Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

सांसद्का प्रश्नले मन्त्रीलाई हैरानी सांसद्का गुनासै गुनासा !

काठमाडौँ । कुनै पनि विषयमा मन्त्री तथा मन्त्रालयका काम कारवाही चित्त नबुझे प्रतिनिधिसभाका सांसद्ले मन्त्रीलाई प्रश्न गर्न पाउने भएपछि सांसदहरुले प्रश्न गर्न थालेका छन् । आजको नेपाल समाचारपत्र दैनिकमा यो खबर छ - प्रतिनिधिसभाको प्रश्न व्यवस्थापन शाखाका उपसचिव गोपाल सिग्देलले बुधबार बिहानसम्म लिखित ४ र मौखिक १९ वटा प्रश्न दर्ता भएको बताउनुभयो । एक सांसद्ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई सोधेको प्रश्नमा आफ्नो कार्यक्षेत्रभित्र नपरेको जवाफ मन्त्रालयले दिएको छ । नियमावलीको दफा ५६ मा प्रधानमन्त्रीलाई प्रत्यक्ष्य प्रश्न गर्न सकिने व्यवस्था गरिएको छ । नियमावलीमा भनिएको छ –‘ प्रधानमन्त्री वा निजको कार्यक्षेत्रभित्र रहेका मन्त्रालयसँग प्रत्यक्ष्य रुपमा सम्वन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्नकालागि सभामुखले प्रत्येक महिनाको पहिलो र तेस्रो हप्तामा बस्ने पहिलो बैठकको पहिलो १ घण्टा निर्धारण गर्न सक्नेछ ।’ तर उक्त दिन बैठक बस्न नसकेमा त्यसको लगत्तै बस्ने अर्को बैठकमा प्रश्न गर्न सकिने ब्यवस्था गरिएको छ । १ दिनमा १० जनाको भन्दा बढी प्रश्न नलिने ब्यवस्था गरिएको छ । प्रश्नबारे सभामुखलाई बैठक सुरु हुनुभन्दा १ घण्टा अगाडि नै जानकारी गराउनुपर्ने व्यवस्था नियमावलीमा गरिएको छ । तर यो प्रक्रिया संसदमा सुरु भने भइसकेको छैन । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका संयोजक कृष्णभक्त पोखरेलले सांसद् र मन्त्रीबीचको दुरी नजिक बनाउन प्रश्नोत्तर विधिको व्यवस्था गरिएको दावी गर्नुभयो । उहाँले नियमावलीमा कुनै पनि समस्या नआओस् भनेर सम्वन्धित विज्ञ र सरोकारवालासँग पटक–पटक छलफल गरिएको जानकारी दिनुभयो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy