Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

अब व्यक्तिगत घटना दर्ता र सिफारिश निःशुल्क गरिदिने

सिन्धुली। सिन्धुलीको दुधौली नगरपालीकाले दिने सिफारिश तथा व्यक्तिगत घटना दर्ता निःशुल्क बनाएको छ । दुधौली नगरपालिका कार्यालय र वडा कार्यालयबाट दिइने सिफारिश तथा व्यक्तिगत घटना दर्ता शुल्क निःशुल्क बनाइएको हो । सो नगरपालिकाका बासिन्दाले ३५ दिनसम्म व्यक्तिगत घटना निःशुल्क दर्ता गराउन सक्ने र ३५ दिनभन्दा बढी भएमा दर्ता गर्न रु ५० शुल्क लाग्ने प्रमुख घनश्याम राउतले बताए । अब स्वास्थ्योपचार, दैविक प्रकोप, आर्थिक अवस्था कमजोर भएको, छात्रवृत्ति, विपन्नता आदि सिफारिश, भूकम्प प्रभावित लाभग्राहीलाई नक्सापास दस्तुर, शहरी स्वास्थ्य सेवा सञ्चालन अनुमति, योजनाको सम्झौता र विद्यालयको बैंक खाता सञ्चालन सिफारिश निःशुल्क हुने छ । विद्यालयमा कर्मचारी र शिक्षक पदपूर्तिको अनुमति तथा विद्यालयको नामाकरण, अनाधिकृत निर्माण रोक्ने, सार्वजनिक सम्पत्तिको अतिक्रमण रोक्ने, झगडीयाबीचको मध्यस्थता, मेलमिलाप, ज्येष्ठ नागरिक, अपाङ्ग परिचयपत्र वितरण, सामाजिक सुरक्षा भत्ता पाउन लाभग्राहीको नाम समावेश गर्ने, संरक्षक प्रमाणित गर्ने संस्थागत तथा व्यक्तिगत संरक्षक सिफारिश अब निःशुल्क पाउने प्रमुख राउतले बताए । आफूहरुले पहिलादेखि नै सिफारिश र दर्ता शुल्क नलिएकाले अहिले अन्य ठाउँका स्थानीय तहले सिफारिश र व्यक्तिगत घटना दर्तामा शुल्क बढाएकाले आफूहरुले पहिलादेखि नै कायम रहेको निर्णयलाई सार्वजनिक गरेको उनले बताए । नागरिकता सिफारिशका लागि दुधौली नगरपालिकाले प्रतिव्यक्ति रु ३०० लिने गरेको थियो । तर हालै भएको नगरसभाबाट प्रतिव्यक्ति रु २०० लिने निर्णय गरिएकोमा यसमा फेरि बैठक बसी निःशुल्क वा अझ कम शुल्क लिने भनी निर्णय गर्ने उहाँको भनाई छ । जनतामा जताततै कर बढाएको भन्ने तीव्र असन्तुष्टि आएको बेला दुधौली नगरपालिकाले नागरिकसँग प्रत्यक्ष सरोकार रहने सिफारिश निःशुल्क बनाउनु राम्रो भएको स्थानीयले बताएका छन् । सिन्धुलीका अरु स्थानीय तहले सो निर्णयलाई स्वागत र सिको गर्नुपर्ने नवराज दाहालले बताए । जिल्लाका अन्य स्थानीय तहले भने सामान्य प्रकृतिको सिफारिशमा समेत शुल्क लिने गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending