Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

टीकापुर घटनाको तीन वर्षः पीडित आँशु बगाउँदै भन्छिन् 'हरेक दिन खाना पस्कदा छोरोलार्इ सम्झन्छु'

[caption id=\"attachment_59017\" align=\"alignleft\" width=\"768\"]\"\" फाइल तस्विर[/caption] भीमदत्तनगर। शुक्लाफाँटा नगरपालिका–६ सिमलफाँटाका ६२ वर्षीया सीतादेवी नेगीले तीन वर्षअघि आजकै दिन कैलालीको टीकापुर घटनामा छोरो गुमाए । नेपाल प्रहरीमा जागिरे छोरो गुमाए यता नेगी परिवारको विचल्ली भएको छ । बुढेसकालको भरोसा मानेको जेठो छोरो जनकबहादुरलाई गुमाएयता सीतादेवीको आँशु रोकिएको छैन । उहाँको घरमा पुग्दा वृद्धा नेगी घाँस काट्दै थिए । “छोरो गुमाएयता बिरामी नै परे, हरेक दिन खाना पस्केर खान बस्दा छोरालाई नै सम्झिन्छु,” सीतादेवीले आँशु झार्दै भने । छोरा मारिएको तीन वर्ष बितिसक्दा पनि घटनाका दोषीलाई कारवाही हुन नसकेको भन्दै उनले दुःख मनाउ गरे । टिकापुर घटनापछि प्रहरी हवल्दार जनकबहादुरकी श्रीमती परमादेवीले पाँच सन्तानका साथ माइतमा आश्रय लिएका छन् । दाजु मारिएपछि सीतादेवीको कान्छो छोरो उमेश वैदेशिक रोजगारबाट फर्किएर अहिले घरमा बेरोजगार बनेका छन् । “परिवारको भरोसा नै जेठो छोरा जनक थियो,” सीतादेवीले भनीन् । कान्छो छोराको सहारामा बाँचेको नेगी परिवारको आर्थिक अवस्था कमजोर बन्दै गएको छ । “बुढेसकालमा भरोसा गुमाउँदा परिवारमै विचलन आयो,” जनकका बुबा वीरसिंहले भने, “कहीँकतैबाटै सहयोग पाउन सकिएन, दोषीलाई कारवाही भएको देख्न पाए हुन्थ्यो ।” टीकापुर घटनामा संलग्न २२ जनालाई समातेको सुन्नमा आएपनि सजाय के भयो थाहा नपाएको उनी बताए । घटनापछि बुहारी परमादेवी भीमदत्तनगरपालिका–१९ बागफाँटामा माइतकहाँ बस्दै आएका छन् । “छोरो गुमाएपछि सरकारले उपलब्ध गराएको रकमबाट नाति÷नातिनीको खर्च चलाएको छ ।” बुबा वीरसिंहले भने । नेगी परिवार राहत र न्यायको पर्खाइमा छ । आफूसित भएको चार कट्ठा जमीनमा खेती फलाएर परिवारको छाक टार्न मुश्कल भएको उनी बताउछन् । यस्तै टीकापुर घटनामै ज्यान गुमाएका प्रहरी निरीक्षक बलराम विष्टको परिवारको पनि आँशु अझै थामिएको छैन । शुक्लाफाँटा नगरपालिका–११ कलुवार घर भएका विष्टकी श्रीमती मन्धरादेवी घटनापछि अहिलेसम्म घर बाहिर निस्कनुभएको छैन । पतिवियोगको पीडा झेल्दै आएकी उनीले पीडकलाई कारवाही गर्न भएको ढिलाइप्रति दुखेसो पोखीन्। “घटना भएको तीन वर्ष भया,े म घर बाहिर निस्कन सकिरहेको छैन,” उनले भनिन्, “श्रीमान्ले त्यत्तिक्कै ज्यान गुमाउनुभयो, चित्त बुझाउने ठाउँ छैन ।” घटना हुँदा पीडित परिवारका छोरा÷छोरीलाई सरकारले निःशुल्क शिक्षा दिने भने पनि हालसम्म केही सुनुवाइ नभएको मन्धरादेवीे बताछिन् । उनका छोरा÷छोरी बुबाले पाउने सुविधाबाटै अध्ययन खर्च गर्दैछन् ।” उनले भनिन्, “छोरा÷छोरीको पढाइप्रति सरकार गम्भीर बनोस् ।” त्यसैगरी टीकापुर घटनामै ज्यान गुमाएका बेलौरी नगरपालिका–६ विद्यानगरका प्रहरी निरीक्षक केशव बोहराको परिवार पनि हत्यामा संलग्नलाई कारवाही नभएकोप्रति निराश छ । बोहराका श्रीमती र छोरा÷छोरी काठमाडौँमा बस्दै आएका छन् । घरमा भेटिएका बोहराका भाइ महेश दोषीलाई कारवाही भएमात्रै मृत आत्माले शान्ति पाउने बताउछिन् । “यति ठूलो घटनाका दोषीलाई कारवाही गर्न सरकार गम्भीर भएको देखिएन ।” उनले भनिन् , “पीडकलाई राजनीतिक कारण देखाएर उन्मुक्ति दिन हुँदैन ।” घटनाका मुख्य आरोपी निर्वाचनमा सहभागी भएकोप्रति उनले दुःख व्यक्त गरे । “कारवाही हुनुपर्ने मान्छेलाई संरक्षण दिनु हुँदैन,” उनले भनिन् । विसं २०७२ भदौ ७ गते भएको टीकापुर घटनामा वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरासहित आठ प्रहरी र एक बालकले ज्यान गुमाएका थिए । उक्त घटनाको मुद्दा हाल कैलाली जिल्ला अदालतमा चलिरहेको छ । घटनाका अभियुक्तमध्ये २३ जना कैलाली कारागार र मुख्य आरोपी रेशमलाल चौधरी केन्द्रीय कारागार काठमाडौँमै पुर्पक्षका लागि थुनामा छन् । अभियुक्तका आश्रित दुई बालबालिका पोखराको बाल सुधारगृहमा छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy