Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

एमाले फेदिखोलाको अभियान थप २ दिन लम्बियो

स्याङजा, नेकपा एमाले फेदिखोला गाँउ कमिटीले गाविसमा भुकम्पका कारण जोखिममा रहेका घरहरुको जोखिम स्तर जाँच गर्ने अभियान दुई दिन लम्बिने भएको छ । शनिबारदेखि नौ जना प्राविधिकहरु सहितको विशेष टोलीले तीन दिनको अभियान लिएर गाउँमा गएकोमा सबै घरहरुको जाँच नसकिएकाले दुई दिन लम्बाइएको कमिटीका अध्यक्ष घनश्याम सुवेदीले बताए । सुवेदीका अनुसार नेपाल बुद्धिजीवि परिषद, स्याङ्गजाका सचिव इञ्जिनियर मनोज बरालको नेतृत्वमा, इञ्जिनियरहरु टिकाराम रेग्मी, किरण सुवेदी सहितको नौ जनाको टोली शनिबारदेखि त्यस तर्फ निरन्तर खटिएका छन् । यो टोलीमा इञ्जिनियरिङ्ग अध्ययन संस्थान, पोखरा क्याम्पसमा बि. इ. अध्ययनरत तालिमप्राप्त विद्यार्थीहरु विकास सुवेदी, आनन्द पौडेल, धु्रव अधिकारी, महेन्द्र केसी, खुसी महोम्मद मियाँ, विवेक श्रेष्ठ, तिलक श्रेष्ठ, विशाल अधिकारी, हरि मल्ल र अशोक पौडेलको पनि सहभागिता रहेको छ । टोलीले मंगलबारसम्ममा गाविसका वडा नं. ३ र ९ बाहेकका सबै वडाहरुमा काम सकिसकेको छ । गाविसका तुलनात्मक रुपमा ठूला यी दुई वडाहरुको केही भाग मंगलबार समेटिए पनि बिहिबारसम्म नै काम गर्नुपर्ने देखिएको सुवेदीले जानकारी दिए । यो टोलीले जिल्ला विकास समितिको ¥यापिड इभ्यालुयसन सेफ्टी एसिस्मेन्ट फर्मको नमुना भित्र रहेर गाविसका विभिन्न वडामा भुकम्पका कारण जोखिममा रहेका घरहरुको जाँच गरेर प्रतिवेदन तयार गर्ने बताइएको छ । भुकम्पका कारण फेदिखोला गाविसमा ४३ वटा घरहरुमा पूर्ण रुपमा क्षति पुगेको छ भने ४७ वटा घरहरुमा आंशिक क्षति र तीन सय पचास वटा घरहरुमा सामान्य क्षति पुगेको छ । तथापी स्याङ्गजा जिल्लाका कुनै पनि गाविसमा सरकारी स्तरबाट प्राविधिक टोली भने पुग्न सकिरहेको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE