Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

ध्वस्त वस्ती उठाउँदै एमाओवादी

नुवाकोट, एकीकृत नेकपा (माओवादी) का केन्द्रिय स्तरका नेतादेखि कार्यकर्तासम्म अहिले नुवाकोटको ध्वस्त वस्ती उठाउन र भग्नावशेष भत्काउन व्यस्त छन् । एमाओवादी सचिव गिरिराजमणी पोखरेलको नेत्तृत्वमा पार्टीका शीर्ष नेताहरुसहित करिब २ सय जनाको टिम नुवाकोट जिल्लामा ‘राहत र पुनस्र्थापनाका लागि राष्ट्रिय श्रम अभियान’ सुरु गरेको छ । शनिवारदेखि भूकम्पबाट क्षतिग्रस्त जिल्लाका अतिप्रभावित क्षेत्रमा पुगेर अभियान थालेका हुन् । विभिन्न जिल्लाबाट आएका नेता कार्यकर्ताहरुसहित दुईसय जनाको टोलीले नुवाकोटका तीनै क्षेत्रमा पुगेर भूकम्पले भत्किएका विद्यालय, स्वास्थ्य संस्था, खानेपानी, सिँचाई लगायतका भौतिक संरचनाहरुको निर्माण गरिरहेका छन् । भूकम्पबाट अतिप्रभावित गाउँवस्तीहरुमा एमाओवादीले यो अभियान चलाएको छ । क्षेत्र नं. १ को लिखु गाविसबाट एमाओवादी जनमुक्ति सेनाका पूर्व डेपुटी कमाण्डर बलदेबको नेतृत्वमा ४८ जना, क्षेत्र नं. २ स्थित समुन्द्रटारबाट सभासद् एवं माओवादी नेता वामदेव क्षेत्रीको नेतृत्वमा ८० जनाको टोली र क्षेत्र नं. ३ मा पोटिट्व्यूरो सदस्य डिलाराम आचार्यको नेतृत्वमा ५० जनाको टिम काउलेबाट यो अभियानमा सहभागी भएका छन्  । यसैगरी जिल्लास्तरबाट क्षेत्र नं. १ मा राष्ट्रिय परिषद्का सदस्य रामप्रसाद ढुंगाना, क्षेत्र नं. २ मा पुष्प लामिछाने र क्षेत्र नं. ३ मा सुवास तामाङले नेतृत्व गरिरहनुभएको छ । अभियानमा विभिन्न जिल्लाका पार्टी नेता–कार्यकर्ता सहभागी भएका छन् भने जिल्लामा रहेका स्थानिय नेता कार्यकर्ताहरु पनि यो अभियानमा जुटेका छन् । नुवाकोटमा श्रम अभियानको नेतृत्व गरेका नेता पोखरेलले जनताको पिरमर्कामा सत्तापक्ष र प्रतिपक्ष एक छौँ भन्ने सन्देश दिनुका साथै जनतालाई सघाउन यो अभियान थालिएको विदुरमा आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो । ‘सबै मिलेर तिव्र गतिको काम गर्ने अहिलेको समय हो, नेता पोखरेलले भन्नुभयो, ‘भूकम्पको क्षतिबाट त्रसित र भयवित जनतालाई सहयोग गर्न घरदैलोमा नै पुगेर काम गर्ने हाम्रो यो अभियान हो ।’ अभियानमा न्यूनतम पनि जिल्लाका र बाहिरबाट आइपुगेका गरी एक हजार कार्यकर्ता सहभागी भएको पुर्व मन्त्री एवं एमाओवादीका  पोलिट्व्यूरो सदस्य हितबहादुर तामाङले जानकारी दिनुभएको छ । ‘भूकम्पले अतिक्षतिग्रस्त गाउँवस्तीका अत्यावश्यक संरचना निर्माणमा जुटेका छौँ, तामाङले अभियानबारे प्रष्ट्याए, ‘भग्नावशेष हटाउने र तत्काल अस्थायी वसोवासका लागि घर र पठनपाठनका लागि विद्यालयको कामलाई प्राथमिकता दिइरहेका छौँ । पुरिएका अन्नपात झिक्नेुका साथै सिँचाई कुलोको मर्मतमासमेत नेता कार्यकर्ता केही नभनी खटिएका छौँ ।’ उनका अनुसार इन्जिनियरसहितको प्राविधिक टोलीलाई पनि अभियानमा सहभागी बनाइएको छ । श्रम अभियानमा केन्द्रियस्तरका नेतादेखि कार्यकर्तासम्म सहभागी हुने भएका छन् । यो अभियानमा सचिव पोखरेलसहित पोलिटव्यूरो सदस्यहरु हितबहादुर तामाङ, डिलाराम आचार्य, जनमुक्ति सेनाका पुर्व डेपुटी कमाण्डर चन्द्रप्रकाश खनाल बलदेव, सभासद् एवं नेता वामदेव क्षेत्री, पुर्वमन्त्री एवं केन्द्रिय सदस्य हकिकुल्ला खाँ, केन्द्रिय सदस्यहरु गिरीधारीलाल न्यौपाने, माधव शर्मा, दधिराम न्यौपाने र राष्ट्रिय परिषद् सदस्य रामप्रसाद बञ्जाडे सहभागी छन् भने अवध राज्य र अन्य राज्यका पार्टी, विद्यार्थी र युवा संगठनका अगुवा कार्यकर्ताहरुको जुझारु समुह छ । यसबाहेक संविधानसभामा प्रतिनिधित्व गर्ने नुवाकोटका सभासद्हरु राममायाँ बोगटी, राधिका तामाङ र पुर्व सभासद् तथा केन्द्रिय सदस्य विमला सुवेदी श्रम अभियानमा जुटिरहनुभएको छ । एमाओवादीको अभियान सुरुमा १५ दिन चल्ने र त्यसपछि यसलाई क्रमैसँग निरन्तरता दिइने भएको छ । स्वयंसेवक टोलीले पीडितको अस्थायी बसोबास निर्माण, विद्यालय निर्माण, स्वास्थ्य चौकी निर्माणलगायत काम गर्ने एमाओवादीले जनाएको छ । टोलीहरूले खाद्यान्न, वास र आवतजावतको व्यवस्था आफैँ गरेका छन् । राज्यको उपस्थिति र पहुँच कम भएका दूरदराजका गाउँ बस्ती, दलित बस्ती, वृद्धवृद्धा, एकल महिला, असहाय बालबालिकासमेतको पुनस्र्थापना र उद्धारलाई प्राथमिकता दिने एमाओवादी योजना छ । भूकम्पप्रभावित जिल्लामा खटिने स्वयंसेवकले प्रारम्भिक उद्धार, राहत र पुनर्वासको व्यवस्था गर्ने, क्षतिग्रस्त विद्यालय भवनको पुनर्निर्माण गरी पठनपाठनको वातावरण सिर्जना गर्ने, क्षतिग्रस्त स्वास्थ्य चौकी निर्माण गर्ने अभियानका लक्ष्य छन् । यसबाहेक खानेपानी तथा कुलो निर्माण गर्ने पनि माओवादी अभियानको योजना छ । सामान्य जनशक्ति खटाएर मात्रै भूकम्पले निम्त्याएको समस्या समाधान हुने अवस्था नभएकोले पुननिर्माण फोर्स नै गठन गरेर सरकारले काम थाल्नुपर्ने नेता पोखरेलको धारणा छ । तर, सरकारले आवश्यक राहत र वसोवास व्यवस्थालाई तिव्र पार्ने काम नगरेको उहाँको आरोप छ । ‘देश नै पिडामा पिल्सिरहेको बेला बाह्य सहयोग आवश्यक छ, उनले भने, ‘तर, नेपाललाई विदेशीको क्रिडास्थल बन्न कुनै हालतमा पनि दिनु हुँदैन ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy