Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

किन सन्यास लिदैंछन् मेसी ?

ब्युनस एयर्स । अर्जेन्टिनी राष्ट्रिय टोलीका कप्तान लियोनल मेसी अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने तयारीमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। रुस विश्वकपको प्रिक्वार्टरफाइनलमा फ्रान्ससँग ४–३ गोलले पराजित भएपछि मेसीले सन्न्यास लिने सोच बनाएका थिए। सन्यासलाई गोप्य नै राख्न चाहेका मेसीले अर्को महिना खेलिने अर्जेन्टिना र ग्वाटेमालाबीचको खेलपछि सन्यास लिने सोच बनाएको समाचार अर्जेन्टिनी टोलीका अन्तरिम प्रशिक्षक लियोनल स्कालोनीलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले प्रकाशित गरेका हुन्। विश्वकपलगत्तै टोलीका प्रशिक्षक जर्ज साम्पाओलीले राजीनामा दिएपछि स्कालोनीले अर्जेन्टिनी टोली सम्हाल्दै आएका छन्। मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने वा नलिने भन्ने बारेमा छिट्टै टुंगो लाग्ने प्रशिक्षक स्कालोलीले बताएका छन्। मेसीले अर्जेन्टिनी फुटबल महासंघसँग छलफल गरेपछि मात्र सन्न्यासको विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने समाचारमा उल्लेख छ। यसअघि सन् २०१६ को कोपा अमेरिका फुटबलको फाइनलमा अर्जेन्टिनी टोली चिलीसँग पराजित भएपछि पनि मेसीले अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सन्न्यासको घोषणा गरेका थिए। त्यसको केही महिनापछि नै मेसीले समर्थक र देशका राष्ट्रपति माउरिसियो माकरीको आग्रमा सन्न्यास फिर्ता लिएका थिए। ३१ वर्षीय मेसीले यसअघि अप्रत्याशित रूपमा सन्न्यासको घोषणा गरेकोले संघ फेरि झस्किएको छ। दुई वर्षअघि नै मेसीको अप्रत्याशित सन्न्यासलाई रोक्न संघ र सिंगो राष्ट्रले प्रयास गरेको थियो। त्यतिबेला मेसीको अप्रत्याशित सन्न्यासको विषयले विश्व फुटबललाई पनि निकै तताएको थियो। त्यतिबेला विश्वभरका थुप्रै समर्थकले मेसीले लगाउने १० नम्बरको जर्सी लगाएर सडकमा ओर्लंदै उनलाई सन्न्यास फिर्ता लिन अनुरोध गरेका थिए। यसैबीच, महान् फुटबलर डिएगो म्याराडोनाले पनि मेसीलाई सन्न्यास लिने निर्णयको विषयमा पुनर्विचार गर्न सुझाव दिएका छन्। स्पेनिस क्लब बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्ने मेसीको नामसँग क्लब फुटबलका थुप्रै कीर्तिमान जोडिएका छन्। तर, राष्ट्रका लागि कम्तीमा एउटा ठूलो उपाधि जित्ने मेसीको चाहना भने हालसम्म पूरा हुन सकेको छैन। यसअघि सन् २०१४ को विश्वकपको फाइनलमा मेसीको टोली अर्जेन्टिना जर्मनीसँग १–० गोलले पराजित भएको थियो । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending