी अरेबियाले क्यानाडासँगका सबै व्यापारिक कारोबार बन्द गर्नुका साथै क्यानाडाका राजदूतलाई देशनिकाला गरेको छ। सन् २०१६ मा क्यानाडा र साउदी अरेबियाबीच तीन अर्ब डलर बराबरको कारोबार भएको थियो। साउदी अरेबियाको पछिल्लो कदमबारे जवाफ दिँदै क्यानाडाले \'मानव अधिकारको पक्षमा वकालत गर्न जारी राख्ने\' बताएको छ। साउदी अरेबियामा पक्राउ पर्नेहरूमा जेलमा रहेकी ब्लगर रइफ बादवीकी बहिनी एवम् मानव अधिकारकर्मी समार बादवी पनि छिन्। साउदी अरेबियामा पक्राउ पर्नेहरूमा जेलमा रहेकी ब्लगर रइफ बादवीकी बहिनी एवम् मानव अधिकारकर्मी समार बादवी पनि छिन्। क्यानाडाकी विदेशमन्त्री क्रीस्टिया फ्रील्याण्डले कूटनीतिज्ञलाई देशनिकाला गरिएकोमा आफू \'चिन्तित भएको\' बताएकी छन्। तर उनले भनिन्, \"विश्वभरि महिला अधिकार र अभिव्यक्ति स्वतन्त्रतासहित मानव अधिकारको रक्षाका निम्ति क्यानाडा सधैँ उभिरहनेछ।\" उनले थपिन्, \"यी मान्यताहरूको प्रवर्द्धन गर्न हामी कहिल्यै हिचकिचाउने छैनौँ र हामीलाई लाग्छ यो संवाद अन्तर्राष्ट्रिय कूटनीतिका लागि महत्त्वपूर्ण छ।\" त्यसअघि उनका साउदी समकक्षी आदिल अल-जुबैरले क्यानाडाले लिएको अडान \'गलत सूचनामा आधारित\' भएको भन्दै ट्वीट गरेका थिए। उनले \'पक्राउ परेकाहरू साउदी कानून बमोजिम पक्राउ परेको र ती कानूनले उनीहरूको अधिकार सुनिश्चित गरेको\' पनि बताएका छन्। साउदी अरेबियाकी एक अगुवा महिला अधिकारकर्मी मनाल अल-शरिफले \'बोलेकोमा\' क्यानाडालाई धन्यवाद दिँदै अरू पश्चिमा मुलुकलाई पनि त्यसै गर्न आग्रह गरेकी छन्। बिहीवार एउटा ट्वीट गर्दै क्यानाडाकी विदेशमन्त्रीले अधिकारकर्मी बादवीलाई पक्राउ गरिएकोमा आफूलाई निकै \'चिन्ता\' लागेको बताएकी थिइन्। बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending