Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

नायिकाबिरुद्ध उल्टै यौन दुर्व्यवहारको आरोप

यौन दुर्व्यवहार तथा लैङ्गिक विभेदविरुद्ध सञ्चालित #मि टू अभियानकी अग्रणी व्यक्तित्वमाथि नै यौन दुर्व्यवहारको आरोप लागेको बताइएको छ।

गतवर्ष बरिष्ठ हलिवूड चलचित्र निर्माता हार्भी वाइन्स्टिनमाथि यौन दुर्व्यवहारको आरोप लगाउने अग्र पंक्तिमा इटालेली नायिका आजिया अर्जेन्टो पनि एक थिइन्। न्यू योर्क टाइम्समा उल्लेख भएको तर बीबीसीले नदेखेको कानुनी पुर्जाका आधारमा नायिका आजिया अर्जेन्टोले आफ्ना पूर्व सहकर्मीलाई ३ लाख ८० हजार अमेरिकी डलर तिरेकी थिइन्। पूर्व सहकर्मी जिम्मी बेनेटले क्यालिफोर्निया होटलको एक कोठामा आजिया अर्जेन्टोले आफूमाथि सन २०१३ मा यौन दुर्व्यवहार गरेको आरोप लगाएका थिए। नायिका अर्जेन्टोका वकिलले आरोपबारे प्रतिक्रिया दिन अस्वीकार गरेका छन्। आरोपी जिम्मी बेनेट घटना हुँदा जम्मा १७ वर्षका थिए जबकी क्लालिफोर्नियामा आपसी सहमतिमा यौन सम्पर्क गर्न सकिने उमेर १८ तोकिएको छ। घटनाका बेला नायिका अर्जेन्टो ३७ वर्षकी हुनुपर्ने बताइएको छ। न्यू योर्क टाइम्सको समाचारमा भनिएको छ, कानुनी पुर्जामा बेनेटले उक्त घटनापछि आफू आहत भएको र आफ्नो मानसिक स्वास्थ्य एवं काममा समस्या उत्पन्न भएको उल्लेख गरेका छन्। उनले सन २००४को एउटा सिनेमामा अर्जेन्टोको सानो छोराको भूमिका खेलेका थिए। अखबारले देखेको कानुनी पुर्जाबारे नायिका अर्जेन्टोका वकिलले बेनेटलाई सहयोग स्वरुप त्यो रकम उपलब्ध गराइएको र त्यसैका आधारमा नायिकालाई शिकार बनाइएको बताएका छन्। भ्यानिटी फेयरले प्रकाशित गरेको एक विज्ञप्तीमा बेनेटका वकिलले बेनेटले तत्काल प्रतिक्रिया नदिने \"तर आगामी २४ घण्टा वा त्यो भन्दा बढि समय लिएर केही प्रतिक्रिया दिने\" बताएका छन्। हार्भी वाइन्स्टिनका वकिलले पछिल्लो घटनाक्रमले \"आजिया अर्जेन्टोको आश्चर्यचकित बनाइदिने खालको पाखण्ड\" उजागर भएको टिप्पणी गरेका छन्। बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending