Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

संसारकै सबैभन्दा महँगो चित्रकला कहिले सार्वजनिक होला ?

आबुधाबीस्थित लुभ्र सङ्ग्रहालयले लियोनार्दो दा भिन्चीले बनाएको ठानिएको संसारकै सबैभन्दा महँगो साल्भाटोर मुण्डीको चित्रकला सार्वजनिक गर्ने समय अनिश्चितकालका लागि स्थगित गरेको छ । एकजना अज्ञात खरिदकर्ताले गत नोभेम्बरमा ४५ करोड डलरमा किनिदिएपछि सो सङ्ग्रहालयले उक्त चित्रकला पाएको थियो । उक्त चित्रकला सार्वजनिक गर्न ढिलाइ गर्नुको कारण सङ्ग्रहालयले खुलाएको छैन । यसअघि साल्भाटोर मुण्डीको चित्रकला लियोनार्दो दा भिन्चीका चेलाहरूले बनाएको ठानिएको थियो । गत वर्ष खुलेको लुभ्र सङ्ग्रहालयले सेम्टेम्बर १८ मा साल्भाटोर मुण्डीको चित्रकला सार्वजनिक गर्ने बताइएको थियो । संयुक्त अरब एमिरेट्स सम्बद्ध पत्रिका द न्याश्नलले आबुधाबीको संस्कृति तथा पर्यटन विभागलाई उद्धृत गर्दै चित्रकला सार्वजनिकीकरणको नयाँ मिति घोषणा भइनसकेको बताएको छ । [gallery link=\"file\" columns=\"1\" size=\"full\" ids=\"204518\"] सङ्ग्रहालयले ११ नोभेम्बरमा पर्ने आफ्नो पहिलो वार्षिकोत्सवको प्रतीक्षा गरेको हुनसक्ने सो पत्रिकाले जनाएको छ । लियोनार्दो दा भिन्चीले बनाएको संसारकै सबैभन्दा महँगो साल्भाटोर मुण्डीको चित्रकलाको वास्तविक खरिदकर्ताबारे व्यापक चर्चा भएको थियो । अमेरिकी सञ्चारमाध्यमहरूले शुरुमा उक्त चित्रकलाको अज्ञात खरिदकर्ता साउदी राजकुमार मोहम्मद बिन सलमान रहेको बताएका थिए । तर पछि उनका एकजना आफन्त साउदी राजकुमार बदर बिन अब्दुल्लाह बिन फरहानले आबुधाबीको संस्कृति तथा पर्यटन विभागको लागि सो चित्रकला खरिद गरेको दस्तावेजहरूमा भेटिएको रोयटर्स लगायतका सञ्चारमाध्यमले जनाएका थिए । लियोनार्दो दा भिन्चीको मृत्यु सन् १५१९ मा भएको थियो । हाल उनका २० वटाभन्दा कम चित्रकला अस्तित्वमा रहेको बताइन्छ ।बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy