Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

नेपाली र चिनियाँ अधिकारीद्वारा तातोपानी र खासा अवलोकन

चौतारा, १८ भदौ । विसं २०७२ को भूकम्पबाट ध्वस्त सिन्धुपाल्चोकको बाह्रबिसे–तातोपानी सडकखण्ड र झिर्पुमा निर्माण भइरहेको सुख्खा बन्दरगाहको चिनियाँ अधिकारीद्वारा आइतबार अवलोकन गरेका छन् । त्यसैगरी नेपाली अधिकारीले पनि सोमबार तिब्बतको खासा क्षेत्रको अवलोकन गरेका छन् ।

चिनियाँ पक्षका तर्फबाट तिब्बत स्वशासित प्रदेशका भाइस सेक्रेटरी जनरल छुन–लिले नेतृत्व गरेकाे प्रतिनिधिमण्डलमा विभिन्न विभागका १२ जना अधिकारीको सहभागिता थियो । त्यसैगरी खासा क्षेत्रको अवलोकन गर्न नेपाल सरकारका तर्फबाट गृह, अर्थ, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, उद्योग वाणिज्य तथा आपूर्ति, कृषि मन्त्रालय तथा भन्सार विभाग समेतका १२ जना अधिकारीको सहभागिता थियो ।

नेपालको बाह्रबिसे–तातोपानी सडकखण्ड र सुख्खा बन्दरगाहको चिनियाँ पक्षद्वारा अवलोकन भएको उल्लेख गर्दै सिन्धुपाल्चोकका निमित्त प्रजिअ दुर्गा बञ्जाडेले बताए । यो हाम्रो अवलोकन भ्रमण मात्र भएकाले बन्द नाका खुलाउने काम कहिलेबाट शुरु हुन्छ भन्ने दुबै देशको सरकारबीचको कुरा भएको निमित्त प्रजिअ बञ्जाडेले बताए । बन्द नाका खुलाउन नेपाली पक्षबाट विभिन्न प्रयास भए पनि सफल हुन नसकेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले केही महिनाअघि गरेकाे चीन भ्रमणका अवसरमा भूकम्पपछि बन्द तातोपानी नाका खुलाउन दुबै देशका सरकार प्रमुखबीच सहमति भएको थियो । यसैबीच भूकम्पबाट ध्वस्त तातोपानी नाकाको संरचना निर्माण, अस्पतालको पुनः निर्माण र दोलखाको जिरी प्राविधिक विद्यालयको पुनः निर्माणका लागि चीन सरकारले उपलब्ध गराउने आर्थिक सहयोगसम्बन्धी सम्झौतापत्रमा दुई बिलियन युआन (करीब ५० अर्ब रुपैयाँ) गत चैत महिनामा दुबै देशबीच हस्ताक्षर भएको थियो ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: