Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

भावी मनसुन सुखद नभएको भन्दै मौसमविद्हरुको सजक रहन आग्रह

भक्तपुर, मौसमविद्हरुले आगामी मनसुन सुखद् नभएकाले आमनागरिकलाई सजक भएर बस्न आग्रह गरेका छन् । हप्ता दिन पछि मनुसुन सुरु हुने र महाभूकम्पले पहाडका धेरै स्थानहरु धुजा धुजा परेकाले पहिरो जान सक्ने हुँदा सजक रहन आग्रह गरेका हुन् । मंगलबार भक्तपुरमा अायाेजना भएकाे साक्षात्कार कार्यक्रममा मौसम तथा जल विज्ञान विभागका महानिर्देशक ऋषिराम शर्माले भूकम्पले जमिनको सतहलाई हल्लाएको र जमिनको मुनीको पानी सहतमा परिवर्तन देखा परेकले वर्षातको समयमा थप जोखिम निम्त्याउने भन्दै सजक रहनुपर्नेमा जोड दिए । नेपालका हिमताल फुट्न सक्ने खतरा भएको चर्चा गर्दै सरकार अहिलेदेखि नै सजक बन्नु पर्ने शर्माको भनाइ छ । उनले भने अहिले नै धेरै स्थानमा सुख्खा पहिरो जानथालेको छ, वर्षातमा थप जोखिम हुनसक्छ । जोखिम न्यूनिकरण गर्न विभाग एक्लैले मात्र केही गर्न नसक्ने र पूर्व तयारीका लागि सरकारले अहिलेदेखि नै सजक रहनुपर्ने उनको भनाइ छ । मौसम विद् एवं जल तथा मौसम विज्ञान केन्द्रिय विभाग किर्तिपुरका उपप्राध्यापक डा. मदन सिग्देलले अहिले पूर्व मनसुन सुरु भइसकेकाले अहिलेदेखि नै मौसम प्रतिकुल बन्न थालेकाले आमनागरिक सजक बन्नु पर्ने बताए । प्रतिकुल मौसममले कृषि क्षेत्र असर पार्ने हुँदा सरकार बेलैमा सजक रहनुपर्ने उनले जोड दिए । अहिले भूकम्प प्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, धादिङ्ग र गोर्खामा झन् बढि जोखिम हुन सक्ने हुँदा आमनगारिक र सरकार सचेत बन्नुपर्ने उनको भनाइ छ । उनले जमीन सतहमा पानि परिवर्तन र त्यसलाई व्यवस्थापन गर्ने कुनै माध्यम नहुनुका साथै डिप बोरिगं जस्ता विषयलाई न्यूनिकरण गर्नु पर्नेमा जोड दिए । अर्का मौसमविद् सुदिप कायस्थले वर्षातको समय प्रतिकुल हुने भएकाले किसानहरुलाई सबै भन्दा बढि मार पर्ने बताए । भूकम्पले फाटेको जमिनबाट पानी तल छिर्ने र त्यसले पहिरो निम्त्याउन सक्ने हुँदा सजक रहन उनले जोड दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending