Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

भूलसुधार !

अमेरिकी भूगर्भ विभागसँग सम्बद्ध ‘युसजीएस’ नामक संस्थाले वेबसाइटमार्फत नै सार्वजनिक गरेको प्रतिवेदनको ‘स्क्रिनसट’ सहित विभिन्न वेबसाइटमा छ्याप्छ्याप्ती भएका समाचारहरुमा आधारित रही तयार पारिएको अमेरिकी संस्था भन्छ– ‘अझै ठूलो भूकम्प जाने खतरा छ’ (रिपोर्टसहित) शीर्षकको समाचार ३० वैशाख २०७२ मा हाम्रो वेबसाइटमा समेत प्रकाशित हुन पुग्यो । महाभूकम्पका कारण देशमा ठूलो जनधनको क्षति भइरहेको सन्दर्भमा आम जनतालाई सुसूचित गरी सुरक्षित रहन सहयोग पुग्ने ठानी विभिन्न वेबसाइटहरुले प्रकाशित गरिरहेको उक्त सामग्रीमा आधारित समाचारले ‘आम जनतामा भय, त्रास र आतंक सृजना हुन गएको’ ठहरसहित प्रेस काउन्सिल, नेपालका तर्फबाट अध्यक्ष वोर्णबहादुर कार्कीको ‘सो संचार सामग्री संचारमाध्यम र पत्रकारले पालना गर्नुपर्ने आचारसंहिता विपरीत भएको हुँदा ध्यानाकर्षण गराइएको छ । यस्तो राष्ट्रिय विपतको संवेदनशील घडीमा पत्रकारिताका मूल्य मान्यता र आचारसंहिताको पालना गर्दै पूर्ण उत्तरदायी र जिम्मेवारपूर्ण भई समाचार सामग्री प्रस्तुत गर्न अनुरोध गरिन्छ’ भन्ने व्यहोरा सहितको खबरडबलीका नाममा प्रेषित सोमबार (मिति २०७२।२।४) को ध्यानाकर्षण पत्र समेत आजै (मंगलबार) इमेलमार्फत प्राप्त हुन आएको छ । अतः हाम्रो सञ्चार माध्यममा उक्त समाचार असावधानीवश प्रकाशित हुन गएकोमा दुःख व्यक्त गर्दै काउन्सिलको ध्यानाकर्षण समेतलाई मध्येनजर गरेर भूलसुधार गरिएको छ । –सम्पादक ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE