Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

राष्ट्रपति चुनावमा मस्कोसँगको साँठगाँठ बारे ट्रम्पले दिए यस्तो अादेश

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसका कर्मचारी डन म्याकगान र अरु कर्मचारीलाई गत राष्ट्रपतीय चुनावमा मस्कोसँगको सम्भावित साँठगाँठका विषयमा भइरहेको अनुसन्धानमा सहयोग गर्न आदेश दिइसकेको बताएका छन् ।

अमेरिकी अखबार न्यूयोर्क टाइम्सले म्याकगानले विशेष अनुसन्धाता रोबर्ट मुलरले गरिरहेको अनुसन्धानमा मद्दत गरेको छापेपछि ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन् । मुलरको टोलीले म्याकगानसँग तीन पटकमा ३० घण्टा भन्दा बढी अन्तर्वार्ता लिएको थियो । “मैले ह्वाइट हाउसका सहयोगी डन म्याकगान समेतका सबै कर्मचारीलाई मुलरको अनुसन्धान टोलीलाई सहयोग गर्न अनुमति दिएकै हो,” ट्रम्पले ट्वीट गरेका छन् । “यस बाहेक हामीले १० लाख पृष्ठ दस्तावेज पनि दिएका छौं । इतिहासमा यो नै सबैभन्दा पारदर्शी हो । कुनै साँठगाँठ छैन, कुनै अबरोध पनि छैन । अनावश्यक खेदो मात्र ।” ट्रम्पको विचारमा विशेष अनुसन्धाता रोबर्ट मुलरको अनुसन्धान आफ्नो राष्ट्रपतीय कार्यभारलाई बदनामी गर्ने मात्र हो, र उहाँले यो अनुसन्धान तत्काल टुङ्ग्याउनु पर्दछ भनी बारम्बार दबाब दिइरहेका छन् । टाइम्सका अनुसार म्याकगानमाथि संघीय जाँच ब्यूरोका निर्देशक जेम्स कोमेको बर्खास्ती, विशेष अनुसन्धान टोलीका प्रमुख मुलरमाथि राष्ट्रपतिले गर्न लागेको कारबाही लगायतका पेचिला प्रश्नहरु सोधेको बताइएको छ । एएफपी

I allowed White House Counsel Don McGahn, and all other requested members of the White House Staff, to fully cooperate with the Special Counsel. In addition we readily gave over one million pages of documents. Most transparent in history. No Collusion, No Obstruction. Witch Hunt!

— Donald J. Trump (@realDonaldTrump) August 18, 2018
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending