Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

झाँक्रीस्वाँरा र भण्डारीगाउँलाई ९० घर हस्तान्तरण

गोरखा, जिल्लाको विकट ग्रामीण बस्ती सौरपानीको वडा नं. ९ मा रहेको भण्डारी गाउँ र झाँक्रीस्वाँरामा ९० वटा घर निर्माण गरी हस्तान्तरण गरिएको छ । एकीकृत  नेकपा (माओवादी) नेतृत्वको स्वयं सेवक टोलीले निर्माण गरेको घर सो पार्टीका स्थायी समिति सदस्य जनार्दन शर्माले गाउँलेहरुलाई बुझाएका हुन् । यस गाउँमा रहेका कुनै पनि घरहरु भूकम्पका कारण नरहेपछि  जस्ता र रडको प्रयोग गरेर  टोलीले अस्थायी आवास निर्माण गरिदिएको हो । शर्मा आफै तीन दिन सम्म यस क्षेत्रमा रहेर काम गरेका थिए । गाउँमा अहिलेसम्म कुनैपनि राहत नआएको अवस्थामा विकट गाउँमा आएर आफूलाई घर बनाईदिएको भन्दै यहाँका गाउँलेहरुले खुशि व्यक्त गरेका छन् । टोलीले घरमा रहेका अन्नपात निकाल्न समेत सहयोग गरेको थियो । यी गाउँमा अस्थायी घर निर्माण गरेर हस्तान्तरण गरेपछि टोली बारपाक, लाप्राक, गुम्दाको सिङ्ला र लापुको खोर्ला बेशी तर्फ प्रस्थान गरेको छ । खोर्लाबेशी, सिङ्ला लगायतका क्षेत्रमा अझै पनि कुनै उद्धार तथा राहत टोली पुग्न सकेको छैन् । अस्थायी आवास निर्माणका लागि टोलीले आफै समान लिएर सम्बन्धित ठाउँमा पुगेका छन् । आफूहरुलाई  घर बनाएर दिएको भन्दै  झाँक्री स्वाँराकी सुनमाया गुरुङले खुशी व्यक्त गरिन । गाउँमा यस्ता राहतका अन्य कार्यक्रम लिएर आउन स्थानीय युवा सुनिल गुरुङले बताए । कार्यक्रममा एकीकृत नेकपा (माओवादी) का केन्द्रीय सदस्यहरु कृष्ण धिताल, जग प्रसाद शर्मा, सुसिला सिंखडा लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा नेता शर्माले राहतको नाममा आउने एउटा बाल्टी, एउटा साबुन लिनका लागि दिनभरी समय नविताउन आग्रह गरेका छन् । आफ्ना बालिनाली गोडमेल गर्न र घरका काम गरेर आत्मनिर्भर गर्न उनले गाउँलेहरुलाई सुझाव दिएका छन् । यसैगरी कुहिएका खाद्यन्नहरु नलिन समेत उनले गाउँलेहरुलाई सुझाएका छन् । अरुको आस गर्नुभन्दा पनि आफै बलियो भएर काम गर्नुपर्ने उनले बताए । सबैको दुःख एउटै हो भनेर बुझाउन उनले गाउँलेहरुलाई आग्रह गरेका छन् । घर पाएपछि गाउँलेहरुमा खुशी छाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies