Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

मिडफिल्डर पोग्बाको विषयमा प्रशिक्षक जोजेले गरे यस्तो खुलासा

कीर्तिमानी मूल्यमा दुई वर्षअघि म्यानचेस्टर युनाइटेडमा भित्रिएका मिडफिल्डर पाउल पोग्बासँग कुनै तिक्तता नरहेको प्रशिक्षक जोजे माउरिन्होले स्पष्ट पारेका छन् । पोग्बासँगको सम्बन्ध चिसो भएको समाचार बाहिर आएपछि माउरिन्होले उक्त कुरा स्पस्ट पारेका हुन् । ८ करोड ९३ लाख पाउन्डमा युभेन्ट्सबाट युनाइटेड भित्रिएका पोग्बाले स्पेनिस क्लब बार्सिलोना जाने इच्छा देखाएका थिए । प्रिमियर लिगका लागि चार दिनअघि क्लबमा उपस्थिति जनाएका पोग्बाले लेस्टर सिटीविरुद्धको खेलमा गोल गरेका थिए । उक्त खेलमा युनाइटेडले लेस्टरलाई २–१ ले पराजित गर्दै लिगमा विजयी सुरुआत गरेको थियो । ‘मलाई मनमा लागेका धेरै कुराहरू छन्, तर मैले आफ्ना भनाइ सार्वजनिक गर्दा ममाथि जरिवाना हुन सक्छ,’ पोग्बाले पहिलो खेलपछि यस्तो प्रतिक्रिया दिएका थिए । आइतबार ब्राइटनसँग प्रतिस्पर्धाका लागि प्रशिक्षणमा उत्रिएका प्रशिक्षक माउरिन्होले आपूmहरूबीच कहिल्यै बहस नभएको बताए। ‘हामी विगत दुई वर्षदेखि सँगै रहेका छौं । तर अहिले म उनीसँग खुसी छैन जुन कुरा यथार्थ हो,’ शुक्रबार माउरिन्होले भने, ‘उनी सोमबार मात्र क्लबमा आएका हुन् । तीन दिन मात्र अभ्यासमा उपस्थित भएका छन् । टोली कठिन अवस्थामा भएकाले मैले महत्वपूर्ण खेलमा उनीबाट सहयोगको अपेक्षा गरेको छु । यद्यपि उनले राम्रो गरे र राम्रो गर्ने अपेक्षा गरेका छौं ।’ ‘जब उनले समर्थक र टिमका लागि राम्रो खेलेको प्रतिक्रिया दिएका थिए, त्यही मैले पनि उनीबाट चाहेको थिएँ । एउटा प्रशिक्षकको पनि त्यही अपेक्षा रहन्छ,’ माउरिन्होले थपे, ‘राम्रो खेल्दै समर्थक र टोलीलाई नतिजा दिलाएका छन् जुन मेरो पनि चाहना हो । टिमका लागि राम्रो खेले पनि म उनीबाट सन्तुष्ट छैन् ।’ पहिलो खेलमा कप्तानी सम्हालेका पोग्बाले ब्राइटनसँग पनि कप्तानी सम्हाल्नेछन् । पिडौंलाको चोटका कारण मैदानबाहिर रहेका एन्टोनियो भ्यालेन्सिया खेलमा फर्किएपछि उनले नै कप्तानको ब्यान्ड लगाउने माउरिन्होले बताए । ‘तर मलाई कुनै पर्वाह छैन,’ माउरिन्होले भने, ‘फेरि पनि उनले राम्रो गरून्, टोली र समर्थकका लागि राम्रो खेलून् भन्न चाहन्छु ।’ ‘उनी टोलीमा राम्रो गर्ने खेलाडी हुन् । मैले उनका बारेमा नराम्रो बोल्नु हुन्न । समर्थकलाई चिढाउने किसिमको अभिव्यक्ति दिनु हुन्न । उनी शिक्षित खेलाडी हुन्,’ माउरिन्होले थपे, ‘उनले मसँग कहिल्यै पनि झगडा गरेका छैनन् । हामीले एकआपसमा कुरा काट्दैनौं, दुवैले दुवैको सम्मान गर्छौं । मसँग कुनै समस्या छैन् ।’ पोग्बाले जरिवाना हुने डरले आफ्ना कुरा नखोलेको हो भन्ने पत्रकारहरूको जिज्ञासामा हाँस्दै माउरिन्होले उक्त विषय उनैलाई सोध्नु उपयुक्त हुने बताए । ‘पाउललाई नै सोध्नु उपयुक्त हुन्छ,’ माउरिन्होले भने, ‘म दुई वर्षका लागि यहाँ आएको हुँ । दुई महिनाको बीचमा मार्सियल मात्र जरिवानामा परेका हुन् । तर यहाँ जरिवानाका लागि त्यति सजिलो छैन । त्यसैले पाउललाई नै सोध्दा उपयुक्त होला । मैले यस बारेमा उनीसँग बोल्दिनँ । मेरो काम भनेको प्रशिक्षण गर्नु हो ।’ विश्वकपमा उत्कृष्ट खेल खेलेका पोग्बाले प्रिमियर लिगको उद्घाटन खेलमा पनि राम्रो प्रदर्शन गर्दै आफूलाई प्रमाणित गरेका थिए । ब्राइटनसँगको खेलमा माउरिन्होले इङ्ल्यान्डका मिडफिल्डर जिसस लिङ्गार्डलाई स्वागत गर्नेछन् । उनी विश्वकप सहभागितापछि टोलीमा फर्किएका हुन् । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending