Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

एभिन्यूज प्रकरणः सञ्चार मन्त्रालय भन्छ – ‘ अनुमति नवीकरणको प्रक्रियामा छ’

काठमाडौँ, सूचना तथा सञ्चार मन्त्रालयले एभिन्यूज टेलिभिजन प्रालिको प्रसारण अनुमति (इजाजत पत्र) को नवीकरणसम्बन्धी कार्य प्रक्रियामै रहेको जनाएको छ । सो टेलिभिजनको प्रसारण अनुमति रद्द गरिएको भनी टेलिभिजन ब्रोडकास्टर्स नेपाल ९टिबिएन० को चासो सार्वजनिक भएको सन्दर्भमा मन्त्रालयका सहसचिव तथा प्रवक्ता पुरुषोत्तम तिवारीले हाल अनुमति नवीकरणका सम्बन्धमा ठोस निर्णय भइनसकेको बताए । उनले सो टेलिभिजनले नवीकरणका लागि पेस गरेका कागजातमा अध्ययन भइरहेको जानकारी दिए । हरेक टेलिभिजन र रेडियोले प्रत्येक आर्थिक वर्षमा तोकिएको शुल्क तिरी नवीकरण गर्नुपर्ने व्यवस्था छ । विलम्ब भएमा जरिवानासहित हरेक पुस मसान्तसम्ममा नवीकरण गराइने व्यवस्था छ । टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकारले आफूले गत पुस मसान्तमा नवीकरण शुल्कको चेक दिएको तर मन्त्रालयका कर्मचारीले नगदमा जम्मा गर्न आग्रह गरेको दाबी गर्दै प्राविधिक विषयका आधारमा सञ्चार माध्यमको नवीकरण रोक्न नहुने बताए । सो टेलिभिजनमा कार्यरत श्रमजीवी पत्रकारले न्यूनतम पारिश्रमिक ऐनअनुसारको सेवा, सुविधा नपाएको गुनासो पनि गर्दै आएका छन् । मन्त्री रिजालको चासो यसैबीच, सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले सो टेलिभिजनको सञ्चालन अनुमतिका सम्बन्धमा आफू गम्भीर रहेको बताएका छन् । नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीको नेतृत्वमा गएको टोलीले मन्त्री रिजाललाई सो सम्बन्धमा ध्यानाकर्षण गराएपछि उनले यसबारे आवश्यक निर्णयमा पुगिने बताएका हुन् । उनले मन्त्रालयका निमित्त सचिव कविराज खनाललाई निर्देशन दिई सो सम्बन्धमा आवश्यक कार्य गर्न निर्देशन दिएको महासचिव सिवाकोटीले जानकारी दिए । युनियनको ध्यानाकर्षण युनियनले बिना कुनै रोकतोक सञ्चार संस्था सञ्चालन हुन पाउने अधिकारको सम्मान गर्न, स्वतन्त्रतापूर्वक सञ्चार संस्था सञ्चालनका लागि सहज वातावरण निर्माण गर्न र राज्यको कानुनी दायरामा सबैलाई अटाउन ध्यानाकर्षण गराएको थियो । टेलिभिजनको लाइसेन्स खारेजीले सञ्चार उद्योगका लगानीसँगै सञ्चारकर्मीको रोजीरोटीको सवाल पनि जोडिने भएकाले सञ्चार उद्योग र सञ्चारकर्मी दुवैको रक्षाका लागि समुचित निर्णय लिन आग्रह गर्दै युनियनले एभिन्युज टेलिभिजनका कार्यरत सञ्चारकर्मी, प्राविधिक तथा कर्मचारीले विगत लामो समयदेखि बिना तलब काम गर्न बाध्य भएको जानकारी आएको पनि अवगत गराएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies