Ntc summer Offer
Khabar Dabali ७ मंसिर २०८१ शुक्रबार | 22nd November, 2024 Fri
Investment bank

जनतामा जीवनप्रतिको अनुराग घटेको छैन, बाँकी काम हामी राजनीतिक नेताहरुको हो– प्रचण्ड

भूकम्प गएपछि तीनचोटि सिन्धुपाल्चोक गएँ । एकचोटि सामान्य निरीक्षण गर्न र भीमटार गाविसमा राहतस्वरुप केही सामान वितरण गर्ने हिसाबले म मुख्यतः त्यहाँ गएँ । त्यहाँको क्षति देखेपछि त्यसको प्रकृति हेर्दा स्थिति निकै नै गम्भीर छ भन्ने पहिलो अनुभूति भा’थ्यो मलाई । दोस्रो पटक प्रधानमन्त्रीसहित विभिन्न पार्टीका नेताहरु दोलखा, सिन्धुपाल्चोक र रामेछाप तीनवटा जिल्लाको निरीक्षण गरी त्यहाँको ब्रिफिङ सुन्ने हिसाबले फेरि सिन्धुपाल्चोक गइयो । तेस्रो पटक आफ्नै पार्टीको राष्ट्रिय श्रम अभियानअन्तर्गत गएँ । [caption id=\"attachment_19871\" align=\"alignleft\" width=\"960\"]\"Prachanda सिन्धुपाल्चोकको जनजागृति उच्च माविको अस्थायी भवन निमार्णका क्रममा प्रचण्ड ।[/caption] [caption id=\"attachment_19650\" align=\"alignleft\" width=\"450\"]\"Prachanda_Rastriya_Shram_aviyan_udghatan_jeth_7\" एकिकृत नेकपा माओवादीले घोषणा गरेको १५ दिने राष्ट्रिय श्रम अभियानमा पेरिसडाँडा पार्टी मुख्यालयमा पार्टी नेता तथा कार्यकर्तालाई निर्देशन दिदै प्रचण्ड ।[/caption] तीनटै निर्वाचन क्षेत्र अन्तर्गतका विभिन्न ठाउँमा तीन दिन निरन्तर श्रममा सहभागी हुने, जनतासँग अन्तक्र्रिया गर्ने अवसर मिल्यो । यी सबैबाट अहिलेको भूकम्पमा सबभन्दा बढी मानवीय र भौतिक क्षति भएको जिल्ला सिन्धुपाल्चोक नै हो भन्ने स्पष्ट भएको छ । त्यस अर्थमा विशेष रुपमा पार्टीले ध्यान दिने कुरा र म आफैंले पनि त्यहाँ बढी ध्यान केन्द्रित गर्ने कुरा स्वाभाविकै छ । श्रम अभियानलाई पनि त्यहाँ अलि बढि केन्द्रित गर्नुपर्छ र पार्टीको अध्यक्ष नै त्यहाँ जानु उचित हुन्छ भन्ने निर्णय भएअनुसार म त्यहाँ गएको हुँ । त्यहाँ गएर तीन दिनसम्म श्रम गर्दा, त्यहाँका विभिन्न क्षेत्रका जनतासँग अन्तक्र्रिया गर्दा त्यति ठूलो क्षति भएकाले हृदयविदारक अवस्था छ । सिन्धुपाल्चोक सदरमुकामदेखि सबै गाउँसम्म करिवकरिव क्षतविक्षतै भएको छ । त्यहाँका जनतामा त्यति धेरै निराशा र जीवनप्रति मोहभंग भएको अवस्था छैन । जनता यो विपत्तिसँग पनि संघर्ष गर्ने हो भनेर धैर्य लिएर, साहस गरेर अगाडि बढ्न खोजेको पाएँे । उदाहरणका लागि पहिलो दिन साँगाचोक हुँदै ठूलो सिरुबारी गाविसमा जाँदा, त्यहाँको विद्यालय भवन, जनताका घरहरु सबै ध्वस्तै हुँदासमेत जनता निराश भएको पाइनँ । जनतासँग अन्तक्र्रिया गर्दा जनताले अगाडि बढ्ने साहस देखाएको, धैर्य देखाएको अनुभुति भयो । दोस्रो दिन डाँडापाखरदेखि माङ्खा गाविसको विद्यालय भवनसम्म पुग्दा जनताले त्यत्रो क्षति हुँदा समेत धेरै निराश नभई विपत्तिलाई पचाएको देखें । तेस्रो दिन हामी मेलम्चीदेखि माथि तिपेनी भन्ने ठाउँमा गयौं । भोटेनाम्लाङ गाविसअन्तर्गत तिपेनीमा मैले भयानक स्थिति देखें । त्यो वस्ती चाहिँ तुरुन्तै सार्नुपर्ने देखियो । यसबारे सरकारसँग मैले कुरा थालिसकेको छु । त्यस्ता केही गाविस तुरुन्तै स्थानान्तरण गर्नु जरुरी छ । बर्खामा ती गाविसहरु थेगिँदैनन् । त्यस्ता गाविसहरु र गाउँहरु पनि देखिए । त्यहाँ जाँदा पनि जनताले धैर्य लिएर साहसपूर्वक फेरि जीवनलाई अगाडि बढाउने कोसिस गरिरहेको नै देखियो । जनताको जीवनप्रतिको अनुराग कम भएको देखिनँ । हामीले राष्ट्रिय एकता र पुनस्र्थापनाको एउटा नयाँ अभियान चलाउनुपर्छ र आफ्नै खुट्टामा टेकेर आफैं उभिनुपर्ने हुन्छ । हामीले जमिनमा टेक्नुपर्छ अनि मात्रै विदेशी सहयोगलाई सदुपयोग गर्न सक्छौं भन्ने भाव मैले दिएँ । त्यहाँका जनताले पनि फेरि पार्टीप्रति, लिडरसिपप्रति  एउटा ठूलो भरोसा जनाए । त्यहाँबाट फेरि पनि नयाँ ऊर्जा प्राप्त गरेर आएको महशुस मैले गरें । पुनर्निर्माणमा पनि सिन्धुपाल्चोक नै सिन्धुपाल्चोक अहिले क्षतिको हिसाबले एक नम्बरमा परेको छ । अब पुनर्निर्माण गर्ने र सुन्दर बनाउनेमा पनि फेरि सिन्धुपाल्चोक एक नम्बर नै हुनुपर्छ । मैले जनतालाई गरेको मुख्य अपिल यही हो । र, सिन्धुपाल्चोकका ती जनताले त्यो गर्न सक्छन् भन्ने मेरो विश्वास छ । हामी सबै उत्पीडित जनताको पक्षमा छौं, जनतासँग ऐक्यबद्ध छौं भन्ने कुरा नै मैले सिन्धुपाल्चोकमा राखें । समग्रमा भन्नुपर्दा त्यति भयानक क्षतिका बाबजुद समाज अगाडि बढ्नुपर्छ, जीवनप्रतिको अनुराग कायम रहनुपर्छ, आशावादिता कायम रहनुपर्छ भन्ने भाव जताततै जनतामा आम रुपमा मैले भेटें । यसबाट मैले आफैंमा नयाँ ऊर्जा प्राप्त गरेको महशुस गरें । असाधारण चुनौतीको माग : बलियो सरकार र सुदृढ एकता मैले आफ्नो सुरक्षा संवेदनशीलताबारे कुनै चिन्ता लिइँन । यो भूकम्पपछि परिस्थितिमा गुणात्मक परिवर्तन आएको छ । यसले केही असाधारण प्रतिबद्धता, संकल्प र असाधारण पहलको माग गरेको मलाई लाग्दछ । यो कुरा मैले पहिलो दिन नै अनुभूत गरेको हुँ । १२ गते १२ः५६ मा भूकम्प गएपछि दुई घन्टाको रिपोर्टिङ सुन्नेबित्तिकै मैले स्पष्ट निष्कर्ष निकालें । लगत्तै वक्तव्य ड्राफ्ट गर्न थालें र मैले जनतालाई, पार्टीहरुलाई र सरकारलाई अपिल गरें । १२ गतेको भूकम्पको दुई घन्टाभित्रै मलाई महशुस भएको थियो कि यो असाधारण परिघटना हो । यसबाट ठूलो जनधनको क्षति भयो । त्यति बेलासम्म सबै रिपोर्ट त आइसकेका थिएनन् तर प्रारम्भिक लक्षणहरुबाटै स्थितिको संवेदनशीलता स्पष्ट भइसकेको थियो । अब पार्टीहरुले, लिडरसिपले र राज्यले असाधारण ढंगले सोच्नुपर्छ भन्ने लाग्योे । र, म अहिले पनि त्यसैमा दृढ छु । यो सामान्य परिघटना होइन । यो हरेक वर्ष हुने कुरा पनि होइन । र, यसले पार्ने असर धेरै दूरगामी छ, बहुआयामिक छ । यो ठूलो राष्ट्रिय विपदा र चुनौती हो । यसलाई ठूलो राष्ट्रिय अवसरमा रुपान्तरण गर्न सकिन्छ भन्ने मान्यताबाट निर्देशित भएर मैले एउटा त राष्ट्रिय एकताको ऐतिहासिक आवश्यकताको कुरा गरें । सबै राष्ट्रिय शक्तिहरु एक हुनुपर्छ । यतिबेला बलियो सरकार र बलियो राज्यको आवश्यकता छ भन्ने कुरा मैले गम्भीर ढंगले गरें । जनता र सबैलाई यो असाधारण परिस्थितिको सामना गर्न हामीले असाधारण एकता र असाधारण प्रकृतिको पहल गर्नुपर्छ भन्ने मान्यता बनाएए अपिल गरिसकेको हुनाले मैले कहीं–कतै जान र केही गर्न पनि असुरक्षाको ‘फिल’ नै गरिनँ । तत्परै थिएँ, जनआक्रोशको सामना गर्न बरु उल्टै, मैले मिडियामा त सुनेको थिएँ– कहीं–कहीं, केही पार्टीहरुको–नेताहरुको विरोध भयो भन्ने । तर, म जहाँ गएँ– जहाँकहीं पनि जनताले असाध्यै भावपूर्ण ढंगले सकारात्मक रुपमा लिएको मात्रै पाएँ । म पहिला काठमाडौंमा, हस्पिटलहरुमा, गाउँहरुमा, टोलहरुमा जाँदा या ललितपुर–भक्तपुरमा जाँदा वा गोरखादेखि दोलखासम्म पुग्दा प्रायः सबै जिल्लामा, गाउँहरुमा जहाँ–जहाँ पुगें– हामी जाँदा जनताले धेरै राहत महशुस गरेको, खुशी भएको, नेतृत्वलाई आफूसँग देख्दा भरोसा अनुभूत गरेको नै देखें । मैले नकारात्मक त कहीं पनि देखिनँ । बाहिर कहीं न कहीं, त्यस्ता कतिपयमा त त्यस्तो पनि होला । तर, मैले त्यस्तो अनुभूति गरिनँ । र, यदि त्यस्तै हुन्थ्यो भने पनि म त्यसको सामना गर्थें । त्यसका निम्ति मैले आफूलाई मानसिक रुपले तयार पारेकै थिएँ । यसकारण पनि बलियो राज्य.... यो परिस्थितिमा राज्य बलियो रुपमा प्रस्तुत हुनुपर्छ, नभए विदेशीहरुको सहयोगका नाममा धेरै खालका चलखेल हुन सक्छन् र राष्ट्र अझ कमजोर हुन जान्छ । यस्तो अवस्थामा सतर्क हुनुपर्छ त्यसैले यस्तो बेलामा हामीले सर्वदलीय एकता प्रस्तुत गरेर एउटा राष्ट्रिय संकल्प गर्नुपर्छ । यसका निम्ति व्यवस्थापिका–संसद नै त्यस्तो थलो हो, जहाँबाट त्यस्तो संकल्प गर्न सकिन्छ । यतिबेला संविधानसभाभित्र भएका दलहरु मात्र नभई सबैलाई समेट्ने नीति राज्यले लिनुपर्छ । यसका निम्ति मैले निकै नै जोड गरेपछि सरकार बल्लबल्ल वैद्यजी समेतलाई राखेर सर्वदलीय बैठक आयोजना गर्ने निष्कर्षमा पुग्यो । धेरै आनाकानापछि व्यवस्थापिका संसदको बैठक भयो र त्यहाँबाट सुदृढ राष्ट्रिय संकल्प प्रस्तुत भयो । यति पहल हुँदैजाँदा नेपालमा राजनीतिक दल र राजनीतिक नेतृत्वप्रति फैलाउन खोजिएको नकारात्मकता एक हदसम्म चिरियो । दल र नेताहरुविरुद्ध कस्सिएकाहरुबाट भ्रममुक्त हुँदै जनताले स्थिति त्यस्तो होइन, यो राष्ट्रमा राष्ट्रिय शक्तिहरु छन्, सबै एकताबद्ध छन्, नेपाली जनता स्वाभिमानी छन्, राष्ट्रवादी छन् भन्ने कुरा बुझे । जस्तासुकै दुःख र पीडाका बेला पनि नेपालीहरु आफ्नो आत्मसम्मान बेच्न चाँहदैनन् भन्ने मान्यता यहाँसम्म आइपुग्दा स्स्थापित भएको छ । श्रम अभियानमा तीन दिन सिन्धुपाल्चोक घुम्दा र देशभरि खटिएका हाम्रो पार्टीका नेता–कार्यकर्ताहरुको रिपोर्ट सुन्दा जनतामा त्यो मान्यता स्थापित भएको स्पष्टै देखिन्छ । यो खुशीको कुरा हो । तर, सरकारकै स्तरबाट अहिलेको परिस्थिति असाधरण हो त्यसैले असाधारण पहल र असाधारण एकताको प्रदर्शन गर्नुपर्छ, नीति, योजना र कार्यक्रम सोही ढंगले नयाँ बनाउनुपर्छ भन्नेमा पटक्कै गम्भीरता देखिएको छैन । अस्ति मात्र पनि बालुवाटारमा जुन बैठक भयो, त्यस बैठकमा समेत मैले वर्तमान असाधारण परिस्थितिलाई सामान्य रुपमा नलिइयोस्, यसलाई सामान्य ठानियो भने दुर्भाग्यपूर्ण हुन्छ भन्दै जोड दिएर आफ्नो कुरा राखें । तर, सत्तामा भएका पार्टीहरु र सरकारले त्यही रुपमा आत्मसात गर्न सकेको देखिँदैन । यसरी बन्छ बलियो राज्य... मैले व्यवस्थापिका–संसदमा पनि भनेको छु– सबै राष्ट्रिय शक्तिहरुलाई एकताबद्ध पार्न सक्ने, बलियो संरचना बनाउनुपर्छ । यो असाधारण परिस्थिति भएकाले सरकारलाई समेत निर्देशित गर्न सक्ने एउटा त्यस्तो राजनीतिक संरचना या संयन्त्र खडा गर्नुपर्छ, जसले सबै भूकम्पप्रभावित जिल्लाहरुको उद्धार, राहत, पुनस्र्थापना, पुनर्निर्माणका सम्पूर्ण कामहरु गर्ने र देशलाई एकताबद्ध पार्ने सबै कामका ‘अथोरिटी’ आफूमा केन्द्रित गरेको होओस् । त्यस्ता संयन्त्र अन्य देशमा पनि बन्ने गरेका पाइन्छन् । सदनमा र दलहरुसँग मैले भन्न चाहेको मुख्य कुरा त्यो थियो । अहिले राष्ट्रिय संयुक्त सरकार वा राष्ट्रिय सहमतिको सरकार बनाउने कुरा पनि चर्चामा छ । त्यस प्रकारको मेकानिज्म पनि हुन सक्छ । तर, राष्ट्रिय संयुक्त सरकार वा पार्टीहरु मिलेर सरकार बन्दैमा यो असाधारण विपदाको सामना हुन्छ र नवनिर्माणको नयाँ अभियान चलिहाल्छ भन्ने कुराको ग्यारेन्टी हुँदैन । यसका निम्ति अधिकारसम्पन्न एक्स्पर्टिज (विज्ञहरु)े र पार्टीका नेताहरु रहेको एउटा प्राधिकरण बनाउने भनेर पनि चर्चा चलेको छ । एउटा त्यस्तो संरचना बनोस्, जसलाई यी विषयसँग सम्बन्धित सबै निर्णय गर्ने अधिकार प्राप्त होस् । त्यो संरचना अहिले जे–जसरी जुन–जुन कामकाज चलिरहेका छन् ती सबैलाई समेट्ने, सबै राजनीतिक शक्तिहरु र विज्ञहरुलाई पनि समेट्ने खालको बनोस् । त्यसले निश्चित योजना र भिजनअनुसार काम अगाडि बढाओस् ।
हाम्रो इच्छाशक्ति हुने हो र राम्रो राष्ट्रिय एकता हुने हो भने पाँच महिनाभित्र चार–चार कोठाका पाँच लाख घरहरु पचास वर्षसम्म राम्रोसँग अड्न सक्ने गरी बनाउन सम्भव छ ।  त्यसका निम्ति आवश्यक पैसाका लागि हामीले अरुसँग साह्रै धेरै रुँदै–कराउँदै हिँड्नु पनि पर्दैन । यहीं मन्त्रालयमा खर्च नभएको पैसा मात्र केन्द्रित गर्यो भने पनि पचासौँ अरब केन्द्रित गर्न सकिने स्थिति देखापरेको छ । त्यो रकमान्तर मात्र गरेर जनतालाई निश्चित ब्याजदरमा ऋणमै दिने व्यवस्था गर्यौं भने पनि पचासौँ अरब जम्मा गरेर त्यस खालका घरहरु बनाउन सकिन्छ ।
मैले अहिले सिन्धुपाल्चोक वा गोरखा, दोलखा वा रामेछाप जहाँ जाँदा पनि भनेको छु– हाम्रो इच्छाशक्ति हुने हो र राम्रो राष्ट्रिय एकता हुने हो भने पाँच महिनाभित्र चार–चार कोठाका पाँच लाख घरहरु पचास वर्षसम्म राम्रोसँग अड्न सक्ने गरी बनाउन सम्भव छ ।  त्यसका निम्ति आवश्यक पैसाका लागि हामीले अरुसँग साह्रै धेरै रुँदै–कराउँदै हिँड्नु पनि पर्दैन । यहीं मन्त्रालयमा खर्च नभएको पैसा मात्र केन्द्रित गर्यो भने पनि पचासौँ अरब केन्द्रित गर्न सकिने स्थिति देखापरेको छ । त्यो रकमान्तर मात्र गरेर जनतालाई निश्चित ब्याजदरमा ऋणमै दिने व्यवस्था गर्यौं भने पनि पचासौँ अरब जम्मा गरेर त्यस खालका घरहरु बनाउन सकिन्छ । यसका निम्ति पनि आवश्यकता छ रााष्ट्रिय एकता र संकल्पकै । यसकारण त्यस्तो पारदर्शी, अधिकारसम्पन्न र शक्तिशाली संरचना बनाउन सकियो भने विदेशबाट आउने सहयोग त हामीले लिनैपर्छ तर त्यो सहयोग आफ्नो स्रोत–साधनमाथि थपिँदा हामी आफ्नै खुट्टामा टेकेर आफ्नो प्राथमिकता र आफ्नै विकासको मोडल आफैँले निर्माण गरेर सदुपयोग गर्न सक्दछौं । त्रिदेशीय सम्बन्ध र विकास मलाई अलिकति सन्तोष चाहिँ लागेको छ । झन्डै साढे तीन वर्षअघि चीन जाँदा मैले नेपालको समग्र विकासको आवश्यकतालाई हेर्दा र एक्काईसौँ शताब्दीका सम्पूर्ण परिघटनालाई हेर्दा त्रिदेशीय साझेदारी हुनु जरुरी छ है भनेको थिएँ । भारत, चीन र नेपालको बीचमा त्रिदेशीय साझेदारीको रणनीतिबाट गइयो भने दुईवटै देशको विकासबाट नेपालले पनि सिक्ने र नेपालमा राजनीतिक स्थिरता कायम रहने वातावरण बन्न सक्छ भनेको थिएँ । त्यतिबेला दुबै देशले उही स्तरबाट लिएनन् किनभने हामीले भनेको शायद त्यत्ति सुनुवाई भएन । मेरो त्यस भनाइभित्रको रणनीतिक उद्देश्य के हो भन्नेबारे बुझ्न ठूला शक्तिहरुलाई समय लागेको पनि हुन सक्छ । तर, अहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन गएका बेला सी जिनपिङसँग त्रिदेशीय साझेदारीकै कुरा भएको छ । नेपालको विकासका लागि यो धेरै महत्वपूर्ण छ । साँच्चै भन्नुपर्दा नेपालमा बलियो राष्ट्रिय एकता एवम् राष्ट्रिय संकल्प हुँदा र चीन तथा भारतले मात्रै सहयोग गर्दा समेत हामीलाई जति पनि पुग्छ । पाँच वर्षभित्रै कति हो कति सुन्दर, नयाँ प्रविधिसहितको समृद्ध नेपाल बनाउन सकिन्छ ।

(खबरडबलीका लागि आरपी सापकोटासँगको कुराकानीमा आधारित ।)

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy