Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

प्रचण्ड भन्छन्– राष्ट्रिय संकटसँग जुध्न शक्तिशाली सर्वपक्षीय संयन्त्र बनाऊँ

काठमाडौं, एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महाभूकम्पपछि सिर्जित असाधारण परिस्थितिको सामना गर्न देशभित्रका सबै शक्ति र पक्षले असाधारण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । उनले हाल चर्चामा रहेको राष्ट्रिय या सर्वदलीय सरकार गठनको गठन अथवा पुनर्निर्माणका लागि बनाउने भनिएको सामान्य प्रकृतिको संरचनाले मात्रै राष्ट्रिय विपत्तिलाई चिर्दै नवनिर्माणको आवश्यकता परिपूर्ति हुन नसक्ने भएकाले अधिकारसम्पन्न र शक्तिशाली सर्वपक्षीय संयन्त्र निर्माण गर्नुपर्ने धारणा राखेका छन् । सोमबार अपराह्न खबरडबलीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने– ‘सबै राष्ट्रिय शक्तिहरुलाई एकताबद्ध पार्न सक्ने, बलियो संरचना बनाउनुपर्छ । यो असाधारण परिस्थिति भएकाले सरकारलाई समेत निर्देशित गर्न सक्ने एउटा त्यस्तो राजनीतिक संरचना या संयन्त्र खडा गर्नुपर्छ, जसले सबै भूकम्पप्रभावित जिल्लाहरुको उद्धार, राहत, पुनस्र्थापना, पुनर्निर्माणका सम्पूर्ण कामहरु गर्ने र देशलाई एकताबद्ध पार्ने सबै कामका ‘अथोरिटी’ आफूमा केन्द्रित गरेको होओस् ।’ यतिबेला राज्य कमजोर हुँदा सहयोगका नाममा वैदेशिक चलखेल हुने भन्दै राष्ट्र बलियो बनाउनुपर्ने उल्लेख गर्दै प्रचण्डले भने– ‘यो परिस्थितिमा राज्य बलियो रुपमा प्रस्तुत हुनुपर्छ, नभए विदेशीहरुको सहयोगका नाममा धेरै खालका चलखेल हुन सक्छन् र राष्ट्र अझ कमजोर हुन जान्छ ।’ केवल राष्ट्रिय सरकार र सामानय संरचनाले मात्रै अहिलेको आवश्यकता पूर्ति गर्न नसक्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अगाडि भने– ‘अहिले राष्ट्रिय संयुक्त सरकार वा राष्ट्रिय सहमतिको सरकार बनाउने कुरा पनि चर्चामा छ । त्यस प्रकारको मेकानिज्म पनि हुन सक्छ । तर, राष्ट्रिय संयुक्त सरकार वा पार्टीहरु मिलेर सरकार बन्दैमा यो असाधारण विपदाको सामना हुन्छ र नवनिर्माणको नयाँ अभियान चलिहाल्छ भन्ने कुराको ग्यारेन्टी हुँदैन ।’ त्यस्तो संयन्त्र कसरी अधिकारसम्पन्न, शक्तिशाली र सक्षम हुन्छ भन्नेबारे थप व्याख्या गर्दै एमाओवादी अध्यक्षले भने– ‘यसका निम्ति अधिकारसम्पन्न एक्स्पर्टिज (विज्ञहरु) र पार्टीका नेताहरु रहेको एउटा प्राधिकरण बनाउने भनेर पनि चर्चा चलेको छ । एउटा त्यस्तो संरचना बनोस्, जसलाई यी विषयसँग सम्बन्धित सबै निर्णय गर्ने अधिकार प्राप्त होस् । त्यो संरचना अहिले जे–जसरी जुन–जुन कामकाज चलिरहेका छन् ती सबैलाई समेट्ने, सबै राजनीतिक शक्तिहरु र विज्ञहरुलाई पनि समेट्ने खालको बनोस् । त्यसले निश्चित योजना र भिजनअनुसार काम अगाडि बढाओस् ।’ यतिबेला सिर्जित असाधारण परिस्थितिको सामना गर्न सिंगै राष्ट्रलाई एकताबद्ध असाधारण पहल अघि बढाउनुपर्ने बताउँदै उनले भने– ‘सबै राष्ट्रिय शक्तिहरु एक हुनुपर्छ । यतिबेला बलियो सरकार र बलियो राज्यको आवश्यकता छ भन्ने कुरा मैले गम्भीर ढंगले गरें । जनता र सबैलाई यो असाधारण परिस्थितिको सामना गर्न हामीले असाधारण एकता र असाधारण प्रकृतिको पहल गर्नुपर्छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending