Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

सरकारले निर्धारण गरेको पारिश्रमिकबाट वञ्चित मजदुर

झापा। यहाँका चिया मजदूर सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक पाउनबाट वञ्चित भएका छन् । न्यूनतम पारिश्रमिक नपाएपछि चिया मजदूरले आन्दोलन गर्ने भएका छन् । न्यूनतम पारिश्रमिक वृद्धि गरे पनि चिया बगानका मालिक तथा उद्योगले दिन नमानेपछि मजदुर आन्दोलनमा उत्रिने भएका हुन् । नेपाल चिया बगान श्रमिक सङ्घ, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घ र अखिल नेपाल चिया मजदूर सङ्घले आन्दोलन गर्ने जनाएको छ । सरकारले गत साउन १ गतेदेखि लागू हुने गरी चिया मजदूरको न्यूनतम पारिश्रमिक रू २७८ बाट वृद्धि गरी रू ३८५ निर्धारण गरेको छ । सरकारले निर्धारण गरेको पारिश्रमिक मजदूरले पाउन नसकेको नेपाल चिया बगान श्रमिक सङ्घका अध्यक्ष दीपक तामाङले बताए । चिया बगान मालिकले सरकारी निर्णयको अवज्ञा गर्दा आन्दोलन गर्न बाध्य भएको उनको भनाइ छ । “सरकारले तोकेको न्यूनतम पारिश्रमिक पाउनु हाम्रो अधिकार हो,” उनले भने । अखिल नेपाल चिया मजदूर सङ्घका अध्यक्ष सीता सापकोटा पारिश्रमिक माग्दा व्यवसायीले अड्को थापेको बताउछन् । अखिल नेपाल चिया मजदूर सङ्घ प्रदेश नं १ का इञ्चार्ज भूपाल सापकोटाले मजदूरले आफ्नो उचित पारिश्रमिक माग्दा व्यवसायीले दिन नमानेको बताए । पारिश्रमिक नदिए उद्योग सञ्चालकलाई सरकारले कारवाही गर्नुपर्ने उनको माग छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending