Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

यी हुन् प्रदेश ३ को स्थायी राजधानीका लागि प्रस्तावित पाँच जिल्ला, कुन जिल्लाको विशेषता के ?

काठमाडौं । प्रदेश नं ३ को स्थायी राजधानी निर्धारणका लागि गठन गरिएको सम्भाव्यता अध्ययन विशेष समितिले पाँच जिल्ला उपयुक्त हुने प्रतिवेदन तयार गरेको छ । मुलुकको परिवर्तित संरचनाअनुसार यस प्रदेशका १३ जिल्लामध्ये भक्तपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, मकवानपुर र चितवन जिल्लालाई समितिले प्रस्ताव गरेको हो ।

प्रदेशसभाले गत वैशाखमा प्रदेशसभा सदस्य दीपक निरौलाको संयोजकत्वमा उक्त समिति गठन गरेको थियो । सडक सञ्जाल, क्षेत्रफल, आवतजावतको सुगमतालगायत विषयलाई दृष्टिगत गरी समितिले ती १३ जिल्लामध्ये पाँच जिल्ला उपयुक्त हुने ठहर गरेको संयोजक निरौलाले जानकारी दिए । सम्बन्धित जिल्लाका विभिन्न राजनीतिक दल तथा नेताले राजधानी आ–आफ्नो जिल्लामा बनाउन प्रयत्न गरिरहेका छन् । असारको तेस्रो हप्तामा अध्ययन सकेर प्रतिवेदन उक्त सभालाई बुझाइएको समिति सदस्य बसन्त मानन्धरले बताए । संविधानले नै प्रदेशको राजधानी तोक्ने र नामाकरण गर्ने कार्य प्रदेशसभाको भनिए पनि नाम तोक्ने विषयमा उच्च अदालतमा मुद्दा परेका कारण छलफलको प्रक्रिया अगाडि बढ्न नसकेको समितिले जनाएको छ । भक्तपुर  काठमाडौँको पूर्वी भागमा पर्ने भक्तपुरलाई भादगाउँ र ख्वःप समेत भनिन्छ । देशकै सबैभन्दा सानो जिल्लाका रुपमा परिचय बोकेको भक्तपुर करीब २०० वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ । भादगाउँले टोपी र जुजु धौ (स्थानीय दही) को उत्पादनका लागि लोकप्रिय भक्तपुरमा नेवार, बाहुन, क्षेत्री र तामाङको बसोबास पाइन्छ । भक्तपुर नगरपालिका र मध्यपुर ठिमी नगरपालिका भक्तपुरमा छ । काभ्रेपलाञ्चोक करीब एक हजार ४०० वर्ग किमी क्षेत्रफल रहेको पहाडी भूभागको काभ्रेपलान्चोकमा धुलिखेल नगरपालिका, बनेपा नगरपालिका, पनौती नगरपालिका, पाँचखाल नगरपालिका छन् । बनेपा, पनौती, धुलिखेल, पाँचखाल, खोपासी, नाला, साँगा, दाप्चा, नाल्दुम, चौकोटजस्ता बजार रहेका त्यहाँ पुरातात्विक महत्वका केही सम्पदास्थल पनि छन् । औद्योगिक महत्वका दृष्टिकोणले करिडोर स्थापनाका लागि अध्ययन भइरहेको काभे्रपलाञ्चोकको सदुरमुकाम धुलिखेल करीब २१ किमी पूर्वमा पर्छ । नुवाकोट  काठमाडौँको उत्तर, पश्चिममा पर्ने पहाडी प्रदेश नुवाकोटमा उच्च पहाडी क्षेत्र तथा यत्रतत्र छरिएका समथर बेँशी र टारी खेत छन् । हिमाली क्षेत्र नजिक भौगोलिक विविधता रहेको नुवाकोटमा बिदुर नगरपालिका र बेलकोटगढी नगरपालिका छ । उक्त जिल्लाको क्षेत्रफल एक हजार १२१ वर्ग किमी छ । तामाङ, नेवार, क्षेत्री, ब्राह्मण, मगर र दलित समुदायको बसोबास नुवाकोटमा नेपाली, तामाङ, नेवारी, मगर र शेर्पा भाषा प्रचलनमा छ । मकवानपुर  मुलुकको तेस्रो ठूलो औद्योगिक जिल्लाका रूपमा लिइएको मकवानपुरको क्षेत्रफल दुई हजार ४२६ वर्ग किमी छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्षणले पनि यस जिल्लाको केही भूभाग ओगटेको छ । मानव निर्मित ताल इन्द्रसरोवर, चिसापानीगढी र शहीद स्मारक यहाँको पर्यटकीयस्थलका रुपमा महत्वपूर्ण छ । उत्तरतर्फ करीब ६६ किमी लामो महाभारत शृङ्खला र दक्षिणतर्फ करीब ९२ किमी लामो चुरे पर्वतको काखमा रहेको मकवानपुर अहिले प्रदेश ३ को अस्थायी मुकामसमेत हो । हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका भएको यस क्षेत्रबाट तराई र पहाड दुबै नजिक पर्छन् । ब्राहम्ण, क्षेत्री, तामाङ, राई, नेवारको बसोबास पाइने मकवानपुरमा नेपाली, तामाङ, राई, मगर भाषा प्रचलित छन् । देशको पूर्व तथा पश्चिम भागलाई जोड्ने त्रिभुवन राजपथ र महेन्द्र राजमार्ग यो जिल्ला पार भएर जान्छ । चितवन  करीब दुई हजार २३८ वर्ग किमी क्षेत्रफल रहेको चितवनमा करीब ९०० वर्ग किमी जमीन चितवन राष्ट्रिय निकुञ्जले ओगटेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत नेपालका १० महत्वपूर्ण सम्पदामध्ये उक्त निकुञ्ज एक हो । गुरुङ, बाहुन, क्षेत्री, नेवार, थारू, दराई, चेपाङ, तामाङ, बोटे समुदायको बस्ती रहेको र नेपाली, थारू, चेपाङ, बोटे भाषा प्रचलनमा रहेको यहाँको नारायणी नदीको किनारस्थित चितवन तथा भरतपुर बजारलाई ठूलो बजारका रुपमा लिइन्छ । देशको मध्यपश्चिम क्षेत्रको महत्वपूर्ण व्यापारिक नगर भरतपुर हो । उत्तरी भागमा महाभारत पर्वत शृङ्खला रहेको चितवनमा भित्री मधेशका रुपमा रहेको भरतपुर महानगरपालिकासहित सात नगरपालिका छन् । प्रदेशको राजधानी र नामाकरण गर्न ढिला भएका कारण नीतिगत रूपमा कार्य सम्पादनमा समेत ढिलाइ भएको केही प्रदेशसभा सदस्यको भनाइ छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending